• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    राजनीति विशेष

    गिट्टी बालुवा उत्खनन गर्ने कम्पनीलाई नेकपाको कडा चेतावनी, भनेको नमाने गरिनेछ यस्तो कारवाही

    1.5K
    SHARES


    काठमाडौँ । विप्लव नेतृत्वको नेकपा बाँकेले सत्ता र शक्तिको बलमा खोला किनार वरिपरी जम्मा गरी राखिएको सम्पूर्ण ढुङ्गा, गिट्टी र बालुवा अविलम्ब जनताको सम्पत्ती घोषणा गर्न माग गरेको छ ।

    नेकपाले साउन महिनाभित्र स्थानिय तहले उक्त कार्य पूरा नगरे आफ्नो पार्टीले थप अर्को कदम चल्ने चेतावनी दिएको छ । नेकपा बाँकेले एक प्रेस बिज्ञप्ति जारी गर्दै जिल्ला प्रशासन कार्यालय बाँके, जिल्ला समन्वय समितिको कार्यालय बाँके र वन डिभिजन कार्यालय बाँकेलाई पनि ध्यानाकर्षणसमेत गराएको छ ।

    जिल्ला इन्चार्ज दीपक र सेक्रेटरी अनिलले आइतबार प्रेस वक्तव्यमार्फत जिल्लाको राप्तीसोनारी गाउँपालिका अन्तर्गतका राप्ती नदी लगायत विभिन्न खोलाहरूमा ढुङ्गा, गिट्टी र बालुवाको उत्खनन गर्ने अनुमति लिएका कम्पनीहरूले सम्झौता भन्दा कैयौँ गुणा बढी परिमाणमा उत्खनन गरि राज्यको सम्पत्तिमाथि चरम दोहन गरेको तथ्य प्रमाणित भएको भन्दै यसखाले राष्ट्र र जनताको हित विरोधी कार्यको घोर विरोध गरेका छन् ।

    बिज्ञप्तिमा नेकपाले गम्भीर राजनैतिक अस्थिरता र चरम बेथितिले देश र जनतालाई आक्रान्त बनाइरहेको यो बेला देश र जनताप्रति जवाफदेही र इमान्दार सम्पूर्ण पङ्क्ति समक्ष राजनैतिक अग्रगमन र सुशासनका लागि सहकार्यसहित अघि बढ्न हार्दिक आह्वान् समेत गरेको छ ।

    नेकपा बाँकेले सत्तासिन राजनैतिक पार्टीहरूकै संरक्षणमा घुस, भ्रष्टाचार, महँगी, बेरोजगारी बेलगाम बढिरहेको भन्दै कोरोनाको भ्याक्सिनमाथि समेत सत्ता र शक्तिको दुरुपयोग गरिएका तमाम तथ्यहरू सार्वजनिक भइरहेकाले त्यस्तो नगर्न सम्बन्धित सबैमा आग्रह गरेको छ ।

    देश दुशासनको डरलाग्दो चक्रब्यूहमा फसिरहेको र यो परिस्थितिले जनतालाई असन्तुष्ट र आक्रोसित पारिरहेको भन्दै नेकपा बाँकेले अग्रगामी राजनैतिक निकास बिना यसप्रकारका बेथितिहरूको अन्त असम्भव भएकाले आफ्नो पार्टीले लिएको बैज्ञानिक समाजवादको एजेण्डामा देशलाई लैजानुपर्ने बताएको छ ।

    नेकपाले अग्रगमन सहितको समृद्धि र समृद्धि सहितको शान्ति मात्रै वास्तविक स्थायित्व र विकासको आधार हुने भएकोले सम्बन्धित सबैमा गम्भीर बन्न र आवश्यक पहलकदमी लिन अनुरोध समेत गरेको छ ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ