• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    अफगानिस्तानबाट थप १४९ जना नेपाली स्वदेश फर्किए

    676
    SHARES


    काठमाडौं ।  अफगानिस्तानबाट थप १४९ जना नेपालीको उद्धार गरिएको छ । परराष्ट्र मन्त्रालयका अनुसार आइतबार राति दुबईको उडानबाट ३९ जना, सोमबार टर्किस एयरबाट ७ जना र कतार एयरको उडानबाट १०४ जना गरी थप १४९ जनालाई उद्धार गरी स्वदेश फर्काइएको छ ।

    परराष्ट्र मन्त्रालयले हालसम्म ६५४ जना नेपालीलाई अफगानिस्तानबाट उद्धार गरेर स्वेदश फर्काइएको जनाएको छ । अफगानिस्तानमा तालिबानले कब्जा गरेपछि त्यहाँ रहेका विदेशी नागरिकहरुले अफगानिस्तान छाडेका छन् ।

    नेपाल सरकारले अफगानिस्तानाबाट उद्धार गरिएकाहरुलाई सीसीएमसीको समन्वयमा सामुखुशीस्थित होल्डिङ सेन्टरमा राखिएको छ । अफगानिस्तानबाट उद्धार गरेर दोहा, दुबई, लण्डन, र नयाँदिल्लीमा रहेका नेपालीहरूलाई काठमाडौँसम्म ल्याउनको लागि निरन्तर समन्वय र सहजीकरण भइरहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । थप ३६१ जना नेपालीहरुले नेपाल फर्किन नाम दर्ता गराएका छन् । सरकारले सम्पर्कमा आएका मध्ये २ जना नेपालीसँग राहदानी नरहेकोसमेत जनाएको छ ।

    अफगानिस्तानमा रहेका नेपालीहरूको उद्धारका लागि गठित अन्तर निकाय कार्यदलको सोमबार बसी त्यहाँबाट उद्धार गर्न बाँकी नेपाली नागरिकको अवस्था, मित्र राष्ट्रहरूसँको समन्वय, उद्धार पछीको स्वदेश फिर्तीबारे छलफल गरी सम्बन्धित सबै विन्दुहरूमा परराष्ट्र मन्त्रालय तथा नेपाली नियोगहरूमार्फत आवश्यक समन्वय र सहजीकरण गर्ने निर्णय गरिएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ