• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    अन्तराष्ट्रिय समाचार

    सरकारद्वारा एकाएक किन हटाइए सेना प्रमुख ? यस्तो छ कारण

    1.2K
    SHARES


    काठमाडौँ ।  सरकारले सेना प्रमुख हटाएको छ । तालिबान विद्रोही धमाधम विभिन्न शहर कब्जा गरिरहेका अफगानिस्तानका सैनिक प्रमुख हटाइएका छन् । तालिबान लडाकुले देशका ३४ प्रान्तमध्ये ९ वटा प्रान्तका राजधानी कब्जा गरेपछि अफगान सरकारले सैनिक प्रमुख जनरल वली मोहम्मद अहमदजईलाई हटाएको हो ।

    गत जुन महिनामा नियुक्त उनलाई सुरक्षा व्यवस्था मजबुद बनाउन नसकेको आरोप लगाउँदै हटाइएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । सरकारले नयाँ सैनिक प्रमुखमा जनरल हिबातुल्लाह अजिजेईलाई नियुक्त गरेको छ ।

    त्यस्तै इरानका नवनिर्वाचित राष्ट्रपति इब्राहिम रायसीले आफूले मन्त्रीमा नियुक्त गर्न लागेका व्यक्तिहरूको नामावली संसद्मा पेस गरेका छन् । राष्ट्रपतिले मन्त्री बनाउन चाहेको प्रस्ताव नामावलीसहित संसद्मा पेस गरी पारित गर्नुपर्ने भएकाले उनले नामावलीसहितको प्रस्ताव बुधबार संसद्मा पेस गरेका हुन् ।

    उनले होसेन अमिर अब्दुल्लाहिनलाई देशको विदेश मन्त्री बनाउन प्रस्ताव गरेका छन् । उनी यसअघि उपविदेश मन्त्री भएका थिए । त्यति बेला उनले अफ्रिकी मुलुक र अरबी मुलुकहरू तर्फ बढी केन्द्रित भएका थिए ।

    त्यसैगरी जाभाद ओजीलाई राष्ट्रपति रायसीले पेट्रोलियम मन्त्री नियुक्त गर्न चाहेको प्रस्ताव संसदसमक्ष पेस गरेका छन् । उनी यसअघि इरानको राष्ट्रिय ग्यास उद्योगको प्रमुख भएका थिए । संसद्मा प्रस्तावित मन्त्रीहरूको बारेमा जानकारी गराइने र त्यसमाथि छलफल भई मतदान मार्फत पारित गरिने अधिकारीहरूले जनाएका छन् । नयाँ राष्ट्रपतिका रूपमा रायसीले भने यही अगस्त ५ तारिखका दिन संसद्समक्ष शपथ ग्रहण गर्दै जिम्मेवारी सम्हालेका हुन् ।

    त्यस्तै चिनियाँ अदालतले जासूसीको अभियोगमा क्यानडाका व्यापारी माइकल स्पाभोरलाई ११ वर्ष जेल सजाय सुनाएको छ । बेइजिङ बस्ने स्पाभोर नियमितजसो उत्तर काोरिया जान्थें । दान्दोङ जनअदालतले जारी गरेको विज्ञप्तिअनुसार जासूसी गर्ने र देशका गोप्य कुराहरु विदेशीहरुलाई सुनाउने गरेको अभियोगमा उनी दोषी पाइएका छन् ।

    अदालतले स्पाभोरलाई उनकै देश पठाइने पनि जनाएको छ । तर, जेल सजाय पूरा गरिसकेपछि पठाउने वा त्यसअघि नै पठाउने भन्ने खुलेको छैन । डिसेम्बर २०१८ मा क्यानेडियन माइकल कोभरिगसँगै स्पाभोर पनि जासूसीको अभियोगमा हिरासतमा परेका थिए ।

    भ्यान्कोभरमा हुवेई कम्पनीका प्रमुख वित्तिय अधिकृत मेन्ग वान्झोउ पक्राउ परेसँगै यी दुईलाई चीनमा पक्राउ गरिएको थियो । अमेरिकाले इरानमाथि लगाएको प्रतिबन्धको उल्लंघन गरेको आरोप हुवेईमाथि लगाइएको थियो ।
    मेन्गको सुनुवाई अहिले चलिरहेको छ । उनी २०१८ यता भ्यान्कोभरमा नजरबन्दमा छन् ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ