• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Highlights राजनीति

    मन्त्रिपरिषदलाई पूर्णता किन नदिएको भन्दै प्रधानमन्त्रीसंग जंगिए गगन थापा

    631
    SHARES


    काठमाडौं । मन्त्रिपरिषदले पूर्णता नपाएको विषयमा सत्तारुढ नेपाली कांग्रेसकै सांसदहरुले प्रश्न उठाएका छन् । बिहीबार प्रतिनिधिसभाको विशेष समयमा बोल्दै कांग्रेस सांसद गगन थापाले मन्त्रिपरिषद विस्तार हुन नसक्नुको कारण माग गरे ।

    ‘मन्त्रिपरिषदलाई पूर्णता किन नदिएको ? भित्र घचमच के छ यो जनताले बुझ्दैन’ उनले भने । नयाँ सरकारले कामबाटै जनतालाई जवाफ दिनुपर्ने भन्दै उनले साझा न्यूनतम कार्यक्रम अनुसार अघि बढ्न सरकारलाई आग्रह गरे ।

    सांसद थापाले प्रमुख विपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी ओलीले सशस्त्र युद्धका घाइतेहरुलाई उपचार नपाए आफ्नो पार्टी कार्यालयमा आउन गरेको आग्रहप्रति आपत्ति जनाए ।

    ‘विचराहरु आफ्नै उपचार गर्न त सरकारको ढुकुटीमा गएर हात फैलाउनेले पार्टी कार्यालयमा गए कसरी उपचार गराउला ?’ थापाको ब्याङ्ग्यात्मक प्रश्न छ । सरकारले सबैको कुरा सुनेर अगाडि बढ्नुपर्ने भन्दै थापाले अघिल्लो सरकारले प्रमुख प्रतिपक्षीलाई नसुनेको पनि स्मरण गरे ।

    ‘संविधानले दिएको संवैधानिक परिषदको बैठकबाट प्रतिपक्षीलाई आउट गर्ने’ कार्य ओली नेतृत्वको अघिल्लो सरकारले गरेको उनले बताए ।

    ओली नेतृत्वको सरकारले संवैधानिक परिषदमा अध्यक्षसहित ३ जनाकै उपस्थितिमा संवैधनिक परिषदको बैठक बस्न र निर्णय गर्न सक्ने गरी अध्यादेश ल्याएको थियो । त्यस अध्यादेश अनुसार ५० भन्दा बढीले नियुक्ति लिएर अहिले पनि काम गरिरहेका छन् ।

    तर, अध्यादेश भने देउवा नेतृत्वको सरकारले खारेज गरिसकेको छ ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया