• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    अन्तराष्ट्रिय समाचार

    तालिबानले अफगानिस्तान कब्जा गरेपछि पहिलो पटक बोल्यो आइएस

    0.9K
    SHARES


    काठमाडौँ । चरमपन्थी समूह इस्लामिक स्टेट (आईएस) ले आफ्नो विरोधी तालिबान​माथि अमेरिकाको कठपुतली भएको आरोप लगाएको छ । आइएसले तालिबान ‘मुल्ला ब्रेडली’ प्रोजेक्ट बनिरहेको दाबी गरेको छ । ‘मुल्ला ब्रेडली’ शब्दलाई जिहादी समूहमा यस्तो धार्मिक व्यक्तिका लागि प्रयोग गरिन्छ जसलाई कथित रुपमा अमेरिकाले जिहादलाई कमजोर बनाउनका लागि भर्ती गर्छ ।

    यद्यपि, यो एउटा शब्द मात्रै हो जसलाई अलकायदाका पूर्व नेता अनवार अल–अवलाकीले स्थापना गरेका थिए । अफगानिस्तानले १५ अगस्टमा पूरा देश कब्जा गरेको थियो, यसपछि आइएसको यो पहिलो टिप्प्णी हो । ​

    के भन्छ तालिबान ?
    यो आइएसको साप्ताहिक समाचार पत्र अल–नबाको सम्पादकीयमा प्रकाशित भएको हो जसको शीर्षक छ – ‘अन्ततः उनीहरुले मुल्ला ब्रेडली स्थापित गरेका छन् ।’ यसमा उपेक्षाजनक तरिकाले ‘नयाँ तालिबान’ शब्दको प्रयोग गरिएको छ जसमा बताइएको छ कि अफगान समूह २० वर्ष असध सुरु भएको सच्चा जिहादी आन्दोलनबाट भटकिएको छ ।

    आइएसले शंका जताउँदै भनेको छ, ‘तालिबानले सच्चा शरिया कानून सायदै लागू गर्न सक्ला । तालिबानले बचन दिएको छ कि ऊ शरीयतको हिसाबले चल्नेछ ।’ आइएसले घोषणा गरेको छ कि उसको लडाकू जिहादको नयाँ चरणको सुरुवात गरिरहेका छन् । आईएसको अनुसार तालिबानले जिततेका छैनन् र यो एक ‘तथाकथित जीत’ हो जसको बन्दोबस्त अमेरिकाले गरेको छ ।

    अफगानिस्तानमाथि कब्जापछि तालिबान लगातार आफ्नो सुधारवादी छवि देखाउने कोसिस गरिरहेको छ । यसै अन्तर्गत उसले आफूलाई खेल विरोधी नभएको सन्देश दिएका छन् । तालिबनले आफ्नो ट्वीटर अकाउन्टमा आफ्ना नेता र राष्ट्रिय क्रिकेट टिमका कप्तानसँग खिचएको एउटा तस्बिर पोस्ट गरेको छ ।

    ट्वीटरमा लेखिएको छ, ‘इस्लामी इमिरेटका राजनीतिक ब्यूरोका सदस्य अनक हक्कानीले राजधानी काबुलमा अन्तर्राष्ट्रिय क्रिकेट टिमका कप्तानसँग भेटघाट गरेका छन् । उनीहरुले भविष्यका कार्यक्रम र टीमको प्रदर्शन र मानकलाई उत्कृष्ट बनाउने दिशामा कुराकानी गरेका छन् ।’

    सोसल मिडिया पोस्टमा कप्तानको नाम बताइएको छैन तर स्थानीय अनलाइन मिडियामा उनलाई हशमतुल्लाह शाहिदी बताइएको छ । सन् १९९६ देखि २००१ बीच जब तालिबानको अफगानिस्तानमाथि नियन्त्रण थियो तब उनीहरुले खेलको आयोजनामाथि कडा प्रतिबन्ध लगाएका थिए ।

    अफगानिस्तान क्रिकेट बोर्डले हालै तालिबान प्रशासनले राष्ट्रिय महिला टीमको गठनको योजनालाई रोकिदने हो कि भन्ने आशंका व्यक्त गरेको थियो । १५ अगस्टमा काबुलमाथि तालिबानको कब्जापछि अन्तर्राष्ट्रिय स्तरमा महिला खेलाडीलाई अफगानिस्तानबाट बाहिर निकाल्नका लागि अपिल भइरहेको थियो ।

    त्यस्तै अफगानिस्तानको पंजशीर घाटीको विषयमा तालिबान र उसको विरोधी शक्तिले भिन्न भिन्न दाबी गरेका छन् । तालिबानले पंजशीर घाटीलाई घेरेको जानकारी दिएको छ भने विरोधी शक्तिले उसलाई उक्त इलाकाबाट टाढै बस्न चेतावनी दिएको छ ।

    अफगानिस्तानको पूर्व सरकारको समर्थन गर्ने सेना र तालिबानले पंजशीर घाटीको विषयमा कुराकानी जारी रहेको जानकारी पनि दिएको छ । तालिबानका प्रवक्ता जबिउल्लाह मुजाहिदले पंजशीर घाटीलाई तीन तिरबाट घेरिएको जानकारी दिँदै ट्वीटरमा लेखे, ‘यो विषयलाई शान्ति पूर्वक सुल्झाउन चाहन्छौं ।’

    तालिबानको राजधानी काबुलसमेत अफगानिस्तानका धेरैजसो हिस्सामा कब्जा जमाइसकेको छ तर पंजशीर घाटी अहिलेसम्म तालिबानको पहुँचबाट टाढै रहेको छ । यद्यपि, सोमबार पनि तालिबानको विरोध भएको रिपोर्ट भेटिएको छ ।

    समाचार एजेन्सी एएफपीले तालिबानको तर्फबाट गरिएको दाबीबारे जानकारी दिँदै तालिबानका लडाकू पंजशीरमा अघि बढिरहेको बताएको छ । तालिबानका अनुसार उनका लडाकूले पंजशीर घाटी घेरेका छन् । बीबीसी उर्दू सेवाले तालिबान स्रोतलाई उद्धृत गर्दै तालिबानी कमान्डर कारी फसीहुद्दीन यो लडाईंको नेतृत्व गरिरहेको बताएको छ ।

    उता तालिबानविरुद्ध एक प्रमुख शक्तिको रुपमा हेरिएका पूर्व सरकारका उप–राष्ट्रपति अमरुल्ला सालेहले तालिबान पंजशीर घाटीमा प्रवेश गर्ने मार्गमा आफ्ना लडाकूलाई जम्मा गर्ने कोसिस गरिरहेको बताए । उनले तालिबानलाई उनका लडाकू उक्त इलाकाबाट बच्नुपर्ने चेतावनी दिएका छन् ।

    घेराबन्दी र कुराकानीः

    तालिबानका एक प्रवक्ताले काबुलमा गरेको दाबी अनुसार उनको पंजशीर घाटीका मानिसहरुसँग कुराकानी भइरहेको छ । प्रवक्ताले चाँडै नै पंजशीर घाटीमाथि शान्तिपूर्ण तरिकाले तालिबानको कब्जा हुने पनि दाबी गरे ।

    यस्तै, समाचार एजेन्सी एएफपीले अफगानिस्तानका पूर्व सरकारको सेनाका एक प्रवक्तालाई उद्धृत गर्दै सेनाका अधिकारी पंजशीरमा तालिबानसँग ‘लामो संघर्षका लागि तयार भएको तर तालिबानसँग छलफलको कोसिसमा पनि जुटेको ’ बताएका छन् ।

    तालिबानले बगलान प्रान्तको बानूसमेत तीन जिल्लामा आफ्नो कब्जा भएको पनि दाबी गरेको छ । अर्कोतर्फ विरोधी शक्तिले तीनसय तालिबानी लडाकूको हत्या गरेको दाबी गरेको छ । तालिबानले यो दाबीलाई गलत बताउँछ ।

    अन्तिम चुनौतीः

    तालिबान र अन्य दुनियाँको सबैभन्दा बढी रुची अब पंजशीर घाटीमा छ । यो घाटी काबुलको उत्तरमा छ र हिंदुकुश पहाडले घेरिएको छ । यसलाई लामो समयदेखि तालिबान विरोधी शक्तिको केन्द्रको रुपमा हेर्ने गरिन्छ ।

    अफगानिस्तानको भौगोलिक र सामरिक स्थितिको विषयमा राम्रो जानकारी राख्ने विशेषज्ञले आफ्नो पछिल्लो कार्यकालमा तालिबानले पंजशीर घाटीमा कब्जा गर्न नसकेपनि यसपटक उसलाई खासै गाह्रो नहुने दाबी गरेका छन् । तालिबानका लागि पंजशीर घाटीलाई घेर्नु नै पर्याप्त हुनेछ । तालबानको हालैको दाबीले यसैतर्फ इंगित गर्छ ।

    यो घाटी अहमद वली मसूदको इलाका मानिन्छ । उनी अशमद शाह मसूदका छोरा हुन् । अहमद शाह मसूदको मृत्यु सन् २००१ मा भएको थियो । मृत्यु अघिसम्म अहमद शाह मसूदले पंजशीर घाटीमा आफ्नो प्रभुत्व स्थापित गरेका थिए । उनले सोभियत–अफगान युद्ध र तालिबानसँग गृहयुद्धका बेला यसलाई अभेद्य किला बनाइराखे ।तालिबानले हालै जब काबुलसमेत अफगानिस्तानका विभिन्न इलाकालाई सहजै कब्जा गरे तर पंजशीर घाटी अहिलेसम्म उनीहरुको अधिकारमा आएको छैन ।

    के भन्छन् विशेषज्ञ ?

    पंजशीर घाटीको विषयमा विशेषज्ञ पनि आफ्नो धारणा व्यक्त गरिरहेका छन् । पेरिसको एक युनिभर्सिटीमा अफगान मामिलाका जानकारी जाइल्स डोरोनसोरोले समाचार एजेन्सी एएफपीसँग कुराकानी गर्दै भनेका छन् –

    ‘हाल पंजशीर घाटीको प्रतिरोधी मौखिक मात्रै छ । तालिबानले अहिलेसम्म पंजशीरमा प्रवेश हुने कोसिस गरेका छैनन् ।’ उनले दाबी गरे, ‘तालिबानले पंजशीरलाई घेराबन्दी मात्रै गरे पुग्छ, त्यहाँ प्रवेश गर्न आवश्यक नै छैन ।’ तालिबान हाल यो रणनीतिमा अघि बढिरहेको देखिएका छन् ।

    यस्तै तालिबानका प्रवक्ता जेबिहुल्लाह मुजाहिदले एक बयान जारी गरेर बगलान प्रान्तका तीन जिल्ला बानू, पुल ए हिसार र सालाहमा आफ्नो कब्जा भइसकेको र अंदराबसमेत तीन थप जिल्लामा आफूहरु बलियो स्थितिमा भएको बताएको छ । उनले सालांग घाटीमा पनि ट्राफिक पुनः सुरु भएको दाबी गरेका छन् ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ