• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    मनोरञ्जन

    ‘शुरुमा थोरै खोल्न लगाए, पछि त पुरै खोलेर भिडियो बनाउन थाले’

    1.8K
    SHARES


    राज कुन्द्रा पक्राउ प्रकरणमा बलिउड अभिनेत्री सर्लिन चोपडाले पो*र्नोग्रा*फी र्‍याकेट केसको स्क्यान्डलमा फस्छु भन्ने कहिल्यै नसोचेको बताएकी छन्। मुम्बई पुलिसको क्राइम ब्रान्चले शुक्रबार राति लिएको आठ घण्टा लामो बयानका क्रममा सर्लिनले भनिन्, ‘राज कुन्द्रा मेरो मेन्टर थिए।

    उनले ग्लामर फोटोग्राफी भन्दै झुक्काएर फोटो तथा भिडियो सुट गर्थे’, सर्लिनले मुम्बई प्रहरीको लामो बयानपछि भारतीय मिडियासँग कुरा गर्दै भनेकी छन्, ‘शिल्पा सेट्टीले मेरो भिडियो र फोटो निकै मन पराएको भन्दै पो**र्न भिडियो बनाउँथे।

    न्युड फोटो सुट र पो**र्न भिडियो सामान्य भएको भन्दै नयाँ नयाँ काम गर्न उक्साउँथे।’ बयान रेकर्ड गर्दा सर्लिन निकै भावुक बनेकी थिइन्। उनले बयान कहाँबाट कसरी दिने भन्ने थाहा नभए पनि आफूले भोगेका सबै कुरा प्रहरीसँग गरेको बताएकी छन्।

    ‘बयान कहाँबाट सुरु गर्ने र कहाँ अन्त्य गर्ने भन्ने मलाई केही थाहा छैन। मैले कहिले पनि सोचेकी थिइनँ कि यस्तो स्क्यान्डलमा फस्छु र क्राइम ब्रान्चसँग बयान दिन्छु भनेर’, सर्लिन भनेकी छन्, ‘मलाई लागेको थियो मेरो जिन्दगी बदलिन्छ र मैले चलचित्रमा ठूलो ब्रेक पाउने छु। शिल्पा सेट्टीका पतिले मलाई गलत काम गराइरहेका छन् भन्ने कुरा मैले सपनामा पनि सोचेको थिइनँ।’

    राज कुन्द्राको कम्पनीसँग सम्झौता नै गरेर काम गरेको पनि उनले दाबी गरिन्। ‘सुरुमा बोल्ड फोटो र भिडियोबाट काम सुरु भएको थियो। त्यसपछि सेमी न्यु**ड हुँदै न्यु**ड भिडियो बनाइयो’, उनले भनिन्, ‘मलाई सधैं यो काम गलत होइन भनेर भन्ने गरिन्थ्यो। मलाई विश्वास दिलाइएको थियो कि त्यो सबै नर्मल काम थियो।’

    त्यस्तै बलिउड अभिनेत्री दीपिका पादुकोणले अभिनेत्री जिया खानको अन्तिम संस्कारको दिनमा लगाएको कपडा लिलाम गर्ने भएकी छन् । दीपिकाले आफ्नो च्यारिटी फाउन्डेशन ‘द लिभ लभ लाफ फाउन्डेशन’ को सहायता गर्ने उद्देश्यले केही कपडा लिलाम गर्ने भएकी हुन् ।

    दीपिकाले फरक–फरक समयमा लगाएको कपडा लिलाम गर्ने भएपछि विवादमा घेरिएकी छन् । उनले गरेको निर्णयलाई सामाजिक सञ्जालमा थुप्रै गाली र नराम्रो प्रतिक्रिया दिइएको छ । दीपिकाले राखेका २ वटा कुर्ता लिलामीमा राखेकी छन् त्यो कुर्ता लगाएको पल कसैले पनि सम्झन चाहेको छैन ।

    सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले दीपिकाले जिया खानको अन्तिम संस्कारमा लगाएको कुर्ता लिलामी गर्नु तल्लो स्तरको निर्णय भएको बताएका छन् ।

    ब्रेकअपपछि आफूलाई कसरी सम्हाल्ने ? अर्जुन कपुरले दिए यस्तो टिप्स

    बलिउड नायक अर्जुन कपुरले इन्डिया टडे ई–माइन्ड रक्स २०२१ मा भाग लिए । सेसन फिक्चर पर्फेक्ट : अन कम्प्लिटिङ अ डिकेड इन फिल्म्स एण्ड बडी पोजेटिभिटीमा अर्जुन कपुरले बडी शेमिङ र बडी पोजेटिभिटीको विषयमा कुराकानी गरे । अर्जुनसँग र्यापिड फायर राउन्डका बेला ब्रेकअपबाट निस्कनका लागि टिप्स सोधियो । यसको नायकले रोचक जवाफ पनि दिएका छन् ।

    ब्रेकअपको पीडा बिर्सनका लागि अर्जुन कपुरले दिए टिप्सः

    अर्जुन कपुरले ब्रेकअपबाट बाहिर निस्कनका लागि भने, ‘मेरो विचारमा तपाईंले त्यो प्रक्रियाबाट गुज्रनुपर्छ । यसको कुनै सिक्रेट छैन । यसका साथै आफूलाई काममा व्यस्त राख्नुहोस् । काम गरिरहनुहोस्, यो नै सबैभन्दा ठूलो थेरेपी हुनसक्छ । मैले यो याद गरेको छु । लुक्न आवश्यक छैन । आफूलाई राम्रो महसुस गराउने कोसिस गर्नुहोस् । ’

    अर्जुन कपुर यो पनि मान्छन् कि ब्रेकअपबाट बाहिर निस्कनका लागि कुनै फर्मूला छैन । उनी भन्छन्, ‘यदि तपाईं कसैलाई प्रेम गर्नुहन्छ भने तपाईंलाई सम्बन्ध टुट्दा पीडा पनि हुनेछ । तपाईंले यसलाई महसुुस गर्नुपर्छ । सेन्टिमेन्टल गीत सुन्नुहोस्, आइसक्रिम खानुहोस् र भोलिपल्ट वर्कआउटमा जानुहोस् ।’

    कसरी गर्ने बडी शेमिङसँग डील ?

    अर्जुन कपुरले उनले बडी शेमिङसँग कसरी डील गरेका थिए भन्ने जानकारी दिए । अर्जुनले बताए अनुसार मानिसहरु फिट हुनुका अर्थ पातलो हुनु ठान्छन् । उनी भन्छन्, ‘भारतमा मानिसहरुलाई रङ, आकार र छालासँग समस्या हुन्छ । मेरो शरीर ठूलो छ । म यसलाई सकारात्मक रुपमा लिन्छु । म अनफिट छैन । मानिसहरुलाई भन्नुपर्छ कि तपाईं जस्तो हुनुहुन्छ ठिक हुनुहुन्छ । मानिसहरुलाई जागरुक बनाउनुपर्छ । पातलो हुनु फिट हुनु होइन ।’

     

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ