• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    विजनेश समाचार

    मैलुङ खोला जलविद्युतको आइपीओ बाँडफाँड भोलि

    1.5K
    SHARES


    काठमाडौँ । मैलुङ खोला जलविद्युत कम्पनी लिमिटेडको साधारण शेयर (आईपीओ) भोलि बाँडफाँड हुने भएको छ ।कम्पनीले आज प्रि अलोटमेन्ट सम्पन्न भएसँगै कम्पनीको आइपीओ भोलि बाँडफाँड हुने विक्री प्रबन्धक सिद्धार्थ क्यापिटलले जनाएको छ । उक्त आइपीओ भोलि बिहान ९ बजे विक्री प्रबन्धक सिद्धार्थ क्यापिटलको कार्यालयमा बाँफाँड हुने जनाइएको छ ।

    कम्पनीले साउन १४ गते, बिहीबारबाट साउन १९ गते, मंगलबारसम्म प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ७ करोड ३६ लाख २८ हजार ६ सय रूपैयाँ बराबरको ७ लाख ३६ हजार २ सय ८६ कित्ता साधारण शेयर (आईपीओ) निष्काशन तथा बिक्री खुल्ला गरेको थियो ।

    जसमध्ये २ प्रतिशत अर्थात १४ हजार ७२६ कित्ता सेयर कम्पनीका कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात ३६ हजार ८१४ कित्ता सेयर सामूहिक लगानी कोषलाई र बाँकी ६ लाख ८४ हजार ७ सय ४६ कित्ताका लागि सर्वसाधारणलाई छुट्याएको छ ।

    उक्त आइपीओमा २१ लाख १८ हजार ९२५ जनाले आवेदकबाट २ करोड ८४ लाख ४१ हजार ८ सय ४० कित्ताका लागि आवेदन परेको विक्री प्रबन्धकले जनाएको छ ।

    यस्तै आज शेयर बजार नेप्से परिसूचक १ दशमलव ४७ अंकले बढेर ३,१०९ दशमलव ६० को विन्दुमा कायम भएको छ । आज दिनभरिमा २२४ वटा कम्पनीको २ करोड ५३ लाख ९३ हजार ६९९ कित्ता शेयर किनबेच हुँदा १४ अर्ब १३ करोड ७३ लाख ३८ हजार रुपैयाँको शेयर कारोबार भएको छ ।

    आज सबैभन्दा धेरै अरुण भ्याली हाइड्रोपावर कम्पनीको शेयर कारोबार भएको छ । कम्पनीको ६७ करोड ४८ लाख रुपैयाँको शेयर कारोबार भएको छ । अपर तामाकोशीको ५८ करोड ९९ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

    त्यस्तै, अपि पावर कम्पनीको ५३ करोड ८० लाख रुपैयाँको शेयर कारोबार भएको छ । सिनर्जी पावर कम्पनीको ५० करोड ५४ लाख रुपैयाँको शेयर कारोबार भएको छ । यूनाइटेड मोदी हाइड्रोपावर कम्पनीको ४५ करोड ९० लाख रुपैयाँको शेयर कारोबार भएको छ । नेशनल हाइड्रोपावर कम्पनीको ४२ करोड ८ लाख रुपैयाँको शेयर कारोबार भएको छ

    त्यस्तै, आज आइसीएफसी फाइनान्स कम्पनी, कपोैरेट डेभलपमेन्ट बैंक, हिमालयन पावर पार्टनर, नेपाल हाइड्रो डेभलपर्स, यूनियन हाइड्रोपावर, जीवन बिकास लघुवित्तका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । एसबिएल डिबेञ्चरका इकार्ईले सबैभन्दा धेरै प्रतिशतका दरले गुमाएका छन ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया