• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    मकैबारीमा लुकेर स्याललाई हानेको बन्दुकले आफ्नै छोराको ज्यान लिएपछि…

    793
    SHARES


    बुटवल । पाल्पामा जंगली स्याललाई बन्दुकले हान्ने क्रममा आफ्नै छोरालाई लागेर मृत्यु भएको छ । पाल्पाको रिब्दीकोट गाउँपालिका वार्ड ६ का ३५ वर्षीय धनबहादुर लम्तारीको आफ्नै बावुले हानेको बन्दुकको गोली लागेर मृत्यु भएको प्रहरीले जनाएको छ

    ५६ वर्षका कर्णबहादुर लम्तारीले मकैबारीमा लुकेर स्याललाई बन्दुकले हान्दा छोरा धनबहादुरलाई लागेर मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय पाल्पाले कर्णबहादुरसहित बन्दुक नियन्त्रणमा लिइ थप अनुसन्धान शुरु गरेको जनाएको छ ।

    यस्तै उता अर्घाखाँचीको पाणिनी गाउँपालिकामा पहिरोमा पुरिएर एक मजदुरको ज्यान गएको छ । जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका अनुसार पाणिनी गाउँपालिका वार्ड नम्बर ६, लामडाडाका ४३ वर्षिय मनबहादुर सुनारको पहिरोले पुरिँदा मृत्यु भएको हो ।

    पाणिनी–५, मैदानमा मेघराज घिमिरेको घर निर्माणको काम गरिरहेका सुनार माथिबाट पहिरो आएपछी पुरिएका थिए । प्रहरी र स्थानीयवासीले जेसिबी प्रयोग गरेर गए राति सुनारको शव फेला पारेका जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी गणेश खनालले बताए ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ