• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Highlights प्रवास विशेष

    नेकपा प्रवासी मोर्चा विवाद- इञ्चार्ज कञ्चनद्वारा वेद बोहोरामाथि कारवाही, विज्ञप्तिसहित

    793
    SHARES

    काठमाडौँ । नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आफ्ना प्रवासी मोर्चाहरुमा देखिएको भनिएको विवादबारे एक बिज्ञप्ति जारी गर्दै पार्टीको धारणा सार्बजनिक गरेको छ । नेकपाले आफ्ना प्रवासी मोर्चामा विवाद भएको नभई आफ्नो पार्टीको नाम दुरूपयोग गर्दै प्रगतिशील मोर्चा मध्यपूर्व गठन गरिएको जनाएको छ ।

    नेकपाका अन्तराष्ट्रिय बिभाग इन्चार्ज धर्मेन्द्र बास्तोलाले बिहिबार एक प्रेस बिज्ञप्ति जारी गर्दै प्रगतिशील मोर्चा मध्यपूर्व संयोजक बेद बोहरा नै आधिकारिक नभएको जनाएका छन् । बास्तोलाले बेद बोहोराले जनप्रगतिशील मोर्चा मध्यपूर्वको संयोजक बनी नेपाल कम्युनिष्ट पार्टी र यसका समर्थक व्यक्तिहरूविरुद्ध कुप्रचार गरिरहेको र त्यसमा आफ्नो पार्टीको ध्यानाकर्षण भएको जनाएका छन्। उनले बिज्ञप्तिमा भनेका छन्- ‘पार्टी र क्रान्तिविरुद्ध अनेक प्रकारको भ्रम सृजना गर्ने, अनुशासनहिनतालाई बढावा दिने, अराजकता उत्पन्न गर्ने र फुट पैदा गर्ने षड्यन्त्रको कडिका रुपमा यो घटना जोडिएको छ।’

    विदेशमा रहेर नेपालीहरू माझ चलिरहेको वैज्ञानिक समाजवादी क्रान्ति, त्यो पार्टीले गरेका जनसेवाका कामहरूमा समस्त क्रान्तिकारी र प्रगतिशील नेपालीहरूले आफ्नो क्षमता अनुसार सहयोग गरेको र गरिरहेको तथ्य सर्वविदितै रहेको भन्दै बास्तोलाले यो अभियान चलाउने नेपाली विरुद्ध अनर्गल प्रचार गर्ने, सामाजिक सहयोग भाड्ने, पार्टीका नेता कार्यकर्तालाई बदनाम गर्ने, सामाजिक सञ्जाल दुरुपयोग गर्ने नक्कली नामबाट सक्रिय रहने यो गिरोहबाट सतर्क र सजग रहन सबैमा अपिल समेत गरेका छन्।

    विज्ञप्तिमा भनिएको छ- ‘अझ आपत्तिजनक कुरा त के छ भने नेपालमा नेपाल कम्युष्टि पार्टीको नाम दुरुपयोग गरी भूमाफियासँग कमिशन खाँदै संघर्षलाई कमजोर पार्ने बदनामहरू समेत यो गिरोहसँग संलग्न भएको देखियो।’ पार्टीको नाम दुरुपयोग गरी भूमाफियासँग कमिशन खाँदै संघर्षलाई कमजोर पार्ने बदनामहरू भनेर तत्कालिन जनापत्रकारका अध्यक्ष प्रकाश डुम्रे महासचिव हिम बिस्ट र केन्द्रीय सदस्य ओम हमाललाई इङ्गित गरिएको नेकपाका एक केन्द्रीय सदस्यले सञ्चारकेन्द्रलाई जानकारी दिएका छन् ।

    तत्कालिन बेला पार्टीको पत्रकार संगठनको बहुमत र संस्थापन टीमलाइ बाहिर राखेर गठन गरिएको जनपत्रकारका डुम्रे, बिस्ट र हमालले कैलालीको हरैयामा रहेको सुकुम्बासी बस्ति हटाउन पार्टीका प्रतिनिधिको भूमिका खेल्दै भूमाफियासँग ५ लाख नगद लिएर पार्टीलाई जानकारी नै नदिएर अपचलन गरेको पुष्टि भएपछि १८ महिना पहिले नेकपाले उनीहरुलाई कारबाही गरेको थियो । उनीहरु माथिको कारबाही हालसम्म पनि फुकुवा गरिएको छैन ।

    यस्तै बास्तोलाले बिज्ञप्ति मार्फत जनसेवा र क्रान्ति विरोधि यी सबै तत्वसँग देश र विदेशमा रहेका सबै नेपाली सचेत रहन समेत आग्रह गरेका छन्। ‘उपर्युक्त व्यक्ति र त्यसको पछि भागेका कोही पनि व्यक्तिहरू पार्टी सदस्य नरहेको र यसका आसपास हुने कोही पनि व्यक्ति पार्टी सदस्य हुन नसक्ने व्यहोरा पनि स्पष्ट गरिन्छ’, विज्ञप्तिमा भनिएको छ।

    यस्तै केही दिन पहिले प्रगतिशील मोर्चा मध्यपूर्वका संयोजक बेद बोहोराले नेपाली जनप्रगतिशील मोर्चाका सल्लाहकार संयोजक रमेश गिरीलाई “सुन तस्करहरुको संरक्षक” भन्दै एक बिज्ञप्ति जारी गरेर कारबाही गरेका थिए । त्यस लगत्तै मोर्चाका साउदी, युएई र कतार संगठनले ऐक्यबद्धता जाहेर गर्दै विज्ञप्ति जारी गरेका थिए । सामाजिक सञ्जाल र केहि अनलाइन पोर्टलहरुमा मोर्चामा विवाद रहेको कुरा छरपष्ट भएको थियो ।

    हाल पार्टीका अन्तराष्ट्रिय बिभाग इन्चार्ज कञ्चनले विज्ञप्ति मार्फत बेद बोहोराको पक्षमा लाग्ने व्यक्ति र संगठन पार्टीका आधिकारिक नभएको जनाइएपछि पार्टी समर्थक प्रवासीहरुले सामाजिक सञ्जालमा पक्ष विपक्षमा क्रिया प्रतिक्रिया जनाउन थालेका छन् ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया