• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    गीत-सङ्गीत मनोरञ्जन समाचार

    तालिबानको कब्जापछि चर्चित अफगानी पप स्टार अर्यानाले छाडिन देश, कहाँ पुगिन ?

    0.9K
    SHARES


    एजेन्सी । अफगानिस्तानकी सबैभन्दा चर्चित महिला पप स्टार अर्याना सैयद काबुलबाट अमेरिकी फ्लाइटमा देश छोड्न सफल भएकी छन् । काबुलमाथि तालिबानको कब्जापछि अफगानिस्तानको अवस्था अराजक भएपछि पप स्टार अर्यानाले देश छोडेकी हुन् ।

    उनले इन्स्टाग्राममा पोस्ट् गर्दै देश छोड्न सफल भएको जानकारी दिएकी हुन् । उनले लेखेकी छन्, ‘म एकदमै ठिक छु । जिउँदै छु । धेरै डरलाग्दा रातपछि म कतारको दोहा पुगेकी छु । र यहाँबाट इस्तांबुल जाने तयारी गरिरहेकी छु ।’

    ३६ वर्षीया अर्याना आफगानी टेलिभिजनमा एक रियालिटी शोको निर्णायक थिइन् । मिडिया रिपोर्टका अनुसार उनी अमेरिकी कार्गो जेटमार्फत अफगानिस्तान छोड्न सफल भएकी थिइन् ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ