• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Highlights राजनीति

    नेकपा महासचिव विप्लव र जसपा अध्यक्ष महन्थ ठाकुरबीच भेटवार्ता

    1.3K
    SHARES


    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लव र जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरबीच भेटवार्ता भएको छ । सबै राष्ट्रिय राजनीतिक पार्टी प्रमुखहरुलाइ भेट्ने अभियान अन्तर्गत शनिबार महासचिव विप्लवले ठाकुरसंग भेटवार्ता गरेको नेकपा सचिवालयले बतायो ।

    महासचिव विप्लव प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’सहित ठाकुरलाई भेट्न शनिबार उनको निवासमा पुगेका थिए । भेटघाटका क्रममा उनीहरुबीच समसामयिक राजनीतिक बिषयमा कुराकानी भएको छ । विप्लवले पछिल्लो हप्ता विभिन्न राजनीतिक दलका नेताहरुसँग भेटघाट गरिरहेका छन् ।

    उनले प्रधानमन्त्री शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, पुष्पकमल दाहाल प्रचण्ड, डा. बाबुराम भट्टराई, कमल थापा, मोहन वैद्य लगायतका नेताहरुसँग भेटघाट गरिसकेका छन् ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ