• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    पूर्व युवराज पारस शाह एकाएक कसरी पुगे कमेडी च्याम्पियनमा ? यस्ताे छ रहस्य

    1K
    SHARES


    काठमाडाैं । कमेडी रियालिटी शो ‘कमेडी च्याम्पियन २’ का प्रतियोगी भरतमणि पौडेल पूर्व युवराज पारस शाहको गेट अपमा देखिने भएका छन् । शनिबार साँझ प्रसारण हुने ‘कमेडी च्याम्पियन’ को नयाँ श्रृखंलामा उनी पूर्व युवराज शाहको गेट अपमा देखिन लागेका हुन् ।

    शो को बिहीबार नयाँ ट्रेलर सार्वजनिक गरिएको थियो । जसमा भरतमणिको पूर्व युवराज शाहको गेटअपको छोटो प्रस्तुति समेत समेटिएको छ । समाचार तयार गर्दासम्म उक्त ट्रेलर ६ लाख ८५ हजार भ्युज पाएको छ ।

    ट्रेलरमा पौडेलको गेटअप पूर्व युवराज शाहसँग हुबहु मिल्दो देख्न सकिन्छ । शाहकै हाउभाउमा उनले प्रस्तुति समेत दिएका छन् । प्रस्तुतिमा राजाको शासन समयमा कलाकार दरबार छिर्ने प्रसंगदेखि केही अगाडि पूर्व युवराज शाहको हेल्मेट काण्ड समेत समेटिएको ट्रेलरमा देख्न सकिन्छ ।

    ट्रेलर सार्वजनिक भएपछि भरतमणिको यो लुक्सले चारैतिर चर्चा पाइरहेको छ । ट्रेलर युट्युबको ट्रेनिङमा पर्न सफल भएको छ । ताप्लेजुङबाट प्रतिस्पर्धामा सहभागी पौडेल यस अगाडि पनि पूर्व मन्त्री गोकुल बाँस्कोटासहित थुप्रै क्यारिकेचर गरेर चर्चामा छाएका थिए ।

    ‘कमेडी च्याम्पियन २’ को अहिले उत्कृष्ट ४ प्रतिस्पर्धा चलिरहेको छ । आज प्रसारण हुने प्रतिस्पर्धाबाट पौडेल उत्कृष्ट तीनमा पर्ने नपर्ने निक्र्याैल गर्नेछ । पौडेलसहित उत्कृष्ट ४ मा बिक्की अग्रवाल, सन्तोष थापा, हिक्मत महरा पनि छन् । प्रतियोगितामा उत्कृष्ट प्रस्तुति राख्दै दर्शक तथा निर्णायकका प्रिय बन्न सफल पौडेल उपाधिका दावेदार समेत मानिन्छन् ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ