• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    राजनीति

    प्रदेश १ को मुख्यमन्त्रीमा भीम आचार्य नियुक्त

    635
    SHARES


    विराटनगर । प्रदेश १ को मुख्यमन्त्रीमा नेकपा एमालेका सचिव भीम आचार्य नियुक्त भएका छन्। प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले बिहीबार आचार्यलाई संविधानको धारा १६८ (१) अनुसार मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्। यसअघि आचार्य नेकपा एमाले संसदीय दलको नेता चयन भएका थिए।

    प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले आजै राजीनामा दिएपछि आचार्य संसदीय दलको नेता र मुख्यमन्त्री चयन भएका हुन्। संविधानको धारा १६८ (१) अन्तर्गत बनेको शेरधन राई नेतृत्वको सरकार विघटन गरी सोही धारा अनुसार आचार्यको नेतृत्वमा पुनः एमालेको एकल सरकार गठन भएको हो। आचार्यले संविधान अनुसार ३० दिनभित्र पुनः विश्वासको मत लिनुपर्नेछ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया