• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    अन्तराष्ट्रिय

    विवाह भोजमा बम विष्फोट, १८ जनाको मृत्यु, मुख्यमन्त्री घाइते

    10.7K
    SHARES

    अजमर, भारत, ६ फागुन ।

    भारतको पश्चिमी राज्य राजस्थानको बेअवर शहरमा गत शुक्रबार एक वैवाहिक भोज चलिरहेका वेला भएको विष्टफोटमा परी हराएका थप ९ जनाको शब फेला परेको छ । मृत शरीरलाई उक्त स्थानबाट निकले पाेष्टमार्टमका लागि पठाइएकाे भारतीय अधिकारीले जनाएका छन् ।

    उक्त वैवाहिक समारोहमा सहभागीमध्ये नौ जनाको मृत शरीरलाई घटनास्थलबाट शनिवार साँझ निकालिएकाे हाे । राति वैवाहिक भोज चलिरहेका समय ग्यास सिलिण्डर विष्पोट हुँदा भोजस्थान भइरहेको भवन भत्किनुका साथै ठूलो आगलागी भएको थियो।

    भारतीय सेनाको सहयोगमा जारी उद्धारका क्रममा महिला तथा बालबालिकासहित थप नौ जनाको मृत शरीर भग्नावशेष भित्रबाट निकालिएको छ ।

    ‘ घटनास्थलबाट १८ शव निकालिएको छ,’ अजमरका वरिष्ठ प्रशासकीय अधिकारी गौरव गोयलले भने ।

    घटनास्थलबाट पाँच जनालाई आगोले पोलेर गम्भीर घाइते भएको अवस्थामा उद्धार गरिएको र उनीहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको गोयलले  बताए ।

    घटनास्थल राजस्थान राज्यको राजधानी जयपुरबाट २०० किलोमिटर टाढा पर्छ । विष्फोटका कारण तीनतले भवन पूर्णतया क्षतिग्रस्त भएको छ ।

    राजस्थानका मुख्यमन्त्री बसुन्धरा राजेले विष्फोटमा घाइते भई अस्पतालमा उपचाररत सवै विरामीलाई भेटेका थिए । उनले मृतकका परिवारलाई प्रतिव्यक्ति दुई लाख बराबरको क्षतिपूर्तिको घोषणा गरेका  छन् ।

    भारतमा खाना पकाउने ग्यास प्रयोगमा आवश्यक सुरक्षा नअपनाइदा पटक पटक यस्ता विष्फोटका घटना हुने गरेका छन् । यद्यपि विष्फोटका  कारण ठूलो सङ्ख्यामा नागरिकले ज्यान गुमाएका घटना भने कम सुनिने गरेको छ ।

    यस्तै भारतको उत्तरपूर्वी राज्य मेघालयमा आइतबार राति भएको विष्फोटमा परि चुनावी अभियानमा रहेका एक जना राजनीतिज्ञसहित चार जनाको मृत्यु भएको भारतीय प्रहरीले सोमबार जनाएको छ ।

    विष्फोटमा मेघालय राज्यसभाको निर्वाचनमा उम्मेदवार रहेका ४३ वर्षीय जोनाथन एन साङ्माको निधन भएको हो । उनि निर्वाचनकै सिलसिलामा ‘इस्ट गारो हिल्स’ जिल्लामा सम्वोधनका लागि गएका थिए ।

    मत्यु भएका अन्य दुई जना सामान्य नागरिक र एक प्रहरी रहेका बताइएको छ । उनीहरू साङ्माको निर्वाचन अभियानमा सहयोग गर्न उनकै कारमा यात्रा गरिरहेका थिए । उक्त क्षेत्र चीन, भुटान, म्यानमार र बङ्गलादेशको सिमानामा रहेको भूभाग हो ।

    मेघालयमा ६० सदस्यीय राज्यसभाको लागि यही फेब्रुवरी २७ मा निर्वाचन हुने कार्यक्रम छ । मुख्यमन्त्री मुकुल साङ्माले घटना राजनीतिक प्रतिशोध लिन गराइएको हुनसक्ने बताउँदै यसबारे थप कुरा अनुसन्धानपछि मात्र बाहिर आउने बताए ।

    उनले मेघालयको शान्तिपूर्ण वातावरणलाई निर्दोष नागरिकको हत्याले नखल्वलाउने दावी गर्दै विष्फोटमा संलग्नलाई कानूनी दायरामा ल्याएर छोड्ने ट्वीटरमार्फत बताए ।


    प्रतिक्रिया

    आजको ट्रेन्डिङ