• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    राजनीति

    माधव नेपालले घरबाट संसद अपहरण गरि अन्तै पुर्याएको खुलासा, यसो भन्छन ओली

    719
    SHARES


    काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधव नेपाल समूहले आफ्ना सांसदहरूलाई बलजफ्ती अपहरण गरि तीन दिनदेखि थुनेर राखेको आरोप लगाएका छन्।

    बुधबार पत्रकार सम्मेलनमा बोल्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले भने घरघरबाट मान्छे उठाएर तीन दिनदेखि रिसोर्टमा लगेर थुनेर राखेको आरोप लगाए।

    ‘घरघरबाट मान्छे टिपेर रिसोर्टमा लगेर तीनदिनदेखि मान्छे थुनेर रखिएको छ। त्यो पनि यहाँ वरिपरि होइन उहाँ पर टाकुरामा लगेर राखिएको छ’, उनले भने, ‘तीन दिनदेखि थुनेर रिसोर्समा लगि ढोक्सेमा हालेर निर्वाचन आयोगमा घोप्ट्याउने काम भयो। यो काम लोकतान्त्रिक होइन, वास्तवमा भन्ने हो भने यो बलजफ्ती अपहरण र ज्याजदीपूर्ण काम हो।’

    ‘मान्छेलाई घेराबन्दीमा पारियो। बाध्य पारियो। ललाई फकाइ मिठा गुलिया बचन बोलेर मिठा खान दिएर राम्रै बिस्तारामा राखेर फकाइयो’, ओलीले भने,‘सुनकै पिँजडा भए पनि आखिर त्यो पिँजडै है। थुनिएकै हो। चाहे जे सुकैमा हो। यस्तो खाले काम भएको छ। यो असंवैधानिक र अलिकतान्त्रिक काम हो।’

    यस्तै नेकपा एमाले विभाजन गरेर नयाँ बन्न लागेको नेकपा (एकीकृत समाजवादी) पार्टीमा साविकको एमालेका ६० जना केन्द्रीय सदस्य र ३० जना संघीय संसदका सांसदहरुले निर्वाचन आयोगमा सनाखत गरेका छन् ।

    माधवकुमार नेपालको नेतृत्वमा एकीकृत समाजवादी नामको नयाँ दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दर्ता भएपछि आयोगले बुधबार आयोगले सनाखत गराएको छ । सनाखतका क्रममा राष्ट्रिय सभा र प्रतिनिधि सभाका गरी ३० जना सांसदले सनाखत गरेको सांसद पार्वती विसुंखेले दावी गरिन् ।

    उनका अनुसार ६० जना केन्द्रीय सदस्यले सनाखत गरेका छन् । राजनीतिक दल सम्बन्धी ऐन अध्यादेशमार्फत संशोधन गर्दै सरकारले संसदीय दल वा केन्द्रीय कमिटीमा कम्तिमा २० प्रतिशत संख्या पुर्याए

    दल विभाजन गर्न पाइने व्यवस्था गरिएपछि माधव समूहलाई एमाले विभाजन गर्न सहज भएको हो । निर्वाचन आयोगमा सनाखत भएको संख्या सांसदमा अपुग भए पनि केन्द्रीय सदस्यमा भने पुगेको छ । राष्ट्रिय सभामा ३३ र प्रतिनिधि सभामा १२१ गरी एमालेका १५४ सांसद थिए । त्यसको २० प्रतिशत पुर्याउन माधव समूहलाई ३१ जना आवश्यक थियो ।

    तर ३० जनालेमात्र सनाखत गर्दा उसले संसदीय दलमा २० प्रतिशत पुर्याउन सकेन । यस्तै साविकको एमालेको २०३ सदस्यीय केन्द्रीय कमिटीमा २० प्रतिशत पुर्याउन ४१ जना आवश्यक पर्नेमा ६० जनाले सनाखत गरेकाले अब केन्द्रीय सदस्यको संख्याका आधारमा सो दलले वैधता पाउने देखिएको ।

    सनाखत सकिएपछि आजै निर्वाचन आयोगले यो विषयमा केही निर्णय लिन सक्ने सम्भावना छ । आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले बेलुकासम्म कुनै निर्णय हुन सक्ने बताए ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया