• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Highlights राजनीति

    सकियो कांग्रेस केन्द्रीय कमिटि बैठक, भए यस्ता निर्णय

    1K
    SHARES


    काठमाडौं । नेपाली काँग्रेसले १४ औं महाधिवेशन आसन्न मंसिरमा गर्ने निर्णय गरेको छ ।

    केन्द्रीय कार्यसमितिको शनिबार बसेको बैठकले भदौ १८ गतेबाट वडास्तरको अधिवेशन सुरु गर्दै मंसिरमा केन्द्रीय महाधिवेशन सकाउने निर्णय गरेको वरिष्ठ नेता रामचन्द्र पौडेलले जानकारी दिए ।

    संविधानको धारा २६९ (४) (ख) भनिएको छ, ‘राजनीतिक दलको विधानमा कम्तीमा पाँच वर्षमा एकपटक सो दलको संघीय र प्रदेश तहका प्रत्येक पदाधिकारीको निर्वाचन हुने व्यवस्था हुनुपर्छ । तर, विशेष परिस्थिति उत्पन्न भई पाँच वर्षभित्रमा पदाधिकारीको निर्वाचन सम्पन्न हुन नसके ६ महिनाभित्र त्यस्तो निर्वाचन गर्न सकिने गरी राजनीतिक दलको विधानमा व्यवस्था गर्न बाधा पर्ने छैन ।’ संविधानको यो व्यवस्थाअनुसार कांग्रेसको कार्यकाल भदौ १९ बाट साढे ५ वर्ष सकिँदैन ।

    कांग्रेसले म्याद सकिन लागेको अवधिमा अधिवेशन सुरु गरेको व्याख्या गर्दै मंसिरमा महाधिवेशन सकाउने निर्णय लिएको हो ।

    कसले के भने ? 

    काँग्रेसका नेताहरूले सबै विद्यार्थीहरूलाई कोरोनाविरुद्धको खोपको व्यवस्था तत्काल मिलाउन सरकारसँग माग गरेका छन् । केन्द्रीय कार्य समितिको तेस्रो दिन शनिबार पनि जारी बैठकमा बोल्दै नेपाली काँग्रेसका केन्द्रीय सदस्यहरूले कोरोनाविरुद्धको खोप सबै विद्यार्थीहरूलाई तत्काल उपलब्ध गराई सबै तहको परीक्षा सुचारु गराउन सरकारको गम्भीर ध्यानाकर्षण गराएका हुन् ।

    खोपको अभावमा विद्यार्थीहरूले परीक्षा दिन नपाउने अवस्थाको अन्त्य गर्न पार्टीका केन्द्रीय सदस्यहरूले सरकारको गम्भीर ध्यानाकर्षण गराउनु भएको पार्टीका प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए। बैठकमा नेताहरूले ईपीएस परीक्षा पास गरेर पनि दक्षिण कोरिया जान नपाएकाहरूलाई तत्काल कोरिया पठाउन पनि सरकारलाई सचेत गराएका थिए । पार्टीको सरकार भएका बेला परीक्षा पास गरेर अलपत्र अवस्थामा बसेका युवाहरूलाई तत्काल कोरिया जाने अवस्था मिलाउन पनि सरकारलाई नेताहरूले आग्रह गरेको पनि प्रवक्ता शर्माले बताए ।

    भूतपूर्व गोर्खा सैनिकहरूले बेलायतमा विभिन्न माग राखेर धर्ना दिइरहेकाले उनीहरूको माग सम्बोधन गराउन कूटनीतिक पहल गर्न पनि सरकारलाई नेताहरूले दबाब दिएका थिए । अफगानिस्तानमा रहेका नेपाली युवाहरूको जीवन सुरक्षाका लागि पनि प्रधानमन्त्री देउवालाई काँग्रेस केन्द्रीय सदस्यहरूले आग्रह गरेका थिए ।

    प्रवक्ता शर्माले भने, ‘अफगानिस्तानमा पछिल्लो जे घटना भइरहेको छ । त्यो घटनामा नेपालबाट गएका नेपालीहरू कामको क्रममा त्यहाँ हुनुहुन्छ । उहाँहरू कसैको पनि जीवन जोखिममा नपरोस् । त्यहाँ रहेका नेपालीहरूको अवस्था के छ ? र आवश्यक प–यो भने सरकारले उनीहरूलाई प्रक्रिया पु–याएर उद्धार गर्न गम्भीर बन्नुपर्दछ भनेर सम्माननीय प्रधानमन्त्रीज्यूको ध्यानाकर्षण पनि गराउनु भएको छ ।’

    बैठकमा नेताहरूले पार्टीको आसन्न महाधिवेशनको कार्यतालिका, सरकारको प्रभावकारितालगायतका विषयमा पार्टी नेतृत्वलाई सुझाव दिने क्रम जारी रहेको नेपाली काँग्रेसले जनाएको छ ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ