• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    बागमती राजनीति विशेष

    नेकपा कठमाडौँ महानगरको जनसेवा तथा संगठन बिस्तार अभियान उद्घाटन

    1.2K
    SHARES


    काठमाडौँ । नेत्र विक्रम चन्द ‘विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी काठमाडौँ जिल्ला महानगर समितिले आइतवार जनसेवा तथा संगठन विस्तार अभियानको उद्घाटन गरेको छ ।

    पार्टीका केन्द्रीय सचिवालय सदस्य हेमन्त प्रकाश ओली ‘सुदर्शन’ले अभियानको उद्घाटन गरेका छन् । पार्टीका महानगर इन्चार्ज हरि चन्दले सञ्चारकेन्द्रलाई दिएको जानकारी अनुसार उक्त अभियान २ महिनासम्म सञ्चालन हुनेछ । अभियानको मुख्य उदेश्य संगठन निर्माण, जनसेवा तथा जनश्रम गर्ने रहेको छ ।

    अभियानले पार्टीलाई जनतामा लैजाने र आन्तरिक रुपमा पार्टीको संगठन सूदृढ तथा बिस्तार गर्ने चन्दले जानकारी दिए । अभियानमा पार्टीको तत्कालिन कार्यनीति र रणनीतिका बारेमा आम जनतालाई घरदैलो तथा कोणसभा, पिढीसभा र भेटघाट मार्फत बुझाउदै जाने पनि चन्दले बताए ।

    त्यस्तै अभियानका क्रममा पार्टीको आन्तरिक पंक्तिमा पार्टीको कार्यदिशा कारनिती र बैज्ञानिक समाजवादी व्यवस्थाका बारेमा विभिन्न तहका प्रशिक्षण पनि दिइने नेकपाले जनाएको छ । अभियान उद्घाटन कार्यक्रममा प्रमुख अतिथि सुदर्शन अन्य अतिथिहरुमा नेपाल कम्युनिष्ट पार्टीका काठमाडौँ जिल्ला सेक्रेटरी तुलसीनारायण महर्जन, अखिल क्रान्तिकारीका केन्द्रिय सदस्य गोबिन्द बिस्ट, जनसांस्कृतिक महासंघका आरोहलगायतको उपस्थिति रहेको थियो ।

    नेकपा काठमाडौँ सचिवालय सदस्य तथा काठमाडौँ महानगर समितिका इन्चार्ज अविरलको अध्यक्षतामा भएको कार्यक्रममा रोमिकले स्वागत मन्तव्य राखेका थिए भने कार्यक्रमको सञ्चालन विषमले गरेका थिए । कार्यक्रममा अभियानकाे टिम बाडफाट तथा कमाण्ड इन्चार्ज तोकिएको छ ।

    यस्तै उता सुर्खेतमा पनि नेकपाले जनसम्बन्ध सुदृढ तथा संगठन विस्तार अभियान उद्घाटन गरेको छ। “संगठन विस्तार तथा जनसम्बन्ध सुदृढ अभियान सफल पारौ। वैज्ञानिक समाजवादकाे पक्षमा जनमत सृजना गराैँ ।” भन्ने मुल नाराका साथ वीरेन्द्रनगरमा अभियान सञ्चालन गरिएको पत्रकार जगदीश नाथ योगीले सञ्चारकेन्द्रलाई जानकारी दिएका छन्।

    नेकपाका केन्द्रीय सदस्य एटम बिसीले प्रमुख अथितिका रुपमा कार्यक्रममा सहभागिता जनाउदै अभियानको उद्घाटन गरेका छन् । उद्घाटन मन्तब्य राख्दै एटमले  संसदिय वारवस्थाले देशमा भ्रष्टाचार बढेको भन्दै सुशासन र समृद्धिका लागि वैज्ञानिक समाजवाद आवश्यक भएको धारणा राखेको पत्रकार योगीले बताएका छन् ।

    मन्तव्यका क्रममा सर्वपक्षिय राजनैतिक समिक्षासभा गर्दै सबै राजनैतिक पार्टीले आफ्ना कमजोरीबाट शिक्षा लिएर प्रगतिशील संयुक्त सरकार निर्माण गर्नुपर्ने आफ्नो पार्टीको धारणा रहेको एटमले बताएका थिए ।

    वैज्ञानिक समाजवाद ठिक कि दलाल संसदिय व्यवस्था भन्ने बिषयमा जनमत संग्रह गराएर जनतालाई देशमा कस्तो व्यवस्था चाहिन्छ भनेर फैसला गर्न दिनुपर्ने उनको भनाई थियो। अभियानले जनता र पार्टीको सम्बन्ध सुमधुर बनाउने विश्वास व्यक्त गर्दै हरेक तहका जनतालाई संगठनमा जोड्न कार्यकर्तालाई निर्देशन दिए ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ