• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Highlights राजनीति

    माधव नेपालको साथ छोडेका नेताहरुले ओलीलाई दिए यस्तो ३ दिने अल्टिमेटम, पार्टीभित्र तरंग

    0.9K
    SHARES


    काठमाडाैं । नयाँ पार्टी गठनमा माधव नेपाललाई साथ नदिएका केन्द्रीय सदस्यहरुले पार्टी अध्यक्ष केपी ओलीले मंगलबारसम्म १० बुँदे सहमति कार्यान्वयन नगरे बिद्रोह हुने चेतावनी दिएका छन्। महाराजञ्जस्थित एक पार्टी प्यालेसमा बसेको बैठकमा बोल्ने केन्द्रीय सदस्यहरुले ओली सहमतिप्रति इमान्दार नभएमा एकताको बाटो बन्द हुने बताएका थिए।

    १० बुँदेको अक्षरस पालना भएमा माधव नेपाललाई समेत पुनर्विचार गर्न दबाब पुग्ने उनीहरुको तर्क छ। ‘मंगलबारसम्म पनि १० बुँदे सहमति तलैसम्म लागू नभएमा ओलीले बोलेको कार्यान्वयन गर्दैनन् भन्ने प्रमाणित हुन्छ। त्यस्तो अवस्थामा माधव नेपालले लगाउँदै आएको आरोप सत्य रहेछ भन्ने हुन्छ’ बैठकको धारणाबारे एक केन्द्रीय सदस्यले भने, ‘पार्टीलाई २०७५ जेठ २ अघिको अवस्थामा नफर्काएमा बुधबार माधव नेपाल नेतृत्वमा पार्टी गठन हुन्छ। त्यसमा सनाखत गर्न हाम्रा धेरै साथीहरु जान बाध्य हुन्छन्।’

    बैठकमा बोल्नेहरुले माधव नेपालसहित १४ जना सांसदलाई गरिएको कारबाही फिर्ता गर्न ढिलो भएको समेत धारणा राखेका थिए। जेठ २ को अवस्थाका कमिटीहरु ब्युँताउने र कारबाही फिर्ता लिने हो भने नेपालसँग गएका नेताहरुसमेत फर्किन सक्ने कतिपय केन्द्रीय सदस्यहरुको दावी थियो। तर ओलीले इमान्दारिता नदेखाएमा भने बिद्रोह हुने र माधव नेपालको पक्षमा जानेको संख्या ठूलो हुने उनीहरुको तर्क छ।

    बैठकमा कार्यदलका सदस्यहरुले पार्टी एकता अझै पनि संभव रहेको ब्रिफिङ गरेका थिए। उनीहरुले आफूहरुले एकताको लागि प्रयास गरिरहेको तर माधव नेपालले नयाँ पार्टी गठन गर्न हतार गरेको बताएका थिए।

    यद्यपि जेठ २ मा फर्किने र १४ सांसदको कारबाही फिर्ता लिन ओली तयार नभएमा उनीसँग एकता गाह्रो रहेको उनीहरुको तर्क थियो। माधव नेपालले पार्टी गठनका लागि दिएको निवेदन फिर्ता लिनुपर्ने समेत उनीहरुको भनाइ छ।

    यता नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले नेकपा एमाले पुनर्गठन गर्दै नयाँ पार्टी गठन गरेको बताएका छन्। नेकपा एकीकृत समाजवादी दर्ता गर्न निर्वाचन आयोगमा निवेदन दिएपछि शुक्रबार अपरान्ह अध्यक्ष नेपालले पार्टी एकताका सबै ढोका बन्द भएपछि बाध्य भएर नयाँ दल गठन गर्नुपरेको उल्लेख गरेका छन्।

    ‘एकताका सबै ढोका बन्द गर्दै हाम्रै पहलमा लोकप्रिय बनेको नेपालको कम्युनिष्ट पार्टीलाई कब्जा, बदनाम एवं समाप्त पार्ने कोशिस भएपछि बाध्य भएर विद्रोह गर्दै हामीले नेकपा एमालेको पुनर्गठन गरी नयाँ पार्टी नेकपा एकीकृत समाजवादी गठन गरेका छौं,’ उनले फेसबुकमार्फत् जारी गरेको धारणामा उल्लेख छ।

    उनले जनताबाट सकरात्मक सहयोगको अपेक्षा पनि गरेका छन्। ‘नेपाली जनताले कम्युनिष्ट पार्टी र आन्दोलनमार्फत् चाहेको संस्कृति एवं समृद्धिको लागि सम्पूर्ण न्यायप्रेमी जनताबाट सकरात्मक सहयोगको अपेक्षा गर्दछौं,’ उनले भनेका छन्।

    उनले हाललाई नयाँ दलमा साविक नेकपा एमालेका केन्द्रीय कमिटीमा रहेकाहरू, विद्रोहका पक्षमा हस्ताक्षर गर्नेहरू र २०७५ जेठ ३ गते पार्टी एकता गर्ने बेला आफ्नो तर्फबाट थपिएकाहरूलाई मात्र समावेश गरिएकोमा अब थप केन्द्रीय सदस्य बनाउने पनि बताएका छन्।

    एकीकृत समाजवादीमा केन्द्रीय सदस्य ९५ सदस्यीय प्रस्ताव छ। राष्ट्रिय भेला तथा सम्मेलन गरी केन्द्रीय कमिटीलाई पूर्णता दिने अध्यक्ष नेपाल बताउँछन्। ‘अहिले समावेश गर्न नसकेका अनुभवी एवं योग्य कमरेडहरूलाई समावेश गरी केन्द्रीय कमिटीलाई पूर्णता दिनेछौं,’ उनले भनेका छन्।

    नेपाललाई खनालको साथ

    अध्यक्ष नेपाललाई पूर्वप्रधानमन्त्रीसमेत रहेका झलनाथ खनालले नयाँ पार्टी गठनमा साथ दिएका छन्। नयाँ दिल्लीस्थित एपोलो अस्पतालमा उपचार गराइरहेका खनालले नेता नेपाललाई साथ दिने निर्णय लिएका हुन्।

    ‘भारतको नयाँदिल्लीस्थित एपोलो हस्पिटलमा उपचाररत पूर्वप्रधानमन्त्री झलनाथ खनाल नयाँ दर्ता भएको नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को साथ र समर्थनमा रहनुभएको सम्पूर्णमा जानकारी गराउँदछौं,’ खनालको सचिवालयले भनेको छ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ