• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    बलिउड- हलिउडल मनोरञ्जन

    जोनी लीभर- गरिबीका कारण ७ कक्षामा नै पढाइ छोडेर सडकमा बेच्थे कलम, कसरी पाए बलिउडमा ‘ब्रेक’ ?

    605
    SHARES


    एजेन्सी । बलिउडका पहिलो ‘स्टयाण्ड अप कमेडियन’ भनेर चिनिएका जोनी लिभरले ३५० भन्दा बढी फिल्ममा काम गरिसकेका छन् । उनले आफ्नो दमदार अभिनयले धेरैको मन जितेका छन् । प्रखर अभिनयका कारण जोनीले १३ पटक फिल्मफेयर अवार्डमा नोमिनेशन भएका छन् ।

    बलिउडमा सफल कमेडियन जोनीको सुरुवाती दिनहरु भने संघर्षरत रह्यो । सन् १९५७ मा जन्मिएका जोनी लिभर अर्थात जोनी प्रकाशको जन्म आन्ध्रप्रदेशको एक क्रिश्चियन–तमिल परिवारमा भएको थियो । जोनीको दुई जना भाई र तीन जना बहिनी छन् । उनी घरको जेठो सन्तान हुन् । उनको बालापन गरिबीमा बित्यो । गरिबीकै कारण ८ कक्षामा पढ्दापढ्दै छोड्न बाध्य भए ।

    गरिबीमा परिवारको सहायताको लागि जोनीले सडकमा कलम बेच्न थाले । उनी कलम बेच्दा विभिन्न फिल्मका स्टारहरुको नक्कल गर्थे । जसबापत उनलाई हरेक दिन ५ रुपियाँ आम्दानी हुन्थ्यो । जोनीका पिता प्रकाश राव मुम्बईको जनमूला लिभर फ्याक्ट्रीमा काम गर्थे । पिताको भनसुनले उनले पनि त्यहाँ जागिर पाए ।

    फ्याक्ट्रीमा १ सय किलोको भारी पनि बोक्नुपथ्र्यो । भारी बोक्दा पनि उनी हसाउँन छोड्दैन थिए । उनले मिमिक्री गर्दै सबैलाई हसाए । सबैले मायाले उनलाई जोनी लिभर नाम दिए । बिस्तारै उनी मिमिक्रीमा यति पोख्त भए कि उनलाई स्टेज कार्यक्रममा पनि बोलाउन थालियो । उनले मिमिक्री गरेर पैसा कमाउन थाले ।

    एक स्टेज शोको क्रममा उनीमाथि बलिउड स्टार सञ्जय दत्तको ध्यान खिचियो । सञ्जय दत्तले उनलाई सन् १९८९ मा ‘दर्द का रिश्ता’ मा जोसफको भूमिका दिए । त्यसपछि जोनीको सफलताको दिनहरु सुरु भए । उनले बलिउडमा थुप्रै सुपरहिट फिल्ममा सुपरहिट भूमिका निभाएका छन् ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया