• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Highlights राजनीति

    नेकपा महासचिव विप्लव र राप्रपा अध्यक्ष कमल थापाबीच भेटवार्ता, के भयो कुराकानी ?

    2.1K
    SHARES


    काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द ‘विप्लव’ र राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाबीच भेटवार्ता भएको छ । सबै राष्ट्रिय राजनीतिक पार्टी प्रमुखहरुलाइ भेट्ने अभियान अन्तर्गत शुक्रबार बिहान महासचिव विप्लवले अध्यक्ष थापासंग भेटवार्ता गरेको नेकपा सचिवालयले संचारकेन्द्रलाई बतायो ।

    थापा निवास बुढानिलकण्ठमा भएको भेटघाटका क्रममा २ नेताबीच समसामयिक राजनीतिक बिषयमा कुराकानी भएको थियो। साथै ओली सरकारले नेपाल कम्युनिष्ट पार्टीमाथि लगाएको प्रतिबन्धको बिरोध गरेकोमा अध्यक्ष थापालाई महासचिव विप्लवले धन्यवाद दिएका थिए ।

    देशमा जारी बर्तमान संकट समाधान, राष्ट्रियता लगायतका बिषयमा पनि २ नेताबीच छलफल भएको थियो।  नेकपा महासचिव विप्लवले पछिल्लोसमय सबै राष्ट्रिय राजनीतिक पार्टी प्रमुखहरुलाई भेटिरहेका छन् ।

    यसअघि प्रधानमन्त्री समेत रहेका कांग्रेस सभापति शेर बहादुर देउवा, माओवादी अध्यक्ष प्रचण्ड, जनता समाजवादी पार्टीका नेता बाबुराम भट्टराई, क्रान्तिकारी माओवादीका महासचिव किरण, एमाले अध्यक्ष केपी ओली र एमाले बरिष्ठ नेता माधव नेपाल लगायतसंग पनि विप्लवले भेटवार्ता गरिसकेका छन् ।

     

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ