• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    बलिउड- हलिउडल मनोरञ्जन

    चर्चित अभिनेत्री मधुको प्रेमीसंगको गोप्य भिडियो लिक, भिडियोसहित

    1K
    SHARES


    काठमाडाैं । भोजपुरी फिल्म क्षेत्रकी चर्चित अभिनेत्री त्रिशाकर मधु भिडियो लिक भएपछि ट्रोलको सिकार भएकी छन् । उनीमाथि ‘पब्लिसिटी’ को लागि एमएमएस लिक गरेको आरोप समेत लागेको छ ।

    मधुले उक्त भिडियो उनकै प्रेमीले लिक गरेको आरोप लगाएकी छन् । उनले भिडियो सार्वजनिक गर्नेलाई चेतावनी समेत दिएकी छन् । मधुको प्रेमीसँग समय बिताएको भिडियो सार्वजनिक भएको हो ।

    उनले सामाजिक सञ्जालमा लेखेकी छन्, ‘भगवानले सबै देख्छन् । मलाई गाली खुवाउन मेरो प्राइभेट भिडियो भाइरल गर्दिए । उनले भिडियो सार्वजनिक गर्नेलाई प्रश्न गरेकी छन्, ‘यदि तपाइँको बहिनीसँग कसैले विवाह गरेर अर्काे दिन सुहागरातको भिडियो भाइरल गर्दियो भने राम्रो लाग्छ हो ? ।’ ‘बिहारमा नराम्रा केही ब्यक्ति पनि रहेछन् । मलाई थाहा थिएन’ उनले अगाडि भनेकी छन् ।

    भिडियो लाइभमा उनले रुँदै भनेकी छन् ‘म के गरु केही सोच्न सकेको छैन ।’ मानिसहरु उनलाई अहिले प्रश्न गरिरहेका छन्, भिडियोमा को हुन् ? । भिडियोका कारण अभिनेत्रीको सामाजिक सञ्जालमा आलोचना समेत भइरहेको छ ।

    मधुले भिडियो आफै बनाएको पनि स्वीकार गरेकी छन् । उनले भिडियो आफैले बनाएको तर कसैले नियतबस सार्वजनिक गरिदिएको भन्दै आक्रोश व्यक्त गरेकी छिन । यता बिग बोसको अर्को नयाँ सिजन ‘बिग बोस ओटीटी’ चर्चामा आउन थालेको छ ।

    सबै प्रतिस्पर्धीहरु एक अर्कालाई हराउन प्रतिस्पर्धा चल्न सुरु भएको छ । उनीहरु टास्क जित्नका लागि जुनसुकै हद पार गर्न तयार देखिएका छन् । टास्क जित्नकै लागि नेहा भासिन र रिद्धिमा पण्डितले ‘लिप किस’ गरेका छन् । उनीहरुले ध्यान भंग गर्नका लागि नै चुम्बन गरेका हुन् ।

    टास्कको समयमा राकेशको टीम र प्रतिकको टिमबीच प्रतिष्पर्धा चलिरहेको थियो । जसमा राकेशको टिममा भएका सबै जनालाई आफ्नो स्थानमा उभिन र बाँकी प्रतिस्पर्धीहरुलार्ई उनीहरुको ध्यान भंग गर्न कोसिस गर्नुपर्ने थियो । उनीहरुको ध्यान भंग गर्नका लागि नै उनीहरुले किस गरेका हुन् ।

    अक्षरा सिंहको ओठमा रातो खुर्सानीको पाउडर लगाइएको थियो भने मुस्कान जट्टानामाथि चिसो पानी खन्याइएको थियो । तर, नेहा भासिनले रिद्धिमाको ध्यान भंग गर्न ओठमा चुम्बन गरिदिइन् । नेहाले चुम्बन गरेपछि सबै प्रतिस्पर्धी आश्चर्यमा परे । तर, रिद्धिमा भने आफ्नो स्थानबाट एक पाइला पनि सरिनन् ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ