• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Highlights

    नेकपाद्वारा नेता-कार्यकर्ता रिहाईको लागि बहस गर्ने अधिवक्ताहरु सम्मानित

    2.6K
    SHARES


    काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीले अधिवक्ताहरुलाई सम्मान गरेको छ । पार्टीमाथि लागेको प्रतिवन्धका क्रममा आफ्ना नेता कार्यकर्ता रिहाईका लागि अदालतमा बहस गर्ने अधिवक्ताहरुलाई शनिबार एक कार्यक्रमको आयोजना गरी नेकपाले सम्मान गरेको हो ।

    कार्यक्रममा नेकपाका सचिवालय सदस्य हेमन्तप्रकाश ओली ‘सुदर्शन’ ले वरिष्ठ अधिवक्ता एकराज भण्डारी, अधिवक्ताहरु कपिलचन्द्र पोखरेल, चुडाबहादुर निरौलालगायत अधिवक्ताहरुलाई सम्मान गरेका छन् ।

    हिजोमात्र नेकपा नेता भरत बम रिहा भएका थिए । प्रहरीले २८ महिना प्रहरीले बाँकेबाट गिर फ्तार गरेर विभिन्न जिल्लामा घुमाउँदै अहिले केन्द्रीय कारागार सुन्धारामा राखिएको थियो । तुलसीपुर उच्च अदालत नेपालगंज इजलासले बमलाई रिहा गर्ने आदेश गरेको थियो ।

    बहस गरेर आफ्ना नेता कार्यकर्ता रिहा गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दैं पार्टीले सम्मान गरेको हो । राजनीतिक आस्थाकै कारण सरकारले विभिन्न ठाउँबाट नेकपाका नेता कार्यकर्तामाथि झुटा मुद्धा लगाउँदै गिरफ्तार गरेको थियो । अदालतले रिहाईको आदेश गर्दा पनि नेकपा नेता कार्यकर्ताहरुलाई विभिन्न जिल्लामा पुर्याइएको थियो ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ