• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    महराले पाए माओवादी प्रवक्ताको जिम्मेवारी

    1.1K
    SHARES


    काठमाडौँ । नेकपा माओवादी केन्द्रका नेता कृष्ण बहादुर महरालाई सो पार्टीले प्रवक्ताको जिम्मेवारी दिएको छ । सभामुखबाट पदमुक्त भएपछि पार्टीमा प्रभावकारी भूमिका नपाएका उनलाई माओवादीले हालै सम्पन्न केन्द्रीय कमिटी बैठकबाट प्रवक्ताको जिम्मेवारी दिएको हो ।यसअघि प्रवक्ताको भूमिका निर्वाह गर्दै आएका नारायणकाजी श्रेष्ठलाई भने पार्टीको प्रवास समितिको इन्चार्जको जिम्मेवारी दिइएको छ ।

    यस्तै संगठन विभाग प्रमुखको जिम्मेवारी जनार्दन शर्माले पाएका छन् । शर्मा यसअघि कर्णाली प्रदेशको इन्चार्ज रहेका थिए । यस्तै राजकीय मामला तथा सुशासन विभाग प्रमुखमा रेखा शर्मालाई जिम्मेवारी प्रदान गरिएको छ । त्यस्तै प्राध्यापक सम्बद्ध संगठनहरुको ईञ्चार्जमा नारायण शर्मा, केन्द्रीय कार्यालयको ईञ्चार्जमा वर्षमान पुनलाई प्रदान गरिएको छ ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया