• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    एकीकृत समाजवादीको राष्ट्रियसभा संसदीय दल नेतामा भुसाल

    561
    SHARES


    काठमाडौं । नेकपा एकीकृत समाजवादीले राष्ट्रियसभा, संसदीय दलको नेतामा वेदुराम भुसाललाई चयन गरेको छ । नयाँ दल दर्ता भएपछि आइतबार बसेको संसदीय दलको पहिलो बैठकले स्थायी कमिटी सदस्य भुसाललाई राष्ट्रियसभा दल नेता चयन गरेको हो ।

    त्यस्तै नेकपा एकीकृत समाजवादी संसदीय दलको नेतामा अध्यक्ष माधवकुमार नेपाल चयन भएका छन् । नयाँ दल दर्ता भएपछि आइतबार बसेको संसदीय दलको पहिलो बैठकले अध्यक्ष नेपाललाई सर्बसम्मत अध्यक्ष चयन गरेको हो ।

    अरु पदाधिकारीहरु भने पछि चयन हुने सांसद विरोध खतिवडाले जानकारी दिए । संसदीय दलको बैठकले विधान मस्यौदा समिति बनाएको छ । भवानी खापुङ, शेरबहादुर कुँवर, निरादेवी जैरु, ठगेन्द्रप्रकाश पुरी र लक्ष्मी चौधरी समिति छन् ।

     

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया