• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    नेपाल पुगेलगत्तै झलनाथ खनालले खोले एमाले फुटाउनुको यस्तो बेग्लै रहस्य

    0.9K
    SHARES


    काठमाडौँ । नवगठित नेकपा (एकीकृत समाजवादी)का वरिष्ठ नेता झलनाथ खनालले नेकपा एमालेबाट आफूहरुले विद्रोह गर्नु परेको बताएका छन् ।खनालले केपी ओलीको व्यक्तिवाद, अहंकारवाद र गुटवादले एमाले विसर्जनवादको खतरातिर जान थालेपछि आफूहरुले बिद्रोह गरेर नयाँ पार्टी बनाउनु परेको तर्क समेत गरे ।

    भारतबाट आफ्नो स्वास्थ्य उपचार गराएर सोमबार स्वदेश फर्किएका उनले ओलीको व्यक्तिवाद, अहंकारवाद र गुटवादलाई पार्टी भित्र परास्त गर्न गरिएको प्रयास पनि सफल नभएपछि विद्रोह गरिएको उल्लेख गर्दै त्यो विद्रोह नव निर्माणको निम्ति भएको पनि बताए ।

    वरिष्ठ नेता खनालले पार्टीलाई एकतावद्ध बनाएर लैजान पनि सिंगो पार्टी पङ्क्तिलाई आह्वान गरे । उनले निजी स्वार्थलाई लिएर पार्टीमा नआउन पनि आग्रह गरे । वरिष्ठ नेता खनालले भने, ‘यो विद्रोह हो । विद्रोह सृजनाको निम्ति हो ।

    विद्रोह उज्ज्वल भविष्यको निम्ति हो । त्यो प्राप्त गर्नका लागि एकतावद्ध भएर अगाडि बढन म सबैलाई आह्वान गर्दछु । त्यो आग्रहका साथमा सबै कमरेडहरुले आफूलाई नयाँ मान्छेको रुपमा रुपान्तरण गर्न जरुरी छ । स्वार्थी मान्छेको रुपमा होइन । निजी स्वार्थलाई लिएर अगाडि बढने होइन । समाजवादको भनेको सामूहिकता हो । सोही ढंगले अगाडि बढने हो ।’

    त्यस अवसरमा वरिष्ठ नेता खनालले आफूले पार्टीमा कार्यकारी पोष्टको दावी नगर्ने पनि स्पष्ट पारे । पार्टी भित्र कार्यकारी पोष्टको दावी गर्ने विचार आफूले नगरेको उल्लेख गर्दै उहाँले ७० वर्ष नाघेका पार्टीका अन्य नेताहरुलाई पनि त्यसै गर्न आग्रह समेत गरे ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया