• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Highlights

    मनसुन सक्रिय, अझै तीन दिन यी स्थानमा हुनेछ भारी वर्षा

    494
    SHARES


    काठमाडौँ ।  मनसुनी वायुको प्रभावले अझै तीन दिन देशको अधिकांश स्थानमा वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । मनसुनी वायुको प्रभावसँगै न्यून चापीय रेखा नेपालभन्दा केही दक्षिणतिर रहेको र बङगालको खाडीको उत्तर –पश्चिमी भागमा निम्न चापीय प्रणाली रहेकाले अझै तीन दिन मनसुन सक्रिय भई अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागका मौसमविद् प्रतिभा मान्नधरले बताइन ।

    उनका अनुसार मौसम सफा भई घाम लाग्न अझै केही समय लाग्ने छ । हाल गण्डकी प्रदेशमा सामन्यदेखि पूर्ण बदली रही अन्य प्रदेशमा आंशिकदेखि सामान्य बदली रहेको छ । वाग्मती र गण्डकी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

    दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली भई धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावनाका साथै लुम्बिनी र सुदूपश्चिम प्रदेशका एक दुई स्थानमा मेघ गर्जनसहित भारी वर्षाको सम्भावना रहेको बताइएको छ ।

    मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरण अनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम २१ दशमलव एक डिग्री र अधिकतम तापक्रम २८ दशमलव दुई डिग्री सेल्सियस रहनेछ । त्यस्तै आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम १६ दशमलव शून्य डिग्री र सबैभन्दा धेरै दिपालयको अधिकतम तापक्रम ३३ दशमलव शून्य डिग्री सेल्सियस रहने छ ।

    त्यस्यै नदीले क्षति पुर्‍याएका क्षेत्रमा दीर्घकालीन सुरक्षा उपाय नअपनाउँदा बर्सेनि हजारौँ बिघा खेतीयोग्य जमिन कटान भइरहेको छ । लालबन्दी नगरपालिका– १ स्थित लखनदेही खोलामा आएको बढीले जङ्गल क्षेत्रमा क्षति पुर्‍याएको छ भने चक्रघट्टा गाउँपालिका–१ शिवनगरस्थित लखन्देही खोलामा आएको बाढीले सो क्षेत्रमा पनि बाँध भत्काएको छ।

    गतवर्ष यही स्थानमा बाढीले बाँध कटान गरेपछि जनताको तटबन्ध कार्यालयले ‘परकोपाइन’ विधिबाट बाँस गाडेर तत्कालका लागि मर्मत गरेको थियो। दीर्घकालीन उपाय नखोजिदा यसवर्ष पनि बाढीले बाँध भत्काएको हो।

    गत वर्ष नै बाँधको स्थायी मर्मत गरेको भए यसवर्ष जोखिम नहुने स्थानीय राजगिर रायले बताए । उनले भने “टालटुलेमर्मत गर्दा क्षति हुनु स्वाभाविक हो।”

    चक्रघट्टाको शिवनगरसहित लखन्देही खोलाले तीन स्थानमा भत्काएको बाँधलाई फेरि टालटुल गरेर कटान रोकथामको प्रयास थालिएको छ। अस्थायी मर्मतका लागि जलस्रोत तथा सिँचाइ विभागले सहयोग गर्ने प्रतिबद्धतासहित निर्देशन दिएपछि तटबन्ध कार्यालयले बोरामा बालुवा हालेर काम शुरु गर्ने भएको छ ।

    सो कार्यालय प्रमुख रवीन्द्र शर्माले हिउँदमा पक्की बाँध र स्थायी निर्माण गरिने जानकारी दिए । उनले बजेट अभावले गत वर्षदेखि पक्की बाँध बनाउन नसकेको र यसवर्ष पनि त्यही स्थानमा बाँध भत्किएको बताए । उनले भने, “विभागबाट बजेटसहितको निर्देशन आएपछि तत्कालका लागि टालटुल गरेर वर्षा समाप्त भएपछि पक्की बाँध बाँध्ने योजना छ ।”

    जिल्लाको लखन्देही नदीले कटान गरेको क्षेत्रको अवलोकनपछि विभागका महानिर्देशक मधुकरराज भण्डारी र उपमहानिर्देशक कृष्ण नेपालसहितको टोलीले बाँध मर्मतका लागि निर्देशन दिए ।

    लखन्देही नदीको बहावलाई परिवर्तन गर्दै बाँध मर्मत गर्ने तटबन्ध कार्यालयले जनाएको छ। जिल्लाको मध्यभाग भएर बग्ने सो नदीले चक्रघट्टाको शिवनगर, कौडेना गाउँपालिका–७ सक्रौल र मलङगवा नगरपालिका–५ भाँडसरमा रहेको बाँध भत्काएको छ।

    बाँध भत्किएपछि यस आसपासका बस्ती उच्च जोखिममा परेका छन् । जोखिम क्षेत्रको प्रमुख जिल्ला अधिकारीसहित जिल्लाका सुरक्षा निकायलेसमेत निरीक्षण गरेका छन् ।

    खोला नियन्त्रणका लागि तटबन्ध कार्यालयमा पटकपटक जानकारी गराउदा पनि बाँध निर्माणका लागि सहयोग नपाएको चक्रघट्टा गाउँपालिकाका अध्यक्ष विक्रम यादवले गुनासो गरे । अन्यत्रबाट सहयोग नपाएपछि गाउँ पालिकाले एक करोड बजेट तटबन्धका लागि छुट्याइएको थियो।

    लखन्देही नदीले भत्काएको बाँध बाँध्नका लागि दीर्घकालीन रूपमा तटबन्धको पहल भइरहेको प्रजिअ रामकुमार महतोले बताए । उनले भने, “तटबन्धका लागि केही समय लाग्ने भए पनि तत्कालीन रोकथामको काम हुने छ ।”

    जिल्लामा लखनदेही, वाग्मती, चापिनी, कालीञ्जोर, फुलजोर र बाँके खोलाले बर्सेनि खेतीयोग्य जमिन कटान गर्नुको साथै भौतिक तथा मानवीय क्षतिसमेत गर्ने गरेका छन् । नदी दोहन, दिन प्रतिदिनि चुरे दोहन, वन विनाशलगायतका कारण हरेक वर्ष यी नदीमा आएको बाढीले क्षति पुर्‍याउने गरेको छ ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ