• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Highlights अन्तराष्ट्रिय

    तालिबानले यस्तो कठाेर उर्दी जारी गरेपछि अफगानिस्तानमा भूकम्प

    860
    SHARES


    काठमाडौं । तालिबानले अफगानिस्तानको काबुलका नागरिकलाई आफूसँग भएको सबै सरकारी सम्पत्ति एक साताभित्र तालिबानलाई हस्तान्तरण गर्न उर्दी जारी गरेको छ ।

    अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले उल्लेख गरेअनुसार तालिबानले सवारीसाधन, हातहतियार, अन्य सैन्य सामग्रीसहित सबै सरकारी सम्पत्ति तालिबानको सम्बन्धित निकायमा बुझाउन निर्देशन दिएको छ । तालिबानका प्रवक्ता जबिउल्लाह मुजाहिद्दिनले सामाजिक सञ्जाल ट्वीटरमा श्रृङ्खलाबद्ध रुपमा गरेको ट्विटमा सम्पत्ति विवरण बुझाउन आग्रह गरिएको छ ।

    यसअघि तालिबानले सबै महिला स्वास्थ्यकर्मीलाई काममा फर्किन आग्रह गरेको थियो । पछिल्लो समय आम स्वास्थ्य सेवामा देखिएको असरलाई ध्यानमा राख्दै महिलालाई काममा फर्किन आग्रह गरेको तालिबानले जनाएको छ ।

    तालिबानको जनस्वास्थ्य मन्त्रालयले सबै महिला र कर्मचारीलाई नियमित काममा फर्किन निर्देशन दिएको हो । मन्त्रालयको विज्ञप्तिमा उनीहरुलाई आफ्नो नियमित काम गर्नमा कुनै अवरोध सिर्जना नहुने उल्लेख गरिएको छ ।

    तालिबानले दुई साताअघि अफगानिस्तानलाई आफ्नो कब्जामा लिएसँगै त्यहाँको अवस्था सामान्य बन्न सकेको छैन । एजेन्सीहरुको सहयोगमा

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया