• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    राजनीति

    अध्यादेश ल्याएपछि एकाएक शितलनिवा किन पुगे प्रधानमन्त्री देउवा ?

    1K
    SHARES


    काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न प्रधानमन्त्री शेरबहादुर देउवा शितलनिवास पुगेका छन्। मन्त्रिपरिषद बैठकलगत्तै प्रधानमन्त्री देउवा शितलनिवास पुगेका हुन्।

    प्रधानमन्त्री देउवाका निजी सचिव भानु देउवाले प्रधानमन्त्री शितल निवास गएको सेतोपाटीलाई बताए। ‘उहाँ भर्खरै शितल निवास जानु भएको छ,’ उनले भने।

    आज बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले राजनीतिक दल सम्बन्धी अध्यादेश पास गरेको थियो। उक्त अध्यादेश जारी गर्नका लागि राष्ट्रपतिसमक्ष पठाइएको छ। त्यस्तै प्रमुख प्रतिपक्षी नेकपा एमालेले दल विभाजन सम्बन्धी अध्यादेश ल्याए प्रतिवाद गर्ने निर्णय गरेको छ ।

    मंगलबार बसेको एमाले स्थायी कमिटी बैठकले दल विभाजन सम्बन्धी अध्यादेश ल्याए शान्तिपूर्ण, लोकतान्त्रिक र जनपरिचालनको माध्यमबाट प्रतिवाद गर्ने निर्णय गरेको एमाले प्रवक्ता प्रदीपकुमार ज्ञवालीले जानकारी दिए ।

    बैठकले संसद अधिवेशन अन्त्य गरेर दल विभाजन सम्बन्धी अध्यादेश ल्याउन खोजेको भन्दै विरोध गरेको उनले बताए । एक दर्जनभन्दा बढी अध्यादेशमाथि छलफल गर्नुपर्नेमा एक महिनाभन्दा बढी संसदलाई बिजनेसविहीन बनाएर बैठक अन्त्य गर्नुले सरकारले आफु र गठबन्धन आवद्ध दलहरूबाट संसदका बारेमा यसअघि भनिएका विषय आडम्बरमात्र भएको पुष्टि भएको उनले बताए ।

    गठबन्धनले बिगतमा सार्वजनिक रुपमा दिएका अभिव्यक्ति र सार्वजनिक न्युनतम कार्यक्रममा गरिएका प्रतिवद्धतालाई पनि धज्जी उडाएको उनको भनाइ छ ।

    बैठकले अफगानस्थानबाट नेपालीहरुको स्वदेश फिर्ताका लागि सरकार उदाशिन र गैरजिम्मेवार देखिएको भन्दै सरकारको ध्यानाकर्षण गराउने निर्णय पनि गरेको प्रवक्ता ज्ञवालीले बताए ।

    त्यस्तै एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले आफूहरुलाई सभामुख अग्निप्रसाद सापकोटाले झुक्याएको बताएका छन् ।मंगलबार बसेको एमाले स्थायी कमिटीको बैठकमा एमाले नेता नेम्वाङले सभामुख सापकोटासँग भएको एउटा भेटबारे ब्रिफिङ गरे ।

    ‘हामीले सभामुखलाई भेटेर अफगानिस्तानमा रहेका नेपालीको चाँडो उद्धार गर्न सरकारलाई ध्यानाकर्षण गराउन भनेका थियौं’ नेम्वाङले बैठकमा सुनाए, ‘उहाँले भोलि सरकारको प्रतिनिधिलाई संसदमा उपस्थित गराउँछु भन्नुभयो, तर गोजीमा संसद अधिवेशन अन्त्यको सूचना बोकेर बस्नुभएको रहेछ, हामीलाई झुक्याउनुभयो ।’

    ललितपुरको च्यासलस्थित तुलसीलाल प्रतिष्ठानको भवनमा बसेको एमाले स्थायी कमिटीको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले सरकारबाट भएको संसद अधिवेशन अन्त्यको विरोध गरेका थिए ।

    एमालेले संसदमा दह्रो आवाज उठाउन थालेपछि सरकारले संसदलाई छल्नका लागि अधिवेशन अन्त्य गरेको ओलीको विश्लेषण थियो । ‘सडक, संसद र सबैतिरबाट देशी विदेशी शक्तिहरुले एमालेलाई सिध्याउन खोजिरहेका छन्,’ बैठकमा अध्यक्ष ओलीको भनाइ उधृत गर्दै एमालेका एक स्थायी कमिटी सदस्यले रातोपाटीसँग भने, ‘संसदलाई छलेर एमालेलाई कमजोर बनाउन खोजिएको हो, यसको प्रतिवाद गर्नुपर्छ ।’

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया