• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    अन्तराष्ट्रिय समाचार

    सत्ता कब्जा गरेको २ दिन नबित्दै अफगानस्तानमा अर्को संकट, अब के गर्छ तालिबान ?

    2.2K
    SHARES


    काठमाडौं । अफगानिस्तानको जलालबाद शहरमा राष्ट्रिय झण्डाको समर्थनमा उत्रिएका प्रदर्शनकारीमाथि तालिबानले गो’ली चलाएको छ । बुधबार जलालबादमा कार्यालयहरुमा तालिबानको सट्टामा राष्ट्रिय झण्डा राख्नुपर्ने माग गर्दै प्रदर्शन भएको थियो । तर, प्रदर्शनमा उत्रिएका मानिसहरुमाथि तालिबानका लडाकूले गो’ली चलाएको स्थानीय समाचार एजेन्सी पाज्झोक अफगान न्युजले जनाएको छ ।

    तालिबानका लडाकूले आन्दोलनको कभरेज दिइरहेका पत्रकारलाई पनि कुटपिट गरेका थिए । सामाजिक सञ्जालमा शेयर गरिएको भिडियोमा सयभन्दा धेरै मानिसहरु राष्ट्रिय झण्डा बोकेर प्रदर्शनमा उत्रिएको देख्न सकिन्छ भने पृष्ठभूमिमा गोली चलिरहेको आवाज सुन्न सकिन्छ ।

    उक्त घटनामा कसैलाई गो’ली लागेको नलागेको भन्ने खुल्न सकेको छैन । यसअघि मंगलबार अफगानिस्तानका महिलाहरुले आफूहरुको अधिकार रक्षाको माग गर्दै आन्दोलन गरेका थिए । सामाजिक सञ्जालमा देखिएको भिडियोमा महिलाहरुले आफ्नो अधिकार, सामाजिक सुरक्षा, काम गर्ने, शिक्षा तथा राजनीतिक सहभागिताको अधिकार माग गरिरहेको देख्न सकिन्छ ।

    अगष्ट १५ मा तालिबानले अफगानिस्तानलाई आफ्नो कब्जामा लिएपछि पहिलोपटक तालिबानविरुद्ध अफगानिस्तानमा प्रदर्शन भएको हो । अहिले कैयौं अफगानी नागरिक मुलुक छाडेर भागिसकेका छन् भने धेरै मानिसहरु बाहिरिने प्रतीक्षामा विमानस्थलमा छन् ।

    तालिबानले सत्ता कब्जा गरिरहँदा किन मौन रह्यो अफगान सेना

    ५ अगस्टमा जब तालिबानी विद्रोही अफगानिस्तानको राजधानी काबुल छिर्न थाले, राष्ट्रपति असरफ घानीले देश नै छाडेर भागे । केही रिपोर्टका अनुसार उनी ताजिकिस्तान पुगे भनिएको छ । कसैले उज्वेकिस्तान पुगेको दावी गरेका छन् ।

    डेनमार्क, नर्वे, स्वीडेन, जर्मनी, अमेरिका लगायत धेरै देशले काबुलबाट आफ्ना दूतावास फिर्ता गर्न थालेका छन् । आम नागरिकका लागि भने काबुल विमानस्थल एकै ठाउँ बाँकी थियो । जहाँबाट मानिसहरु विदेश भाग्न सक्थे । तर अहिले त्यो ठाउँ पनि सर्वसाधारणका लागि बन्द गरिएको छ ।

    सेनाको भूमिकाः

    अमेरिकी राष्ट्रपति जो बाइडेनले दावी गरेका थिए कि, अफगानिस्तानमा जम्मा ८५ हजार लडाकु छन् । र ३ लाख सैनिक छन् । जसले गर्दा लडाकुलाई सेनाले सजिलै हराउन सक्छ भनेर ठोकुवा गरेका थिए । तर ठीक विपरीत, सेनाले तालिबान विद्रोहीका लागि सजिलै सत्ता खाली भने गरिदियो ।

    बाइडेनले केहीअघि मात्रै कुनै हालतमा तालिबानले नजित्ने दावी गरेका थिए । तर अमेरिकी जासूसीका अनुसार २ देखि ४ महिनाभित्रै तालिबानले सत्ता कब्जा गर्नेछ भनिएको थियो । त्यसको केही सातामै अगस्टमा तालिबानले सत्ता कब्जा गरिदियो ।

    तर पनि अफगान सेनाले तालिबानविरुद्ध कुनै जवाफी हमला वा प्रतिक्रिया केही किन दिन सकेन वा चाहेन ? तालिबान राजधानी काबुल छिरिरहँदा के त्यहाँ सेनाको उपस्थिति नै थिएन ?

    तालिबानले सत्ता कब्जा गर्न सक्नुको पछाडि सेनाले तालिबानमाथि कुनै प्रतिक्रिया दिएको थिएन । तर यसको पनि खास कारण थियो । अशरफ घानीले देश छाडेर जाँदै गर्दा फेसबुक पेजमा आफू कुनै रक्तपात नहोस् भन्ने चाहेकाले शान्तिपूर्ण रुपमा देश छाडेर भागेको बताएका थिए ।

    तर यसको यथार्थ अर्कै थियो । कारण के भने, भ्रष्टाचार, अनियमितता, अनैतिक नेतृत्व । कुशासन जस्ता कारणले गर्दा अफगान सेनाको अघि राष्ट्रपति घानी अलोकप्रिय बनिसकेका थिए । घानी अफगान सेनाका लागि एक धोकेवाजको रुपमा चिनिएका थिए ।

    अमेरिकामा डोनल्ड ट्रम्प राष्ट्रपति छँदा अफगान सरकारले अमेरिकामा गएर शान्ति वार्तामा हस्ताक्षर गरेको थियो । जुन कुरा अफगान सेनाका लागि एक गम्भीर धोका थियो । लज्जाको विषय थियो । आफ्नो देशको सेना हुँदाहुँदै विदेशीको भूमिमा गएर आफ्नै सरकारले पीठ पछाडिबाट लात हानेर सेनाको वास्ता नगरिकन वार्ता गर्छ भने त्यो गम्भीर धोका हो भन्ने धारण अफगान सेनाको थियो ।

    सेनाले भनेको थियो कि, हाम्रो दुश्मनसँग हाम्रै पछाडि गएर वार्ता गरेर हस्ताक्षर गर्नसक्ने सरकार विदेशीका लागि काम गरेको छ । अर्को कारण थियो कि, जब अमेरिकी जो बाइडेन सरकारले अमेरिकी सेनालाई फिर्ता लैजान थाल्यो, यो त अफगान सेनाका लागि झनै हिनताबोध गराउने लज्जास्पद घटना थियो ।

    अफगान सेनालाई लाग्यो कि, अब तालिबानसँग कसरी भीडन्त गर्न सकिएला र ? खासमा तालिबानसँग लड्नुपर्ने बेलामा अमेरिकी सेना फिर्ता गइदिँदा अफगान सेना थप चिढिएको थियो । त्यसो त, त्यसअघि नै राष्ट्रपति घानी अमेरिका पुगेर सेना फिर्ताको निर्णय गरेका थिए । जवकि, त्यस निर्णयको विरोध सेना सहित धेरैले गरेका थिए ।

    तालिबानले भने सेनाविरुद्ध एक मनोवैज्ञानिक रणनीति पनि अपनाएको थियो । तालिबानले सेनाहरुलाई एक चिठी पठाउन थाल्यो र भन्यो कि, तिमीहरु हामीविरुद्ध लड्दैनौ भने हामी तिमीहरुलाई जिउँदै छाड्नेछौँ । र तिमीहरुको परिवारलाई पनि केही गर्दैनौँ । तर यदी हाम्रो विरुद्ध लड्न आयौ भने तिम्रा परिवारलाई छाड्नेछैनौँ भनेर धम्कीपूर्ण सन्देश पठाउन थाले ।

    किनकि, महिला तथा युवतीका लागि तालिबानहरु ज्यादै क्रुरतापूर्ण व्यवहार गर्छन् भन्ने मान्यता छ । यतिन्जेल तालिबानले विवाहका लागि युवतीहरुलाई अपहरण गर्न थालेको भन्ने जस्ता समाचार उनीहरुले सार्वजनिक गर्न थालिसकेका थिए ।

    तर अहिले अवस्था फेरियो । तालिबानी प्रवक्ताले महिलाहरुलाई स्वतन्त्रता दिने बताएका छन् । महिलाहरु सार्वजनिक स्थलमा एक्लै हिँड्न सक्ने स्कुल जान सक्ने तर बुर्का लगाउनुपर्ने तालिबानले बताउन थालेको छ । खासमा महिला अधिकार दिने उनीहरुले भनेका छन् । यतिमात्रै नभएर कुनै पनि निष्पक्ष मिडियाले आफूहरुको आलोचना समेत गर्न सक्ने तालिबानले जनाएको छ ।

    अमेरिकी रणनीति सफलः

    अमेरिकी विदेशमन्त्रीले भने हालै अफगानिस्तानमा अमेरिकी मिसन सफल भएको दावी गरे । २० वर्षअघि अफगानिस्तानमा अमेरिकाले सेना पठाउनुको कारण ९/११ हमलाको बदला लिनका लागि थियो । जुन सफल भएको छ ।

    यदी ९/११ का दुश्मनविरुद्ध मात्रै यो मिसन थियो भने २०११ म ओसामा बिन लादेनको ह’त्यापछि पनि अमेरिका किन अफगानिस्तानमा बसिरह्यो त ? यो प्रश्न चाहिँ उठिरहेको छ ।

    २०१९ को अनुसन्धानले के देखाउँछ भने अमेरिकाले ९/११ हमलापछि मध्यपूर्वमा युद्धमा मात्रै ६ दशमलब ४ ट्रिलियन डलर खर्च गर्यो । र ८ लाख मानिस मारिसकेका थिए । र यो सबै अमेरिकी करदाताले संकलन गरेको पैसा थियो ।

     

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया