• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    बलिउड- हलिउडल मनोरञ्जन

    अभिनेत्री दीपिकाको घरबाहिर तीन घण्टा किन उभिए नील नितिन?

    1.2K
    SHARES


    एजेन्सी । बलिउड अभिनेता नील नितिन मुकेशले भारतीय निर्देशक श्रीराम राघवनको सन् २००७ मा सार्वजनिक फिल्म ‘जोनी गद्दार’बाट डेब्यु गरेका थिए। निल माथुरको नामले समेत चिनिने उनले थुप्रै फिल्म खेलिसकेका छन्।

    बलिउडको ए–लिस्ट अभिनेता नभए पनि उनी आफ्नो प्रेम सम्बन्धका कारण चर्चामा आइरहेका हुन्थे। कोइमोइका अनुसार नील पूर्वप्रेमिका अभिनेत्री सोनल चौहान थिइन्। तर, त्योभन्दा पहिले उनको प्रेम सम्बन्ध अभिनेत्री दीपिका पादूकोणसँग पनि रहेको हल्ला चलेको थियो।

    नील र दीपिका सन् २०१० मा सार्वजनिक ‘लफंगे परिन्दे’पछि नजिकिएका थिए। फिल्मको छायांकनमा उनीहरुबीच रोमान्टिक सम्बन्ध गाँसिएको अफवाह चलेको थियो। यो हल्ला अझ चुलियो जब दीपिका र नीलको सम्बन्धलाई लिएर पत्रपत्रिकामा समाचार समेत छापिए।

    त्योबेला नील दीपिकाको घरबाहिर तीन घण्टासम्म उभिएको चर्चा चलेको थियो। नीलले यो कुरा आफ्नो ट्विटरमै लेखेका थिए। जसमा भनेका थिए, ‘म दीपिकाको घरबाहिर गुलाबको फूल लिएर तीन घण्टासम्म उभिएँ। पछि उनी ‘आरक्षण’ फिल्मको प्रचार गर्न गएको थाहा पाएर म निस्किएँ।’

    नीलले पटक-पटक दीपिकाको प्रशंसा गरिरहन्थे र उनीप्रति एकप्रकारको भावना रहेको पनि स्वीकारेका थिए। ‘दीपिका मैले चिनेकामध्ये सबैभन्दा प्रिय मान्छे हो। उनी मेरी परिवार जस्तै छिन्,’ एक अन्तर्वाताको क्रममा नीलले भनेका थिए, ‘म उनीसँग बिहानको चार बजे फोन गरेर सबै कुरा गर्न सक्छु। उनको मुस्कान यति राम्रो छ, म उनलाई धेरै माया गर्छु।’

    यता दीपिकाले पनि नील नितिन मुकेशसँग काम गर्न रमाइलो लाग्ने बताएकी थिइन्। उनका अनुसार नील छायांकन सेटमा आउने सबैको ख्याल राख्थे र फिल्म मेकिङलाई पारिवारिक पुनर्मिलन जत्तिकै आत्मीय मान्थे। समयसँगै नील र दीपिकाको सम्बन्धबारे हल्ला कम हुँदै गयो र कसैले पनि उनीहरुबीचको कुरालाई चासोको विषय बनाएनन्।

    अहिले दीपिका र अभिनेता रणवीर सिंह वैवाहिक सम्बन्धमा छन्। नीलले पनि सन् २०१७ मा रुकमिणी साहेसँग विवाह गरे। उनीहरुको अहिले दुई वर्षीया छोरी नुर्भी निल मुकेश छिन्।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया