• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Highlights

    नेपाल बन्दको अवज्ञा गरेपछि प्रदर्शनकारीद्वारा २ ट्रकमा आगजनी

    18.5K
    SHARES

    काठमाडौँ, ८ फागुन ।

    एका बिहानै बन्दको अवज्ञागरेपछि २ वटा ट्रकमा बन्दकर्ताहरुले आगजनी गरेका छन्। नेपाल कम्युनिस्ट पार्टीले आयोजना गरेको बन्दको अवज्ञा गरेपछि मंगलबार बिहानै विराटनगरकाे २ स्थानमा आगजनी गरिएको हो ।

    बन्दकर्ता नेकपाका कार्यकर्ताले बन्द अवज्ञा गरेको भन्दै मोरङको विराटनगरस्थित सलकपुर र ढाटमा कारबाही स्वरुप ट्रकमा आगजनी गरिएको बताएका छन् ।

    नेकपाले आफ्ना नेता हेमन्तप्रकाश ओली ‘सुदर्शन’, पाेलिट ब्युराे सदस्य पदमबहादुर राई‘विकास’लगायतलाई आइतबार प्रहरीले युवाको सम्मेलनस्थलबाट बिनाकारण गिरफ्तार गरेको भन्दै आज नेपाल बन्द आयोजना गरेको छ ।

    यसैबिच नेकपा सुनसरीले बन्दको अवज्ञा गर्ने जुनसुकैलाई नछोड्न भन्दै नेता कार्यकर्तालाइ निर्देशन दिएको छ । बन्दकर्ताहरुले बिहानैदेखि इटहरीको हल्गाडा रोडमा टायर बालेर आवत जावत अवरुद्ध गरेको समाचार छ ।

    यस्तै बन्दकै क्रममा बिहानै पाल्पा सदरमुकाममा शक्तिशाली बम विष्फोट भएको बताइएको छ । यस्तै काठमाडौँको आरएनएसी अगाडी प्रेसर कुकर बम रहेको बताइएको छ ।

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ