• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    ओलीले विशेष पत्रकार सम्मेलन गर्दै

    697
    SHARES


    काठमाडौँ । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीको वर्तमान अवस्था बारे नेता कार्यकर्तालाई जानकारी गराउने भएका छन् । त्यसका लागि उनले आज ११ बजे विशेष पत्रकार सम्मेलन गर्ने भएका छन् ।

    अध्यक्ष ओलीले पार्टी स्थायी कमिटी बैठकका निर्णय स्पष्ट गर्न र पार्टीको पछिल्लो अवस्थादेखि देशको समसामयिक राजनीतिक अवस्थाका बारेमा केन्द्रित रहेर आफ्ना धारणा राख्न पत्रकार सम्मेलन गर्न लागेको उनको सचिवालयले जनाएको छ ।

    यस अघि हिजो नेता माधव नेपाललाई साथ दिँदै आएका १० जना एमाले स्थायी कमिटी सदस्यले ओली नेतृत्वकै एमालेमा फर्किएर पार्टीलाई बलियो बनाउने बताएका थिए ।

    पार्टीका सबै संरचनालाई २०७५ साल जेठ २ कै अवस्थामा फर्काउने सहमती भएसँगै उनीहरु फर्किएका हुन् । विगतमा फरक मत राखेका नेताहरूले अब सम्मानजनक अवस्थामा एकताबद्ध भएर काम गर्ने बताएका छन् ।

    यस्तै निर्वाचन आयोगले माधव नेपाल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) र महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी नेपाललाई सनाखतका लागि बुधबार (आज) बोलाएको छ । निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले दुवै दलका पदाधिकारी सनाखतका लागि आयोगमा भौतिक रूपमा उपस्थिति जनाउनुपर्ने बताए ।

    संसदीय दल र केन्द्रीय समितिमा २० प्रतिशतको समर्थनमा दल विभाजन हुनसक्ने राजनीतिक दलसम्बन्धी अध्यादेश जारी भएसँगै नेकपा एमाले औपचारिक रूपमा विभाजित भएको हो । यसलगत्तै नेता नेपाल पक्षका ९५ जना केन्द्रीय सदस्य र ३१ जनाभन्दा बढी सांसदले नेकपा (एकीकृत समाजवादी) नामको नयाँ दल दर्ता गराएका थिए ।

    नेता नेपालले एमालेको २०३ सदस्यीय केन्द्रीय कमिटीका ५८ जनाको नाम आयोगमा पेस गरेका थिए । तर दल दर्ताको निवेदनमा हस्ताक्षर नभएकाले ७ जनाको सनाखत नहुने भएको छ । ७ जनाको सनाखत नहुने भएपनि माधव नेपाललाई दल दर्ताका लागि संख्या पुग्ने छ । ४१ जना सदस्यको खनाखत भए नेकपा (एकीकृत समाजवादी) दर्ता हुने सक्ने देखिन्छ ।

    यस्तै जनता समाजवादी पार्टी विभाजित भई महन्थ ठाकुरको नेतृत्वमा लोसपा नेपाल गठन भएको हो । नेता नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) र ठाकुर नेतृत्वको लोसपा नेपाल दल दर्ताका लागि भदौ ४ गते शुक्रबार आयोगमा निवेदन दर्ता भएको थियो । बुधबार बिहान १०ः३० देखि दिउँसो २ बजेभित्र दुवै दलको सनाखत गरेर यस सम्बन्धमा आयोगले निर्णय लिने पनि प्रवक्ता श्रेष्ठले जानकारी दिए ।

    त्यस्तै पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले राजनीतिक दलमा राजनीतिक संस्कार नभएकै कारण गणितीय हिसाबमा बलियो भएर पनि पूरा अवधि रहन नसकेको टिप्पणी गरेकी छन् ।

    उनले भनिन्, “राजनीतिक संस्कार पहिलो शर्त हो, हामीसँग अनुशासनमा बस्ने अनि एक–अर्कालाई सम्मान गर्ने बानी छैन, प्रतिपक्षले विरोध गर्‍यो भनेर घोक्रेठ्याक लगाउने होइन, विरोध र स्वस्थ आलोचनाले सही बाटो देखाउँछ, एकले अर्कालाई पछारेको अनि राजनीतिको मल्ल युद्ध हेरेर मात्र जनताले अघाउनुपर्ने अवस्था अब अन्त्य हुनुपर्छ, नेता सुध्रनुस् ।”

    राष्ट्रियसभा सदस्य राधेश्याम अधिकारीले विगतका राजनीतिक घटनाक्रमको गहन विश्लेषण गरी सदनको स्थायित्वलाई मुख्य विषयवस्तु बनाएर संविधान जारी गरिएकामा पटक–पटक विघटनले राजनीतिक अस्थिरता रोक्ने सवालमा आएको अदालतको फैसलालाई आफनो स्वार्थका आधारमा ब्याख्या गरिन नहुनेमा जोड दिए ।

    सांसद नवराज सिलवालले दलभित्रको आन्तरिक लोकतन्त्रको स्थिति कमजोर रहेको तथा राजनीतिक दलमा संस्थागत निर्णयभन्दा व्यक्तिवादी प्रवृत्ति हाबी भएको नतिजाका रूपमा अहिलेको अवस्था उत्पन्न भएको प्रतिक्रिया दिए ।

    संविधानविद् विपीन अधिकारीले सदन जोगाउने विषयमा अदालतको फैसला स्वच्छ र स्वतन्त्ररूपमा आएको जिकिर गर्दै अदालतलाई गालीगलौज गरेर लोकतन्त्र बलियो नहुने बताए ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया