• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    बिहानैदेखि नेपाल बन्दको प्रभाव, यातायात, बजार, कलकारखाना ठप्प

    10.7K
    SHARES

    काठमाडौं, ८ फागुन ।

    नेपाल कम्युनिस्ट पार्टीले अाह्वान गरे‍को नेपाल बन्दको प्रभाव विहानैबाट परेको छ । राजधानी काठमाडौंसहित देशभर लामो र छोटो दुरीका सवारी यातायातका साधनहरु  चलेका छैनन् ।

    बिराटनगरबाट आइतबार आफ्ना पार्टीका स्थायी समिति सदस्य हेमन्तप्रकाश ओली ‘सुदर्शन’सहितका नेताहरुलाई प्रहरीले गिरफ्तार गरेर राखेको विरोधमा नेकपाले आज नेपाल बन्दको आह्वान गरेको छ ।

    बन्दका कारण काठमाडौंका सडकमा सार्वजनिक र निजी सवारी साधन चलेका छैनन् । बजार पसल पनि खुलेका छैनन् । पुर्बदेखी पश्चीमसम्म मधेशका जिल्लाहरुमा पनि सवारीसाधन चलेका छैनन् । यातायात, शैक्षिक संस्था, उद्योगधन्दा कलकारखाना ठप्प छन् ।

    बन्दमा सार्बजनिक र निजी सवारीसाधन बाहेक प्रेस, एम्बुलेन्स, शब बहान, दुध बोक्ने गाडी र पानी बोक्ने गाडीजस्ता अत्यावश्यक सवारीसाधनलाई चल्न दिएकाे नेकपाले जनाएको छ ।

    यस्तै बन्दको अवज्ञा गरेको भन्दै बन्दकर्ताहरुले मोरङको विराटनगरमा विहानै दुई मालबहाक ट्रकमा अागजनी गरेका छन् ।

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ