• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Corona Update समाचार

    काठमाडौँ उपत्यकामा फेरि लम्ब्याइयो निषेधाज्ञा

    1.1K
    SHARES


    काठमाडौँ । काठमाडौँ उपत्यकाको निषेधाज्ञा थप भएको छ । भदौ ८ सम्म जारी निषेधाज्ञा आगामी भदौ १६ गतेसम्मलाई कायम गरिएको छ ।काठमाडौं उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको मंगलबारको बैठकले निजी तथा सार्वजनिक सवारी साधनलाई ८ बजेसम्म गन्तव्यमा पुगिसक्नुपर्ने गरी यसअघि गरेको व्यवस्था हटाएको हो ।

    साउन २८ गतेदेखि भदौ ८ गतेसम्मको निषेधाज्ञाको आदेशमा उपत्यकाका जिल्ला प्रशासन कार्यालयले अत्यावश्यक सेवा, ढुवानीका साधन र उपत्यका प्रवेश गर्ने सवारी साधन बाहेकका अन्य निजी एवं सार्वजनिक सवारी साधन बेलुका ८ बजेभित्र गन्तव्यमा पुगिसक्नुपर्ने उल्लेख थियो ।

    भदौ ८ देखि १६ गतेसम्मको निषेधाज्ञामा भने यो व्यवस्था हटाइएको ललितपुरका सहायक प्रमुख जिल्ला अधिकारी ललितबहादुर बस्नेतले बताए । रातिको समयमा मात्र सवारी साधन सञ्चालनमा गरिएको कडाइले कोरोना महामारी नियन्त्रण नहुने भन्दै प्रशासनको आदेशको आलोचना भएको थियो ।

    कक्षा १२ को परीक्षा भौतिक उपस्थितिमा गराउन संसदीय समितिको निर्देशन

    प्रतिनिधि सभाको शिक्षा तथा स्वास्थ्य समितिले कक्षा १२ को परीक्षा यथाशक्य चाँडो सञ्चालन गर्न मंगलबार सरकारलाई निर्देशन दिएको छ । सरोकारवालाहरुसँगको छलफलपछि छिटो भन्दा छिटो कक्षा १२ को परीक्षा लिन निर्देशन दिइएको समिति सभापति जयपुरी घर्तीले जानकारी दिइन । ‘सीसीएमसीको गलत निर्णयका कारण परीक्षा स्थगित हुनु पुगेको निष्कर्ष निकाल्यौं,’ उनले भनिन्, ‘विद्यार्थीलाई चाँडो खोप दिएर, पहिल्यै तय भएको मोडल र तयारीअनुसार परीक्षा गर्न भनेका छौं ।’

    राष्ट्रिय परीक्षा बोर्डले विद्यार्थी पढेकै विद्यालयमा परीक्षा दिन पाउने व्यवस्था गरेको छ भने दुई सय भन्दा बढि परीक्षार्थी भएका केन्द्रमा उपकेन्द्र बनाएर परीक्षा सञ्चालन गर्ने तयारी छ । समितिको निर्देशनपछि शिक्षा सचिव रामप्रसाद थपलियाले स्वास्थ्य मन्त्रालयसँग पनि समन्वय गरेर परीक्षाको मिति तय गर्ने जनाए । ‘उपत्यकाभित्र प्रवेश पत्रको आधारमा खोप दिन थालिसकेका छौं, उपत्यका बाहिर पनि यो सुविधा दिने कुराकानी भएको छ,’ उनले थपे, ‘भौतिक उपस्थितिमा नै परीक्षा सञ्चालन गर्न छलफल गरेर सूचना जारी हुन्छ ।’

    साउन ३१ गतेदेखि हुने परीक्षा स्वास्थ्य मन्त्रालय र सीसीएमसीको सिफारिसमा स्थगित गरिएको छ । कक्षा १२ को परीक्षा स्थगित गर्ने तर त्रिभुवन लगायत अन्य विश्वविद्यालय, विदेशी बोर्ड र कक्षा ११ को परीक्षा भने निर्बाध सञ्चालन गर्न दिने भनेर आलोचना भएको थियो ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया