• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    पत्रपत्रिका

    माओवादी मन्त्रीहरुको यस्तो हर्कत, गोप्य कुरा सार्वजनिक भएपछि भागाभाग

    695
    SHARES


    जनकपुर । नेकपा माओवादी केन्द्रबाट सरकारमा सहभागी मन्त्रीहरुको कर्तुत सार्वजनिक भएको छ । भर्खरै सरकारमा गएको माओवादीका मन्त्रीहरु मोजमस्तीमा लागेको सार्वजनिक भएको हो ।

    केही महिना अगाडीसम्म प्रदेश २ मा प्रतिपक्षमा बसेको माओवादी केन्द्रका नेताहरुले प्रदेश सरकारका मन्त्रीहरु विलासितामा केन्द्रित रहेको भन्दै कडा आलोचना गर्दै आइरहेका थिए ।

    विभिन्न मञ्चदेखि सदनसम्म प्रदेश सरकारमा सहभागी मन्त्रीहरुलाई आलोचना गर्ने माओवादी केन्द्र अहिले प्रदेश सरकारमा सहभागी भएको छ । आफै प्रदेश सरकारमा सहभागी भएको केही साता नबित्दै तीनै माओवादी केन्द्रबाट सरकारमा सहभागी सर्वहारा नेताहरुले विलासी सोच प्रदर्शन गर्न लागेका छन् ।

    प्रदेश २ सरकारमा माओवादी केन्द्रबाट भरतप्रसाद साह आन्तरिक मामिला तथा संचार मन्त्री छन् भने रुबी कर्णलाई आन्तरिक मामिला तथा संचार राज्य मन्त्रीको जिम्मेबारी दिइएको छ ।

    कहिल्यै प्रदेश सरकारका मन्त्रीहरु जनताको कर र पसिनाबाट जम्मा भएको ढुकुटीको दोहन गरिरहेको आरोप लगाउने यीनै सर्वहारा नेताहरु अहिले आएर मन्त्रालयमा गाडी हुँदा हुँदै गाडी किन्नका लागि अर्थ मन्त्रालयसँग करोडौ रुपैयाँको माग गरेका छन् ।

    गाडी खरिद गर्नका लागि करोडौ रुपैयाँ अर्थ मन्त्रालयसँग माग गरेपछि आफूलाई सर्वहाराको नेता कहलाउन रुचाउने मन्त्री साहको विलासी सोच उदाङ्गो भएको छ । श्रोतका अनुसार मन्त्री साहका लागि २ लाख ५० हजार रुपैया मोबाइल खरिदका लागि समेत माग गरिएको छ ।

    ३ वटा गाडी खरिद गर्नका लागि अर्थ मन्त्रालयसँग ३ करोड ७ लाख रुपैयाँ माग गरिएको मन्त्रालयका प्रवक्ता अवधकिशोर कुश्वाहाले जानकारी दिए । यद्यपि मन्त्रालयसँग अहिले पनि ८ वटा गाडी रहेको उनले बताए ।

    उनले मोबाइल खरिदका लागि रुपैयाँ माग गरिएको विषयमा अनभिज्ञता प्रकट गरे । अहिले आन्तरिक मामिला तथा संचार मन्त्री साह र राज्य मन्त्री कर्ण दूबै सफारी गाडी चढ्दै आईरहेका छन् ।

    त्यस्तै सचिव वीरेन्द्र यादव टोयटाको रश गाडी प्रयोग गर्दै आईरहेका छन् । यस अतिरिक्त मन्त्रालय एक गाडी पूर्व आन्तरिक मामिला तथा संचार राज्य मन्त्री सरोज कुश्वाहाले अहिलेसम्म गाडी मन्त्रालयलाई जिम्मा लगाएका छैनन् ।

    उनी ह्युण्डायको भेनु गाडी प्रयोग गर्दै आई रहेका छन् । मन्त्रालयसँग यी गाडीहरु बाहेक एउटा स्कर्पियो, एउटा टाटा सुमो र २ वटा पिक अप गाडी गरी कुल ८ वटा गाडी रहेको छ । यता नेकपा माओवादी केन्द्रले पार्टी प्रवक्ताको जिम्मेवारीमा कृष्णबहादुर महरालाई तोकेको छ।

    पूर्वसभामुखसमेत रहेका महरालाई प्रवक्ताको जिम्मेवारीमा माओवादीले ल्याएको हो। पहिले माओवादी प्रवक्तामा पम्फा भुसाल थिइन्। माओवादीले एमालेसँग पार्टी एकता गरेपछि प्रवक्ताको जिम्मेवारीमा नारायणकाजी श्रेष्ठ थिए।

    फागुन २३ मा सर्वोच्च अदालतले एमाले र माओवादीलाई पुन: अस्तित्वमा ल्याइदिएपछि नेता श्रेष्ठले नै माओवादीमा प्रवक्ताको भूमिका निर्वाह गरेका थिए। पछिल्लो समय श्रेष्ठ यो भूमिकाबाट अलग हुन चाहेको बताएका थिए। त्यसपछि माओवादीले प्रवक्तामा महरालाई ल्याएको हो।

    यस्तै माओवादीले प्रचार तथा प्रकाशन विभाग प्रमुखको समेत जिम्मेवारीमा महरालाई तोकेको हो। भदौ ६ मा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गरेको परिपत्रमा नेताहरूलाई जिम्मेवारी दिइएको उल्लेख छ।

    केन्द्रीय कमिटी र स्थायी कमिटी बैठकका निर्णयअनुसार माओवादीले प्रदेश समिति, पार्टी विभाग, जिल्ला ईञ्चार्जहरूसमेत तोकेको छ। प्रदेश नम्बर १ मा सुरेन्द्र कार्की ईञ्चार्ज छन् भने अध्यक्षमा सुरेन्द्रकुमार राईलाई तोकिएको हो। प्रदेश नम्बर २ को ईञ्चार्जमा गणेश शाह छन्। यहाँ अध्यक्ष तोक्न बाँकी छ।

    बागमती प्रदेशको ईञ्चार्जमा हितमान शाक्य र अध्यक्षमा नारायण दाहाल छन्। गण्डकी प्रदेश ईञ्चार्जमा हितराज पाण्डे र अध्यक्षमा हरि अधिकारीलाई तोकेको माओवादीले जनाएको छ। साथै लुम्बिनीको ईञ्चार्जमा चक्रपाणी खनाल बलदेव र अध्यक्षको जिम्मेवारी ओनसरी घर्तीले पाएकी छिन्।

    कर्णालीमा ईञ्चार्ज शक्ति बस्नेत र अध्यक्ष राजकुमार शर्मा छन् भने सुदूरपश्चिम प्रदेश ईञ्चार्जमा खगराज भट्ट छन्। यहाँ अध्यक्ष तोक्न बाँकी छ। अधिकांश प्रदेशमा सहईञ्चार्ज तोकिएका छन् तर सचिव चयन गर्न बाँकी राखिएका छन्।

    माओवादीले विशेष समिति ईञ्चार्जमा लिलामणि पोखरेल र अध्यक्षमा लेखनाथ न्यौपानेलाई तोकेको छ। प्रवास समिति ईञ्चार्जमा नारायणकाजी श्रेष्ठ र अध्यक्षमा ओम शर्मालाई जिम्मेवारी दिइएको छ। माओवादीले जिल्ला समन्वय समितिका ईञ्चार्जहरू पनि तोकेको छ भने उपत्यका विशेष समिति पनि बनाएको छ।

    अर्थ तथा योजना विभाग प्रमुखमा वर्षमान पुन, कृषि तथा भूमिसुधार प्रमुखमा हरिबोल गजुरेल, निर्वाचन विभागमा खिमलाल देवकोटा, विदेश मामला विभागमा सुरेन्द्र कार्की, संगठन विभाग प्रमुखमा जनार्दन शर्मा, राष्ट्रिय सुरक्षा विभागमा कृष्णबहादुर महरा छन्।

    स्वास्थ्य विभागमा कल्पना धमला, स्कुल विभाग ईञ्चार्जमा प्रचण्ड र प्रमुखमा गिरिराजमणि पोखरेल छन्। सहरी विकास विभागमा देवेन्द्र पौडेल, स्थानीय तह विभागमा उर्मिला अर्याल छिन्। भौतिक पूर्वाधार विभागमा हरि अधिकारी प्रमुख तोकिएका छन्।

    नीति अनुसन्धान प्रतिष्ठानको प्रमुखमा रामचन्द्र झा छन् भने वन तथा वातावरण विभागमा शक्ति बस्नेत प्रमुख रहेको माओवादीले जनाएको छ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया