• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Corona Update समाचार

    जापानले पनि थप साढे ५ लाख डोज खोप

    459
    SHARES


    काठमाडौं । जापान सरकारले नेपाललाई कोभ्याक्स कार्यक्रम अनुसार अनुदान दिएको कोरोनाविरुद्धको खोपको दोस्रो खेप सोमबार काठमाडौं आइपुगेको छ । काठमाडौंस्थित जापानी दूतावासले खोपको दोस्रो खेप सोमबार त्रिभुवन विमानस्थालमा आइपुगेको जानकारी दिएको छ । जापानी दूतावासका अधिकारीहरुले खोप स्थास्थ्य मन्त्रालयका अधिकारीहरुलाई हस्तान्तरण गरेका छन् ।

    जापानले नेपाललाई अस्ट्राजेनेका खोप अनुदान सहयोग गरेको हो । जापानले नेपाललाई १६ लाख डोज खोप अनुदान दिने प्रतिवद्धता जनाएको थियो । सो अनुसार पहिलो खेप यसअघि नै आइसकेको छ। र सो खोप यसअघि कोभिशिल्ड खोपको पहिलो मात्रा लगाएर दोस्रो मात्रा पर्खिरहेका ६५ वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई दिइएको छ ।

    सोमबार आइपुगेको ५ लाख ५९ हजार ३६० डोज खोप पनि कोभिशिल्डको दोस्रो डोज पर्खेकाहरुलाई लगाइने स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार अब प्रदेश नम्बर १ र २ मा यो खोप लगाइने छ ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया