• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Highlights राजनीति

    कम्युनिष्ट पार्टीहरुसँग एकताका लागि वार्ता गर्ने माओवादीको निर्णय

    715
    SHARES


    काठमाडौँ । नेकपा माओवादी केन्द्रले कम्युनिष्ट पार्टीहरुसँग एकताका लागि वार्ता प्रक्रिया अघि बढाउने भएको छ । माधवकुमार नेपालले एमाले छाडेर नेकपा एकीकृत समाजवादी दर्ता गरेलगत्तै माओवादी केन्द्रले कम्युनिष्टहरुलाई एउटै केन्द्रमा ल्याउन पहल गर्ने निर्णय गरेको हो ।

    पार्टी कार्यालय पेरिसडाँडामा आइतबार बसेको स्थायी कमिटी बैठकले कम्युनिष्ट क्रान्तिकारीहरुबीच एकता र ध्रुवीकरणका निम्ति पहल गर्ने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

    उनले भने, ‘कम्युनिष्ट आन्दोलनमा देखा परेका, देश र जनताको पक्षमा एउटा वा अर्को रुपमा उभिएका र समाजवादको पक्षमा रहेका सबैसँग हामी वार्ता गर्छौं ।’

    त्यस्तै बैठकले  प्रदेश कमिटीमा रिक्त रहेका पदाधिकारी र जिल्ला समन्वय समितिमा इन्चार्जहरु तोकेको छ । आइतबार बसेको माओवादी स्थायी समिति बैठकले केन्द्रीय समितिको निर्देशन अनुसार प्रदेश र जिल्ला समन्वय समितिमा इन्चार्ज तोकेको प्रवक्ता नारायणकाजी श्रेष्ठ जानकारी दिए ।

    त्यस्तै बैठकले सबै केन्द्रीय सदस्यहरूको जिम्मेवारी पनि तोकेको प्रवक्ता श्रेष्ठले बताए । केन्द्रीय कमिटीले स्थायी समितिलाई दिएको जिम्मेवारी र निर्देशनअनुसार विभिन्न प्रदेशका रिक्त पदाधिकारी, जिल्ला इन्चार्ज र पार्टीका विभागको प्रमुख तोक्ने निर्णय भएको उनले बताए ।

    केन्द्रीय समितिका सदस्यहरु नभएका जिल्लामा केन्द्रीय प्रतिनिधि तोकेर केन्द्रीय सदस्यलाई इन्चार्जको जिम्मेवारी पनि दिएको श्रेष्ठले बताए ।जिल्ला समन्वय समितिका संयोजक तोक्ने काम भने सम्बन्धित प्रदेश समितिलाई दिइएको उनको भनाइ छ ।

    प्रवक्ता श्रेष्ठले राष्ट्रिय सम्मेलनलाई केन्द्रित गरेर वडा, पालिका र प्रदेश सम्मेलन गर्ने सन्दर्भमा निर्वाचन नियमावली र निर्देशिका तयार पारेको र छिट्टै तल्लो तहमा पठाइने जानकारी दिए ।

    बैठकले क्रान्तिकारी धाराका सबै कम्युनिस्टहरूको एकता र ध्रुवीकरणका निम्ति वार्ता तथा पहल गर्ने निर्णय गरेको उनले बताए । प्रवक्ता श्रेष्ठले सरकार विस्तारमा केही ढिलाइ भए पनि अब छिट्टै पूर्णता हुने दावी गरे ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया