• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    प्रवास

    बिदामा गएका नेपाली श्रमिकलाई कुवेत छिट्टै फर्कने वातावरण बनाउछौँ : राजदूत भण्डारी

    622
    SHARES

    दोहा । कुवेतबाट बिदामा नेपाल गएर फेरि फर्किने तयारीमा रहेका नेपालीले भोग्नु परेका समस्या चाडैँ समाधान हुने भएको छ । गैरआवासीय नेपाली संघ कुवेतका नवनिर्वाचित कार्यसमितिसँगको परिचयात्मक भेटघाट कार्यक्रममा कुवेतका लागि नेपाली राजदूत दुर्गा प्रसाद भण्डारीले यस्तो आश्वासन दिएका हुन् ।

    कुवेतबाट बिदामा नेपाल गएर फेरि कुवेत फर्किने तयारीमा रहेका नेपाली कामदारले भोग्नु परेको सास्तीप्रति दूतावास गम्भीर रहेको बताएका छन् ।

    दूतावासले श्रमिकको समस्यालाई पहिलो प्राथामिकतामा राखी सम्बन्धित निकायहरुमा दैनिक छलफल भइरहेकाले केही दिनमा समाधान निस्कने राजदूत भण्डारीले बताएको एनआरएनए कुवेतका अध्यक्ष रणध्वोज लामाले जानकारी दिए ।

    अनलाइन श्रम स्वीकृतिबारे चासो राख्दै दूतावासमा धेरै टेलिफोन आइरहेकाले अनलाइन श्रम गर्न अनलाइन बीमा भुक्तानी तथा आँखा परीक्षणाजस्ता कार्यहरुले रोकिएको उनले जनाए ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया