• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    सर्वोच्चले देउवा सरकारलाई बल्ल दियो यस्तो कडा आदेश, अब घरमै पुगेर कोरोनाको खोप लगाउनुपर्ने

    864
    SHARES


    काठमाडौँ । कोरोना भाइरस (कोभिड- १९) विरुद्धको को खोप लगाउनका लागि खोप केन्द्रमा आउन नसक्ने वृद्धवृद्धा र अशक्त नागरिकलाई उनीहरूको घरमै गएर खोप लगाउन सरकारलाई सर्वोच्चले आदेश दिएको छ ।

    अधिवक्ता प्रवेश केसीले दायर गरेको रिट निवेदनमा शुक्रबार सुनुवाइ गर्दै न्यायाधीश प्रकाशकुमार ढुंगानाको इजलासले उक्त अन्तरिम आदेश दिएको हो ।

    ‘खोप केन्द्रमा जान असमर्थ ज्येष्ठ नागरिक, विस्तारामा रहेका, हिँड्डुल गर्न नसक्ने, अस्पतालले पहिचान गरेको दीर्घरोगीहरू तथा फरक क्षमता भएका, दुवै आँखा नदेख्ने व्यक्तिहरू समेतका लागि राज्यले वडा स्तरबाट लगत संकलन गरी वा उपयुक्त माध्यमबाट पहिचान गरी घरघरममा पुगी कोभिडको खोप सेवा उपलब्ध गराउने कार्यक्रम र मनासिव समय तालिका तर्जुमा गरी सोको उपयुक्त सूचना प्रवाह गरी संवैधानिक दायित्वको निर्वाहको लागि कार्यक्रम सञ्चालन गर्नू/गराउनू,’ न्यायाधीश ढुंगानाको इजलासले जारी गरेको अन्तरिम आदेशमा भनिएको छ ।

    स्वास्थ्य सेवा प्राप्त गर्ने नागरिकको संवैधानिक हक भएको पनि सर्वोच्चले भनेको छ । लोककल्याणकारी राज्यको हैसियतले सरकारले संविधानको व्यवस्थाअनुसार सबै नागरिकलाई स्वास्थ्य सेवाको पहुँचमा ल्याउनुपर्ने पनि आदेशमा भनिएको छ ।

    ‘नेपालको संविधानको धारा ३५ को उपधारा ३ ले प्रत्येक नागरिकलाई स्वास्थ्य सेवामा पहुँचको हक हुने भनी संरक्षण प्रदान गरेको र धारा ४१ ले ज्येष्ठ नागरिकलाई राज्यबाट विशेष संरक्षण तथा सामाजिक सुरक्षाको हक हुने भनी मौलिक हकको प्रचलनको लागि संवैधानिक उपचारको हक समेत सुरक्षित गरेको देखिन्छ,’ आदेशमा भनिएको छ ।

    यसैबीच सर्वोच्च अदालतको संवैधानिक इजलासमा आज शुक्रबार (२९-साउन) मा पनि संवैधानिक परिषदसम्बन्धी अध्यादेश र त्यसका आधारमा भएको नियुक्तीसम्बन्धी मुद्दाको पालो परेन । प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबरा प्रत्यक्ष जोडिएको र उनले हेर्न नमिल्ने प्रकृतिको मुद्दा बारम्बार विभिन्न बाहनामा सारिएको हो ।

    यो विषयलाई लिएर आन्तरिक रुपमा केही न्यायाधीशले प्रधानन्यायाधीश जबरामाथि प्रश्न समेत उठाएका छन् । ‘केही दिनअघि फूलकोर्ट (सबै न्यायाधीश सम्मिलित बैठक)मा छानविन प्रतिवेदन लगायत यो विषयमा कुरा उठेको हो, बैठक सकिएपछि समेत केहीले अनौपचारिक रुपमा जिज्ञासा राख्नुभयो’ सर्वोच्च अदालत स्रोतले भन्यो, ‘अरु त्यति धेरै मुद्दा छन्, कहाँ तिनैलाई मात्रै विचैमा तानेर हेर्नु भनेर सम्माननीयज्यू (प्रधानन्यायाधीश) तर्किनुभयो ।’

    बैठकमा सहभागी एक न्यायाधीशका अनुसार, सत्तारुढ र विपक्षी दलको मुड नबुझी प्रधानन्यायाधीश जबरा संवैधानिक विवादका मुद्दाको पेशी तोक्ने मनस्थितिमा छैनन् ।

    कोरोना महामारीका कारण अवरुद्ध भएको सर्वोच्च अदालतको संवैधानिक इजलास नियमित बस्न थालेको दुई साता भयो । दुई सातादेखि हरेक बुधबार र शुक्रबार संवैधानिक इजलास बस्न थालेको हो । बुधबार एक पटक सुनुवाई भइसकेका र कारण देखाउ आदेश जारी भएका मुद्दाहरुको सुनुवाई हुन्छ भने शुक्रबार नयाँ मुद्दाहरुको सुनुवाई गरिन्छ ।

    तर ३० मंसिरमा आएको संवैधानिक परिषदसम्बन्धी अध्यादेश र त्यसका आधारमा भएको नियुक्तिसम्बन्धी मुद्दाको पालो परेको छैन । अदालतले प्रकाशित गरेको पेशी सूची हेर्ने हो भने दुई पटक प्रतिनिधीसभा विघटनको सेरोफेरोमा जारी गरिएका संवैधानिक परिषदसम्बन्धी अध्यादेश, त्यसका आधारमा डाकिएका बैठक र नियुक्तिको विवादसम्बन्धी मुद्दाहरु योजनावद्ध रुपमा छाडेको देख्न सकिन्छ ।

    २०७६ साल पुसदेखि २०७७ कार्तिकसम्मका मुद्दा पेशीमा तोकिएको छ । मंसीरदेखि माघका कुनैपनि मुद्दा पेशीमा छैनन् । पुस ५ गते प्रतिनिधिसभाको पहिलो विघटनको सेरोफेरोमा संवैधानिक नियुक्ति विरुद्धको मुद्दाहरु पेशीबाट छलेको देखिन्छ । एकैचोटी २०७७ फागुन २१ गतेको मुद्दा पेशीमा परेको छ । चैत २७ गतेसम्मका मुद्दाको पालो आएको देखिन्छ ।

    संवैधानिक पदाधिकारीको नियुक्तिमा भागवण्डा लिएको भनेर प्रधानन्यायाधीश जबराको आलोचना भएको छ । र, स्वार्थ जोडिने भएकाले सर्वोच्च अदालतभित्रैबाट यी मुद्दा नहेर्न उनीमाथि चर्को दबाब समेत छ ।

    तर प्रधानन्याायधीश जबराले भने अग्नि सापकोटा जोडिएको मुद्दामा हरिकृष्ण कार्की बसेको र प्रेरणा शाहको मुद्दामा आफू संवैधानिक इजलासमा बसिसकेकाले अहिले अप्ठ्यारो नपर्ने तर्क गर्ने गरेको सर्वोच्च स्रोत बताउँछ ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया