• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    काठमाडौँको आकाशमा किन घुमिरह्यो चीनियाँ जहाज ?

    1.2K
    SHARES


    काठमाडौँ । चीनको छेन्दुबाट काठमाडौँ आउँदै गरेको सिचुवान एयरको जहाजले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा ओभर सुट गर्नुपरेको छ। यसक्रममा सो जहाजले एक घण्टा बढी आकाशमा फन्को लगाउनु परेको जनाइएको छ।

    मौसम खराबीले विमानस्थलको भिजिबिलिटी कमजोर हुँदा अवतरणका क्रममा रहेको जहाजले ओभरसुट गर्नुपरेको विमानस्थलले जनाएको छ। आज बिहान ६ः२९ का लागि अवतरण समय तालिका रहेको उक्त जहाजले अवतरणका क्रममा इमाडोल नजिकबाट ओभरसुट गरेको थियो।

    उक्त जहाज बिहान ७ः५१ बजे मात्रै अवतरण भएको विमानस्थलले जनाएको छ। मौसम खराबीले जहाजले ओभरसुट गर्नुपरेको विमानस्थलका एक उच्च अधिकारीले बताए।

    ‘जहाज सामान्य एप्रोचमा आएको हुन्छ, सामान्य मौसम खराबीले धावनमार्ग ‘रनवे’ मिस एप्रोच भए पनि नेक्स्ट एप्रोचका लागि ओभरसुट गर्नुपरेको हो’, उनले भने।

    काठमाडौँ उपत्यकाका आकाशमा बिहानैदेखि बाक्लो हुस्सु लागेको छ। हुस्सुले आन्तरिक उडान पनि सामान्य प्रभावित भएको छ। कतिपय गन्तव्यको उडान बिलम्ब भएको छ।

    विमानस्थलमा आइतबार मौसम बदलीसँगै दिनभर निरन्तरको वर्षाले पोखरा गन्तव्यको उडान बढी प्रभावित भएको थियो। मौसम खराबीले भिजिबिलटी कम हुँदा पोखरा गन्तव्यका कतिपय उडान रद्द गरिएकोे बुद्धएयरले जनाएको छ।

    यस्तै विराटनगर र भरतपुर विमानस्थलमा पनि भिजिबिलिटीका कारण उडान केही विलम्ब भएको थियो। देशभर बदली र निरन्तर वर्षाले आन्तरिक उडान सामान्य प्रभावित भएको हो।

    कमजोर हुँदै मनसुन
    हाल नेपालमा मनसुनी वायुको प्रभाव रहेको छ। गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

    गत केही दिन यतादेखि सक्रिय रहेको मनसुन क्रमशः कमजोर हुँदै जाने भएको छ । पूर्वी तराईको भूभाग नजिक रहेको मनसुनको न्यून चापीय रेखा आजदेखि नेपालबाट बाहिरिने क्रम सुरुआत भएकासँगै मनसुन विस्तारै कमजोर हुँदै जाने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागका मौसमविद् राजु प्रधानाङ्गले जानकारी दिए ।

    हाल देशभर सामान्यदेखि पूर्ण बदली रही गण्डकी, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । दिउँसो देशको अधिकांश भूभागमा सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहनुका साथै लुम्बिनी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका एक–दुर्ई स्थानमा मेघ गर्जनसहित भारी वर्षाको सम्भावना रहेको औंल्याएको छ ।

    मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम १९ दशमलव शून्य डिग्री र अधिकतम तापक्रम २१ दशमलव तीन डिग्री सेल्सियस छ । त्यस्तै सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम १४ दशमलव दुई डिग्री र सबैभन्दा धेरै जनकपुरको अधिकतम तापक्रम ३० दशमलव चार डिग्री सेल्सियस छ ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया