• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    विशेष

    ६३ लाख ९३ हजार कित्ता आइपिओ यहि महिनामा बिक्रि खुला हुने, कहिलेसम्म पाइन्छ भर्न ?

    1K
    SHARES


    काठमाडाैं । साउन २० र २७ गते दुई कम्पनीको ६३ लाख ९३ हजार ७ सय ५० कित्ता आइपिओ निष्काशन हुँदैछ । साउन २० गतेदेखि सानिमा लाइफ इन्स्योरेन्सले प्रतिकित्ता १०० रुपैयाँको दरले ६० लाख कित्ता आइपिओ निष्कासन गर्नेछ भने मानुषी लघुवित्तले प्रतिकित्ता १०० रुपैयाँको दरमा कुल ३ लाख ९३ हजार ७५० कित्ता आइपिओ निष्कासन गर्नेछ ।

    सानीमाले ३ लाख ( ५ प्रतिशत सेयर) कर्मचारी र ३ लाख (५ प्रतिशत) सेयर म्युचुअल फन्डको लागि छुट्याएको छ । बाँकी ५४ लाख कित्ताको लागि सर्वसाधारण लगानीकर्ताले आवेदन दिन सक्नेछन । यसमा बिक्री प्रबन्धकको काम प्रभु क्यापिटलले गर्नेछ । लगानीकर्ताले साउन २४ गतेसम्म आवेदन दिन सक्नेछन् ।

    उक्त समयमा आइपिओ बिक्री नभएमा भदौ २ गतेसम्म आइपिओ निष्कासन खुला हुनेछ । सानिमा लाइफको आइपिओलाई केयर रेटिङ नेपालले ‘केयर एनपी बीबीबी’ माइनस अर्थात ट्रिपल बी माइनस रेटिङ दिएको छ । यसले कम्पनीको आधारभूत अवस्था मध्यम रहेको संकेत गर्दछ ।

    यता मानुषी लघुवित्तले ०.५ प्रतिशत ( ५ हजार ४ सय ६९ कित्ता) कर्मचारी र ५ प्रतिशत (१९ हजार ६८८ कित्ता ) म्युचुअल फन्डलाई छुट्याएको छ । बाँकी ३ लाख ६८ हजार ५९३ कित्ताको लागि सर्वसाधारण लगानीकर्ताले आवेदन दिन सक्नेछन् । लघुवित्तको आइपिओमा साउन ३१ गतेसम्म आवेदन दिन सकिनेछ ।

    उक्त समयमा सबै आइपिओ बिक्री नभएमा भदौ ९ गतेसम्म आवेदन दिन सकिनेछ । यसमा बिक्री प्रबन्धकको काम नेपाल एसबीआई मर्चेन्ट बैंकिङले गर्नेछ । मानुषीको आइपिओलाई केयर रेटिङ नेपालले ‘केयर एनपी बी प्लस’ रेटिङ दिएको छ ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ