• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    बलिउड- हलिउडल

    पत्नी र १७ वर्षकी छोरीलाई दुबईमा लुकाएको हल्ला चलेपछि सलमानले दिए यस्तो जवाफ, फ्यानहरु चकित

    1.5K
    SHARES


    काठमाडाैं । चर्चित भारतीय अभिनेता सलमान खान पछिल्लो समय सामाजिक सञ्जालमा ट्रोलको शिकार बनेका थिए । उनले पत्नी र १७ वर्षकी छोरीलाई दुबईमा लुकाएको हल्ला फैलिएको थियो । सलमानले भर्खरैमात्र आफ्ना भाई अरबाज खानको टक शो ‘पिन्च टु’ टुमा यस्तो आरोपबारे खुलेर जवाफ दिएका छन् ।

    यस शोमा आउने अतिथीहरुले ट्रोलर्स र उनीहरुले गरेका टिप्पणीमाथि प्रतिक्रिया दिन्छन् । अरबाजले यस्तै एक ट्रोल कमेन्टबारे प्रश्न राखे । जहाँ लेखिएको थियो,‘कहाँ लुकेको छस्, डरपोक । भारतमा सबैलाई थाहा छ कि तँ दुबईमा आफ्नी श्रीमती नूर र १७ वर्षकी छोरीसँग बस्छन् । भारतका मानिसहरुलाई कहिलेसम्म मुर्ख बनाउँछस् ।’

    सलमानले यस अफवाहलाई खारेज गर्दै भने,‘यो सबै बकवास हो । उनले कसका बारे टिप्पणी गरेका हुन् र कहाँ पोस्ट गरे भन्ने मलाई थाहा छैन । म उनलाई भन्न चाहन्छु, ‘भाई मेरी पत्नी छैनन् ।’ म ९ वर्षको उमेरदेखि भारतमा ग्यालेक्सी अपार्टमेन्टमा बस्दै आएको छु । मैले यी व्यक्तिलाई जवाफ दिन गइरहेको छैन । म कहाँ बस्छु भनेर पुरै भारतलाई थाहा छ ।’

    सोशल मिडिया सल्लाहकारका रुपमा कैटरिया कैफ वा दिशा पटानी वा साेनाक्षीमध्ये कसलाई राख्न चाहनुहुन्छ भनेर पनि शोमा उनलाई सोधिएको थियो । उनले कैटरिनाको नाम लिए । उनले सामाजिक सञ्जालमा कैटरिनाले निकै समझदारीपूर्वक पोस्ट गर्ने गरेको बताए ।

    एता बलिउड अभिनेत्री शिल्पा शेट्टीका पति तथा भारतीय व्यवसायी राज कुन्द्रालाई अश्लिल फिल्म बनाएको अभियोगमा मुम्बई प्रहरीको क्राइम ब्रान्चले पक्राउ गरी हिरासतमा राखेको छ ।

    राज कुन्द्रा पक्राउ परेपछि उनले गरेका विभिन्न कामहरुको खुलासा हुन थालेको छ । बिहीबार प्रहरीको अनुसन्धानमा उनले डेढ वर्षमा एक सयभन्दा बढी पोर्न फिल्म निर्माण गरेको खुलेको छ । जसबाट राजले करोडौँ आम्दानी गरेका थिए ।

    प्रहरीको क्राइम ब्रान्चले राज कुन्द्राको अन्धेरी वेस्टमा रहेको भियान अफिसमा छापा मारेको थियो । उक्त अफिसबाट सर्भर समेत बरामद भएको थियो । धेरै डाटाहरु डिलिट भएको प्रहरीले जनाएको छ । डिलिट भएको डाटालाई क्राइम ब्रान्चका फरेन्सिक विशेषज्ञले रिकभर गर्ने प्रहरीले जनाएको छ ।

    प्रहरी अधिकारीका अनुसार राजले सन् २०१९ देखि अश्लिल फिल्म बनाउन सुरु गरेका थिए । उनले त्यस समयदेखि अहिलेसम्म १ सय भन्दा बढी फिल्म निर्माण गरिसकेका छन् ।

    प्रहरीका अनुसार जुन सर्भरमा अश्लिल फिल्म अपलोड हुने गरेको थियो त्यसमा २० लाख सब्सक्राइभर थिए । कुन्द्राले वेभ साइटको सट्टा एप बनाएका थिए । प्रहरीका अनुसार कुन्द्रासँग अश्लिल फिल्म बनाउन केही मोडल र अभिनेत्रीहरु सामेल छन् ।

    त्यस्तै पछिल्लो एक दशकमा गायिका नेहा कक्करले आफ्नै विगत फर्केर हेर्दा विश्वास नलाग्ने सफलता हात पारेकी छन्। कयौं गायिकाको भीडमा पनि सजिलै छुट्टिने पृथक आवाजकी धनी नेहाका दर्जनौं गीत सुपरहिट छन्। फास्ट बिटका डान्स नम्बर र रिमिक्स गीतहरुमा पहिलो रोजाइ बनेकी नेहाको पहिलो हिट गीत ‘ककटेल’ फिल्मको ‘सेकेन्ड ह्यान्ड जवानी’ हो।

    सन् २०१२ मा ककटेल फिल्ममा समावेश यो गीतपछि ‘सन्नी सन्नी’, ‘लन्डन ठुमक्दा’जस्ता गीतले उनको स्वरको माग ह्वात्तै बढाइदियो। त्यसपछिका मिले हो तुम, आँख मारे, धातिङ नाच, दिलबरदेखि ओ शाकी शाकीजस्ता गीत चलेपछि त उनी बलिउड नगरीकी सेलिब्रेटी गायिकाका रुपमा स्थापित भइन्।

    दर्जनौं हिट गीतकी यी गायिका नेहाले यु्ट्युबमा सबैभन्दा धेरै सुनिनेदेखि इन्स्टाग्राम र फेसबुकजस्ता सामाजिक सञ्जालमा पनि धेरै फलोअर्स बनाउन सफल गायिकाका रुपमा चर्चा कमाएकी छन्।

    स्टेज शोदेखि प्रोडक्ट लन्चसम्म व्यस्त नेहा रियालिटी शोहरुमा जजसमेत बनिसकेकी छन्। सन् २०१७ मा सारेगमपा लिटल च्याम्सकी जज बनेकी उनी सन् २०१८ यताका सबै इन्डियन आइडलमा जजका रुपमा देखिँदै आएकी छन्। नेहाको यो सफलता उनले सहजै हात पारेकी भने हैनन्। यसका पछाडि लामो संघर्षले भरिएको कथा छ। उनको मेहनत र धैर्यको कहानी छ।

    पिंकभिल्लामा नेहाले आफ्नो विगतको त्यही कहानी स्मरण गर्दै भनेकी छन्, ‘यो संघर्षले भरिएको एउटा इमानदार यात्रा थियो। हाम्रो परिवारको हुर्काइ हेर्ने हो भने यो यात्रा मेरा लागि एकदमै सुखद हिसाबले चलिरहेको छ। मेरो यात्रालाई मेरा प्रशंसकहरुले अर्थपूर्ण बनाइदिनुभएको छ।’

    भारतको उत्तराञ्चलमा जन्मेकी नेहाको परिवारको आर्थिक अवस्था कमजोर थियो। उनका बुबा खर्च जुटाउन समोसा बेच्थे तर त्यतिले पुग्थेन। यसका लागि नेहाले आफ्नी दिदी सोनु कक्कर र भाइ टोनी कक्करसँग मिलेर सानै उमेरदेखि धार्मिक गीत गाउनु पर्यो। दिन रात फरक-फरक ठाउँमा घुमेर गाउने काम उनीहरुका लागि सहज थिएन।

    तर यो भोगाइले नेहाको गायकीमा भने फाइदा पुर्याइरहेको थियो। यसकै जगमा उनले सन् २००६ को इन्डियन आइडलको सिजन २ मा भाग लिइन्। यो सहभागिता उनको जीवनको निर्णायक मोड बन्यो। त्यसपछि उनी टेलिभिजनका कमेडी शोहरुमा देखिन थालिन्।

    बलिउडमा ब्रेक पाएपछि भने उनको यात्राले गति लियो। संगीत उद्योगमा काम गर्दाको अनुभवबारे नेहा यसो भन्छिन्, ‘यहाँको संगीत उद्योगमा तपाईं अरुभन्दा कति फरक देखिनुहुन्छ त्यसको अर्थ छ तर त्यो भन्दा बढी असल मान्छे हुनु जरुरी छ।’

    संगीत उद्योगका सबै साथीहरु असल भएको बताउने उनका लागि प्रेरणाको स्रोत भने आफ्नै दिदी सोनु कक्कर हुन्। नेहाले ४ वर्षको उमेरदेखि दिदीकै पछिपछि लागेर गाउन सिकेकी हुन्। सोनुजस्तै उनका भाइ टोनी पनि संगीतकार हुन्। भाइ टोनीको संगीतमा नेहाले मिले हो तुम र सावन आया है जस्ता चर्चित गीतहरु समेत गाएकी छन्। लन्डन ठुमक्दामा नेहासँगै स्वर दिएकी सोनु हिन्दीबाहेक दक्षिण भारतीय सिनेमामा समेत चर्चा कमाएकी गायिका हुन्।

    नाम, दाम, प्रशंसा कमाएकी नेहाले वर्षकी सर्वाधिक चर्चित गायिकादेखि उत्कृष्ट जजसम्मको पुरस्कार पाएकी छन्। सफलताको शिखरमा चढिसकेकी ३३ वर्षीया नेहाको यात्रा अझै जारी छ। ‘धेरै काम पाइपलाइनमा छन्, ठूलो घोषणाबाट तपाईंहरुले जानकारी पाउनुहुनेछ,’ पिंकभिल्लालाई उनले भनेकी छन्।

    सेलिब्रेटी जीवनमा रमाइला पक्षसँगै केही अप्ठ्यारा पनि जोडिएर आउँछन्। अचेल सामाजिक सञ्जालमा बन्ने ट्रोल, मिम्स र जोक्सले कलाकारलाई अनावश्यक विवाद र बखेडामा अल्झाइदिन्छ।

    सामाजिक सञ्जालमा नेहा र उनका पति रोहनप्रीत सिंहबारे पनि व्यापक रुपमा यस्ता ट्रोल, मिम्स र जोक्स बन्ने गरेका छन्। तर नेहा आफूलाई यीसबैबाट खासै प्रभाव नपर्ने बताउँछिन्। उनी यस्ता कुरामा आफू नअलमलिने बताउँदै भन्छिन्, ‘कडा परिश्रम, विनम्रता, सिक्नका लागि खुला र आफूप्रति विश्वस्त हुन सकेमा अरुको प्रतिक्रियाले केही बिगार गर्न सक्दैन।’

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया