• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    राजनीति

    चुम्बन काण्डमा मुछिएकी सांसद वलीबारे भयो यस्तो पुष्टि, एमाले र माओवादीभित्र खैलाबैला, हेर्नुहोस् प्रमाणसहित

    3.4K
    SHARES


    काठमाडाैं । माओवादी कार्यकर्तासँग चुम्बन काण्डमा मुछिएकी लुम्बिनी प्रदेश सभाकी सांसद विमला खत्री वली नेकपा विभाजितपछि एमालेमै रहेको प्रमाण प्रदेश सभाकै कागजातले पुष्टि गरेको छ। उनी कहिले एमाले त कहिले माओवादी केन्द्र रोजेर पनि विवादित बन्दै आएकी थिइन ।

    सर्वोच्च अदालतले गत फागुन २३ गते नेकपा विभाजन गरी एमाले र माओवादी केन्द्रलाई पहिलेकै अवस्थामा पुर्याएपछि लुम्बिनी प्रदेशसभाले पनि एमाले र माओवादी केन्द्रलाई सांसदहरूको विवरण पेश गर्न भनेको थियो।

    २०७७ चैत ५ गते प्रदेशसभा सचिवालयले पत्र संख्या ०७७/०७८ को चलानी नं. ५३३ मा एमालेलाई सांसद विवरण पठाउन भनेको थियो। त्यही पत्रका आधारमा २०७७ चैत १५ गते एमालेले प्रदेश सभा सचिवालयलाई पठाएको सांसदहरूको विवरणलाई प्रदेशसभा सचिवालयले सहीछाप लगाई प्रमाणित गरिदिएको थियो।

    एमालेबाट निर्वाचित सांसद उत्तरकुमार वलीको सडक दुर्घटनामा परी निधन भएपछि तत्कालीन नेकपाले दाङ क्षेत्र नं. ३ (ख) बाट उनकै श्रीमती विमला कुमारी खत्री वलीलाई उम्मेदवार बनाएपछि निर्वाचित भएकी थिइन्।

    तर नेकपा विभाजन भएर सरकार बनाउने र ढाल्ने खेल सुरू भएपछि भने वलीले कहिले एमाले त कहिले माओवादी केन्द्र रोजेको भन्दै विज्ञप्ति निकाल्दै आएकी थिइन्।पछिल्लो पटक शंकर पोखरेल नेतृत्वको सरकार ढालेर कुलप्रसाद केसीको नेतृत्वमा सरकार बनाउन वलीको मत निर्णायक बनेको थियो।

    पोखरेल नेतृत्वको सरकार ढलेपछि लुम्बिनी प्रदेशसभाको प्रमुख प्रतिपक्ष दल बनेको एमालेले चैत १५ गते प्रदेशसभा सचिवालयमा पठाएको सांसदहरूको विवरणमा सचिवालयले छाप लगाएर प्रमाणित गरिदिएको कागजातको आधारमा वली आफ्नै सांसद रहेको र पार्टीको ह्वीप उल्लंघन गरेको भन्दै कारबाही गरिसकेको छ।

    एमालेले वलीलाई पार्टीले कारबाही गरिसकेको र पदमुक्त गर्न सभामुखलाई पत्र पठाए पनि प्रदेशसभा सचिवालयले कारबाही प्रक्रिया अगाडि नबढाएको भन्दै प्रदेशसभा बैठक अवरूद्ध गर्दै आएको छ।

    एमालेका प्रमुख सचेतक भूमिश्वर ढकालले प्रदेशसभा सचिवालयलाई सम्बोधन गरी १५ चैत ०७७ मा पठाएको ४३ जना सांसदको विवरणको ४३ नं. मा विमला वलीको नाम रहेको छ। सोही पत्रमा प्रदेससभा सचिवालयले छाप लगाएर वलीलाई एमाले सांसद भएको प्रमाणित गरिदिएको छ।

    एमाले प्रमुख सचेतक ढकालले दल विभाजनपछि विमलाले एमाले रोजेको र सोही अनुसारको विवरण प्रदेशसभा सचिवालयले प्रमाणित गरिसकेकाले अहिले आएर उनले दल रोज्न नपाउने बताए।

    वलीले वैशाख १९ गतेमात्रै पत्रकार सम्मेलन गरी आफूले दल रोज्न पाउने अधिकार अनुसार माओवादी केन्द्र रोजेको बताएकी थिइन्। एमाले प्रमुख सचेतक ढकालले वलीले माओवादी रोज्नु अघि पनि एमालेका कार्यक्रममा समेत उपस्थित भएकाले पनि उनी दल रोज्दा सुरूमा एमाले भएको बताए।

     

    वलीले पहिले एमाले रोजेपछि मात्र माओवादी बनेको र पार्टीले स्पष्टीकरण सोधेको बताए। ´पार्टीले सोधेको स्पष्टीकरणको चित्तबुज्दो जवाफ नआएपछि उहाँलाई पदमुक्त गर्न सभामुखलाई पत्र बुझाएका छौं,` उनले भने,‘त्यही कारण वली पदमुक्त भएको सूचना सभामुखले भन्नुपर्छ हाम्रो माग नै त्यही हो।’

    उनले अजय शाही पनि सूर्य चिन्हबाट निर्वाचित भएपछि स्वतन्त्र भन्नु कानूनविपरीत भएकाले पदमुक्तका लागि निर्णय गरिएको बताए। सबै तस्विर सेतोपाटीबाट

    यसअघि माओवादी कार्यकर्तालाई किस गरेको फोटो भाइरल बनेर उनी निक्कै बनेकी थिइन् । उक्त तस्विर भाइरल बनेपछि लुम्बिनी प्रदेशसभा सदस्य विमला कुमारी खत्री (वली) ले फोटो इडिट गरेर आफ्नो चरित्र ह त्या गर्न खोजिएको बताएकी छन् । वाईसीएल कार्यकर्ता एकराज बस्नेत र आफ्नो फोटो इडिट गरेर ‘फसाउन’ खोजेको विमलाको दावी छ ।

    बुधबार आफ्नो फेसबुक वालमा विज्ञप्ति पोष्ट गर्दै विमलाले राजनीतिक प्रतिशोध साँधेर फसाउन खोज्ने झुण्डले यस्तो गतिबिधि गरकोे बताएकी छिन् । ‘हिजो एकाएक सामाजिक सञ्जालमा मेरो फोटोलाई फोटोसपबाट मिलाएर जुन किसिमले चरित्र ह त्या गर्ने दुस्प्रयास गरियो यसको म कडाभन्दा कडा निन्दा गर्न चहान्छु’ उनले भनेकी छन्, ‘एकाएक मेरो फोटो जोडेर आउँदा म आफैं आश्चर्यचकित भएकी छु । म यो घटनामा सम्बन्धित छैन र जानकार पनि छैन ।’

    विमलाले बस्नेतको गालामा चुम्बन गरेको फोटो सामाजिक सन्जालमा भाइरल भएपछि उनले स्पष्टीकरण दिएकी हुन् । आफ्नो चरित्रमाथि दाग लाग्ने गरी ‘साइबर स्याल’हरुबाट चरित्र ह त्याको दुस्प्रयास भएको भन्दै उनले यसमा संलग्नमाथि कारवाहीको माग गरेकी छन् ।

    आफूले माओवादी पार्टी रोजेपछि एमालेमै रहन पटक–पटक दबाब दिइएको भएपनि आफू प्रतिबद्ध भएर माओवादी केन्द्रमै रहेपछि यसरी चरित्र ह त्या गर्न खोजिएको उनको भनाइ छ ।

    ‘माओवादी केन्द्रं रोजेपछि केही तत्वहरुबाट ममाथि पटक–पटक आक्रमण गर्ने प्रत्यत्न गरिरहेका थिए, मुख्यमन्त्री कार्यालयमा एक हप्ता बन्धक बन्नु पनि त्यसैको उपज थियो । अहिले पनि पटक–पटक मलाई पार्टी परित्याग गर्न दवाब आइरहेको थियो । तर, म आफ्नो पार्टीप्रति प्रतिबद्ध हुँदा मेरो राजनीतिक जीवनलाई धरापमा पार्ने दुस्प्रयास स्वरुप नै मेरो चरित्र हत्या गर्न खोजिएको हो । यसमा कोही पनि भ्रममा नपर्न अनुरोध गर्दछु’ विज्ञप्तिमा उनले लेखेकी छन् ।

    वाइसीएल कार्यकर्ता बस्नेतले पनि आफ्नो फेसबुक आइडी कसैले ह्याक गरेर फोटो इडिट गरी भ्रम छर्न खोजेको बताएका छन् । ‘मेरो फेसबुक कसैले ह्याक गरेर फोटो इडिट गरी भ्रमको खेती गरिएकोमा दुखित र गम्भीर बनाएको छ’ फेसबुक वालमा बस्नेतले लेखेका छन्, ‘नाताले विमला मेरो दिदी हुनुहुन्छ, राजनीतिक प्रतिशोध साधेर चरित्र हत्या र बद्नाम गर्न खोजिएको छ ।’ बस्नेतले भ्रमको पछि नलाग्न आग्रह गरेका छन् ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ