• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    रोचक-विचित्र

    अनलाइनबाट आकर्षक ड्रेस किनेकी महिलालाई यस्तो कपडा हात लागेपछि…

    1.3K
    SHARES


    काठमाडौँ । अनलाइनमा बिक्रिमा राखिएको वस्तु देखेकै भरमा धेरैले अनलाइन सपिङ गर्दछन् । यस्तोमा कतिपयले यसलाई खरिद गर्दा भने अनलाइनमा देखाए जस्तो हात पर्दैन र आफूमाथि ठगी भएको थाहा हुन्छ । यस्तै ठगीको शिकार भएकी एक महिला अहिले भाइरल बनेकि छिन् ।

    खासमा ति महिलाले अत्यन्त सुन्दर देखिएको एक ड्रेस अनलाइनबाट ३२ दशमलव ३९ डलर किनिन् । करीब ४ हजार नेपाली (३ हजार ८ सय ५४) रुपैयाँमा किनेको उक्त पहिरन अनलाइनमा देखिए जस्तै सुन्दर हुने र आफू तस्बिरमा देखिएको मोडल जस्तै देखिने उनको अनुमान थियो । तर भइदियो उल्टो ।

    मिरर डटकममा प्रकाशित समाचार अनुसार अनलाइनमा सुन्दर देखिएको ड्रेस किनेकी ति महिलाले जब यसलाई पहिरीन् त्यो कुनै म्याक्सि जस्तै खुकुलो पहिरन रहेको थाहा पाइन् । त्यतिमात्र होइन सो कपडामा अनलाइनमा देखाएजस्तो कम्मरमा बाध्ने डोरी समेत थिएन भने फिटिङ पनि थिएन ।

    यसरी अनलाइन सपिङमा आफु ठगिएपछि उनले यसलाई दुबै तस्बिरको साथ सामाजिक सञ्जालमा पोष्ट गरीन् । उनको यहि पोष्ट सामाजिक सञ्जालका प्रयोगकर्ताहरुबीच भाइरल बन्यो ।

    विज्ञापनले आफ्नो उपवास तोडेको भन्दै म्याकडोनाल्ड विरुद्ध मुद्दा

    मानिसका दु:ख पनि अनेक खालका हुन्छन् । धर्मशास्त्रहरुमा सुन्दर परीहरुले ऋषिमुनिहरुको ध्यान भंग गरेका सन्दर्भ पढ्न पाइन्छ । संसारकै ठूलो मुलुक रुसमा भने म्याकडोनाल्ड कम्पनीको बर्गरको एउटा विज्ञापनले एकजना महिलाको धार्मिक उपवास नै तोडिदिएको छ ।

    वास्तवमा फास्टफुडका विज्ञापनहरु कतिपय मानिसहरुको मन जित्न वा लोभ्याउन पर्याप्त हुन्छन् । सोसल मिडियामा आउने खानेकुराका तस्वीर तथा भिडियो हेरेरै धेरै मानिसहरु मुख मिठ्याउन थाल्दछन् र अनलाइनबाट यस्ता खानेकुरा मगाइ हाल्छन् ।

    वास्तवमा ती रुसी महिलालाई पनि यस्तै भएको छ । बर्गरको लोभलाग्दो विज्ञापनका कारण आफुले मन थाम्न नसकेको र आफ्नो धार्मिक उपवास तोडिएको भन्दै ती महिलाले म्याकडोनाल्ड विरुद्ध मुद्दा हालेकी छिन् । म्याकडोनाल्डको यस्तो कार्य उपभोक्ता संरक्षण कानूनको उल्लंघन रहेको भन्दै उनले यस विषयमा छानविन गर्न पनि अदालतसँग माग गरेकी छिन् ।

    क्रिस्चियन धर्मावलम्बीको धार्मिक पर्व लेन्टका अवसरमा उनले उपवास बसेकी थिइन् । तर ठूलो ब्यानरमा राखिएको म्याकडोनाल्डको विज्ञापनबाट लोभिँदा उनले बर्गर खान बाध्य भइन् र उनको उपवास जबर्जस्ती तोडियो ।

    ती महिलाको नाम कसेनिया ओभचिन्निकोभा हो । पछिल्लो १६ वर्षदेखि उनले नियमित रुपमा लेन्ट पर्वका बेला पूरै एक महिनासम्म उपवास बस्ने गर्दथिन् । तर चिकेन नगेट सहितको म्याकडोनाल्डको चिजबर्गरको विज्ञापनका कारण उनले यो पटक मन थाम्न सकिनन् र नजिकैको म्याकडोनाल्डको आउटलेटमा गएर त्यो बर्गर किनेर खाइहालिन् । जसका कारण उनको उपवास भंग भयो ।

    म्याक डोनाल्ड विरुद्ध मुद्दा हालेकी ती महिलाले म्याकडोनाल्डसँग जम्मा १४ डलर अर्थात् रुसी रुबल १ हजार क्षतिपूर्तिको माग गरेकी छिन् । उनको उक्त मुद्दामा अदालतले सुनुवाई गर्न बाँकी नै छ ।

     

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ