• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Highlights राजनीति

    नेपालसहित एमालेका १४ सांसदले पठाए हुलाकबाट पत्र, केछ पत्रमा ? यसो भन्छिन रामकुमारी झाँक्री

    1.3K
    SHARES


    काठमाडाै। । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नयाँ दल दर्ताका लागि प्रक्रिया अगाडि बढाएका माधवकुमार नेपाल पक्षले संघीय संसद सचिवालयमा भिन्नाभिन्नै तरिकाले ध्यानाकर्षण गराएका छन्।

    अध्यक्ष ओली पक्षका सांसदहरूले आज दोस्रो दिन पनि सभामुख कक्ष बाहिर एमालेले कारबाही गरेका १४ जनालाई निस्कासन गरेको सूचना टाँस गर्न माग गरेका हुन्। एमाले सांसद खगराज अधिकारी, महेश बस्नेतलगायतले कारबाही गरेका सांसदहरू निस्कासन गरेको सूचना छिटो टाँस गर्न माग गर्दै आएका छन्।

    गत भदौ १ मा पार्टी विभाजन गर्न खोजेको भन्दै अध्यक्ष ओलीले नेता नेपालसहित १४ सांसदलाई कारबाही गरेका थिए। कारबाही गरेको पत्र संसद सचिवालयमा पुगे पनि सभामुख अग्निप्रसाद सापकोटाले अगाडि नबढाएको एमालेको भनाइ छ।

    तर नेता नेपाल पक्षले आफूहरूलाई कारबाही नगर्न माग गरेका छन्। कारबाही नगर्न माग गरेको पत्र संसद सचिवालयले दर्ता गर्न नमानेपछि हुलाकमार्फत् पठाइएको सांसद रामकुमारी झाँक्रीले बताइन्। ‘हामीले अस्ति नै दिएको निवदेन संसद सचिवालयले दर्ता गर्न मानेन। त्यही भएर आज हुलाकबाट निवेदन दिएका छौं,’ झाँक्रीले भनिन्।

    यता पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले प्रस्तावित नयाँ दलको नाम परिवर्तन गर्ने भएका छन् । यसका लागि निर्वाचन आयोगमा पुन: दल दर्ताको निवेदन दिने उनको तयारी छ ।

    बुधबार मात्रै नेपालसहितका नेताहरूले नेकपा एमाले समाजवादी नामको दल दर्ता गर्न निवेदन दिएका थिए । गत फागुन २३ गते नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का विषयमा सर्वोच्च अदालतले गरेको फैसलाका कारण नाममा एमाले शब्द राख्न कानुनी अड्चन आउने देखिएपछि परिवर्तन गर्न लागिएको हो ।

    नयाँ नाम नेकपा एकीकृत समाजवादी वा नेकपा समाजवादी राख्ने विषयमा छलफल चलिरहेको नेपालनिकट नेताहरूले बताएका छन् । ‘नामसहितको विषयमा कुनै प्रकारको कानुनी समस्या नआओस् भनेर आवश्यक निर्णय गर्ने जिम्मेवारी आयोगमा जाने नेताहरूलाई दिएका छौं,’ केन्द्रीय सदस्य जगन्नाथ खतिवडाले भने, ‘नाम जुध्यो भने फेर्नुपर्ने हुन्छ । त्यसका लागि नेकपा एकीकृत समाजवादी वा नेकपा समाजवादी राख्ने विषयमा छलफल भइरहेको छ ।’

    खतिवडाले पुन: निवेदनका लागि नेपालसहितका नेताहरू आजै आयोग जाने कार्यक्रम रहेको पनि जानकारी दिए । राष्ट्रपतिले बुधबार राजनीतिक दलसम्बन्धी ऐन, २०७३ लाई संशोधन गर्न बनेको अध्यादेश जारी गरेअनुसार नियमावली संशोधन नहुँदा नयाँ दल दर्ताको प्रक्रिया अघि बढ्न सकेको थिएन । बिहीबार साँझ मात्रै संशोधित नियमावली राजपत्रमा प्रकाशित गरिएको थियो । नेपालले ९५ सदस्यीय केन्द्रीय कमिटी गठन गरेका छन् ।

    उता एमालेको एकता बचाउन भन्दै बनेको तेस्रो समूहले आज विवाद समाधानको विषयमा आफ्नो धारणा सार्वजनिक गर्ने भएको छ । सो समूहको धारणा निर्माण गर्नका लागि केन्द्रीय सदस्य तथा सांसदहरूको बैठक महाराजगञ्जमा बस्दैछ ।

    पार्टीभित्रको आन्तरिक बिबादमा माधवकुमार नेपाललाई साथ दिँदै आएका तर नयाँ दल निर्माणमा सहभागी नभएका उनीहरूले आफ्नो धारणा सार्वजनिक गर्न लागेका हुन् । सो समूहका ९ जना स्थायी कमिटीको सदस्यहरूको बिहीबार बैठक बसेर एकताबारे धारणा सार्वजनिक गरेको थियो ।

    ‘एमालेको एकता बचाउने प्रयास हो । हिजो स्थायी कमिटीका नेताहरूले बसेर एक प्रकारको धारणा बनाउनु भएको छ । त्यसलाई आज केन्द्रीय सदस्य तथा सांसदहरुबीच छलफल गरेर वक्तव्यमार्फत सार्वजनिक गर्ने छौं,’ केन्द्रीय सदस्य ठाकुर गैरेले भने ।

    बिहीबार मात्रै स्थायी कमिटीका नौ जना सदस्यहरूले संयुक्त विज्ञप्ति जारी गर्दै माधवकुमार नेपालसहितका १४ सांसदमाथि गरिएको कारवाही फिर्ता लिनका लागि अध्यक्ष ओलीलाई र नयाँ पार्टी गठनको प्रक्रिया रोक्नका लागि माधवकुमार नेपाललाई आग्रह गरेका थिए ।

    यसरी विज्ञप्ति जारी गर्नेमा उपाध्यक्षहरू भीम रावल, अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली, उप-महासचिव घनश्याम भुसाल, सचिवहरू गोकर्ण विष्ट, योगेश भट्टराई र भीम आचार्य, स्थायी कमिटीका सदस्य सुरेन्द्र पाण्डे र रघुजी पन्त रहेका थिए ।

    सो समूहको छलफलमा ४० जनाभन्दा बढीको केन्द्रीय सदस्य तथा सांसदहरूको सहभागीता रहने गैरेले बताए । एमालेभित्र आन्तरिक बिबाद उत्कर्षमा पुगेपछि पूर्वप्रधानमन्त्री नेपालले नेकपा एमाले समाजवादी नामको नयाँ दल खोल्ने प्रक्रियामा सुरु गरेका छन् । ओलीले नेपालसहित १४ सांसदमाथि कारवाहीका लागि संसद सचिवालयमा निवेदन दर्ता गरेका छन् ।

    नयाँ दलले निर्वाचन आयोगबाट मान्यता पाएपछि मात्रै मन्त्रिपरिषद् विस्तार

    मन्त्रिपरिषद्‍ले पूर्णता पाउन अझै केही दिन लाग्ने भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचन आयोग र संसद्‌मा माधवकुमार नेपाल नेतृत्वको नयाँ राजनीतिक दल दर्ताको प्रक्रिया सम्पन्न हुने बित्तिकै मन्त्रिपरिषद् विस्तार गर्ने तयारी थालेका छन् ।

    देउवाले बिहीबार मन्त्रीपरिषद् विस्तार र सरकार सञ्चालनकै विषयमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेकपा एमाले (समाजवादी) का अध्यक्ष माधवकुमार नेपालसँग छलफल गरेका थिए ।

    ‘माधव नेपाल नेतृत्वको पार्टीको सनाखत भएकै दिन मन्त्रिपरिषद्‍लाई पूर्णता दिने समझदारी भएको छ ।अहिलेको परिस्थिति धेरै दिन राख्नु हुँदैन भन्ने गठबन्धनका नेताहरुबीच सल्लाह भयो,’ पुष्पकमल दाहालले एक पुस्तक विमोचन कार्यक्रममा भने ।

    यस्तै कांग्रेस नेता मीन विश्वकर्माले माधव नेपाल नेतृत्वको दल दर्ताको प्रक्रिया पूरा हुने बित्तिकै मन्त्रिपरिषद् विस्तार हुने बताए । ‘उहाँहरुले दल दर्ताकालागि पेस गर्नुभएको छ, निर्वाचन आयोगबाट त्यसको प्रक्रिया टुंगिएपछि संसदमा पनि दर्ता हुन्छ । त्यसपछि मन्त्रीपरिषद् विस्तार हुने हो,’ उनले भने ।

    निर्वाचन आयोगले नेपाल समूहले दिएको दल दर्ताको निवेदनमाथि अध्ययन गरिरहेको छ । आयोगका प्रवक्ता राजकुमार श्रेष्ठका अनुसार दलको विधान, विनियमावली, घोषणा–पत्र, चुनाव चिह्न लगायत कुराहरु संविधान र प्रचलित कानुन अनुकूल छ वा छैन ? अध्ययन गरेपछि पदाधिकारीको सनाखत गराइनेछ । र त्यसपछि मात्रै आयोगले दल दर्ताको निर्णय गर्नेछ । कानुनतः आयोगलाई यसरी अध्ययन गरी निर्णयका लागि ४५ दिनसम्मको समयावधि रहेको श्रेष्ठले जानकारी दिए । तर, त्योभन्दा अगावै गर्नलाई बाधा पर्ने छैन ।

    प्रधानमन्त्री शेरबहादुर देउवाले पदभार सम्हालेको ३७ दिन बितिसकेको छ । तर, अहिलेसम्म पनि मन्त्रिपरिषद्ले पूर्णता पाउन सकेको छैन । देउवाले ३० असारमा कांग्रेसबाट बालकृष्ण खाँणलाई गृह र ज्ञानेन्द्रबहादुर कार्कीलाई कानुन तथा नेकपा माओवादी केन्द्रबाट जनार्दन शर्मालाई अर्थ र पुम्फा भुसाललाई ऊर्जामन्त्री नियुक्त गरेका थिए ।

    महामारीका बेला स्वास्थ्यमन्त्री नै नभएको भन्दै आलोचना भएपछि उमेश श्रेष्ठलाई स्वास्थ्य राज्यमन्त्री नियुक्त गरेका देउवाले गठबन्धनसम्बद्ध दलहरुको झमेलाका कारण मन्त्रीमण्डल विस्तार गर्न सकेका छैनन् । धेरैवटा मन्त्रालयमा राजनीतिक नेतृत्व नहुँदा सरकारले गति लिन सकेको छैन । नेपालको दल दर्ता भए सरकारको पक्षमा संसद्‌मा स्पष्ट बहुमत पुग्नेछ ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया