• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Highlights राजनीति

    माओवादी केन्द्रको केन्द्रीय समिति बैठकले के-के गर्यो निर्णय ? हेर्नुहोस बिस्तृतमा

    1.3K
    SHARES


    काठमाडौं । नेकपा माओवादी केन्द्रमा राष्ट्रिय महाधिवेशन नहुँदासम्म २९९ सदस्यीय केन्द्रीय समिति बनाउने प्रस्ताव पेश भएको छ । शनिबार शुरु भएको केन्द्रीय कमिटी बैठकमा पेश गरिएको आगामी पुसमा राष्ट्रिय सम्मेलन प्रस्ताव गरिएको छ ।

    साथै अन्तरिम विधानको मस्यौदामा राष्ट्रिय महाधिवेशन नहुँदासम्मका लागि २९९ सदस्यीय केन्द्रीय समिति बनाउने उल्लेख छ । राष्ट्रिय सम्मेलनले केन्द्रीय कमिटी बनाउनेछ भने त्यो कमिटीले अध्यक्षसहित उपाध्यक्ष, महासचिव, उपमहासचिव र सचिव मनोनयन गर्ने प्रस्ताव छ ।

    केन्द्रीय समतिको बढीमा एक तिहाई पोलिटब्यूरो र त्यसको एक तिहाई एक स्थायी समितिमा रहनेछन् भने दैनिक कार्यसञ्चालनका लागि अध्यक्षको नेतृत्वमा उपाध्यक्ष र महासचिवसहित केन्द्रीय कार्यालय बनाउने प्रस्ताव छ । केन्द्रीय कार्यालयको दैनिक प्रशासनिक कार्य सम्पादनका लागि महासचिवको नेतृत्वमा उपमहासचिव, सचिवसमेत रहेको केन्द्रीय सचिवालय बनाउने माओवादीको प्रस्ताव छ ।

    माओवादी केन्द्रको प्रस्तावित अन्तरिम विधानमा सबै तहका समिति र अधिवेशन प्रतिनिधिहरुको निर्वाचन खुला, भूगाल र समावेशीका आधारमा गरिने उल्लेख छ । माओवादीले सबै समितिमा महिला ३५ प्रतिशत हुनुपर्ने व्यवस्था विधानमै गर्न प्रस्ताव गरेको छ ।

    दलित समुदायका लागि केन्द्रीय कमिटीमा १५ प्रपितशत सदस्य र अन्य समितिमा भूगोलले सटेमेको दलित संगठाको अनुपातमा २ प्रतिशत थप गर्ने प्रस्ताव छ । माओवादीले सबै समितिमा २० वर्षमाथिका युवाहरुलाई कम्तिमा २० प्रतिशतको संख्या समावेश गरिने समेत बताएको छ ।

    यसअघि स्थायी कमिटीले ४० वर्षमुनिका युवा २० प्रतिशत भनेको थियो । तर केन्द्रीय कमिटीमा पेश भएको अन्तरिम विधानको मस्यौदामा त्यसलाई उल्टाएर २० वर्षदेखि माथिका युवाहरुलाई भनिएको छ । यता नेपाली काँग्रेसले १४ औं महाधिवेशन आसन्न मंसिरमा गर्ने निर्णय गरेको छ ।

    केन्द्रीय कार्यसमितिको शनिबार बसेको बैठकले भदौ १८ गतेबाट वडास्तरको अधिवेशन सुरु गर्दै मंसिरमा केन्द्रीय महाधिवेशन सकाउने निर्णय गरेको वरिष्ठ नेता रामचन्द्र पौडेलले जानकारी दिए ।

    संविधानको धारा २६९ (४) (ख) भनिएको छ, ‘राजनीतिक दलको विधानमा कम्तीमा पाँच वर्षमा एकपटक सो दलको संघीय र प्रदेश तहका प्रत्येक पदाधिकारीको निर्वाचन हुने व्यवस्था हुनुपर्छ । तर, विशेष परिस्थिति उत्पन्न भई पाँच वर्षभित्रमा पदाधिकारीको निर्वाचन सम्पन्न हुन नसके ६ महिनाभित्र त्यस्तो निर्वाचन गर्न सकिने गरी राजनीतिक दलको विधानमा व्यवस्था गर्न बाधा पर्ने छैन ।’ संविधानको यो व्यवस्थाअनुसार कांग्रेसको कार्यकाल भदौ १९ बाट साढे ५ वर्ष सकिँदैन ।

    कांग्रेसले म्याद सकिन लागेको अवधिमा अधिवेशन सुरु गरेको व्याख्या गर्दै मंसिरमा महाधिवेशन सकाउने निर्णय लिएको हो ।

    कसले के भने ?

    काँग्रेसका नेताहरूले सबै विद्यार्थीहरूलाई कोरोनाविरुद्धको खोपको व्यवस्था तत्काल मिलाउन सरकारसँग माग गरेका छन् । केन्द्रीय कार्य समितिको तेस्रो दिन शनिबार पनि जारी बैठकमा बोल्दै नेपाली काँग्रेसका केन्द्रीय सदस्यहरूले कोरोनाविरुद्धको खोप सबै विद्यार्थीहरूलाई तत्काल उपलब्ध गराई सबै तहको परीक्षा सुचारु गराउन सरकारको गम्भीर ध्यानाकर्षण गराएका हुन् ।

    खोपको अभावमा विद्यार्थीहरूले परीक्षा दिन नपाउने अवस्थाको अन्त्य गर्न पार्टीका केन्द्रीय सदस्यहरूले सरकारको गम्भीर ध्यानाकर्षण गराउनु भएको पार्टीका प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए। बैठकमा नेताहरूले ईपीएस परीक्षा पास गरेर पनि दक्षिण कोरिया जान नपाएकाहरूलाई तत्काल कोरिया पठाउन पनि सरकारलाई सचेत गराएका थिए । पार्टीको सरकार भएका बेला परीक्षा पास गरेर अलपत्र अवस्थामा बसेका युवाहरूलाई तत्काल कोरिया जाने अवस्था मिलाउन पनि सरकारलाई नेताहरूले आग्रह गरेको पनि प्रवक्ता शर्माले बताए ।

    भूतपूर्व गोर्खा सैनिकहरूले बेलायतमा विभिन्न माग राखेर धर्ना दिइरहेकाले उनीहरूको माग सम्बोधन गराउन कूटनीतिक पहल गर्न पनि सरकारलाई नेताहरूले दबाब दिएका थिए । अफगानिस्तानमा रहेका नेपाली युवाहरूको जीवन सुरक्षाका लागि पनि प्रधानमन्त्री देउवालाई काँग्रेस केन्द्रीय सदस्यहरूले आग्रह गरेका थिए ।

    प्रवक्ता शर्माले भने, ‘अफगानिस्तानमा पछिल्लो जे घटना भइरहेको छ । त्यो घटनामा नेपालबाट गएका नेपालीहरू कामको क्रममा त्यहाँ हुनुहुन्छ । उहाँहरू कसैको पनि जीवन जोखिममा नपरोस् । त्यहाँ रहेका नेपालीहरूको अवस्था के छ ? र आवश्यक प–यो भने सरकारले उनीहरूलाई प्रक्रिया पु–याएर उद्धार गर्न गम्भीर बन्नुपर्दछ भनेर सम्माननीय प्रधानमन्त्रीज्यूको ध्यानाकर्षण पनि गराउनु भएको छ ।’

    बैठकमा नेताहरूले पार्टीको आसन्न महाधिवेशनको कार्यतालिका, सरकारको प्रभावकारितालगायतका विषयमा पार्टी नेतृत्वलाई सुझाव दिने क्रम जारी रहेको नेपाली काँग्रेसले जनाएको छ ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ