• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    काठमाडौँ हल्लाउने गरी भूकम्पको धक्का महशुस

    770
    SHARES

    काठमाडौँ । काठमाडौँमा शुक्रबार बिहान भूकम्पको धक्का महशुस गरिएको छ । बिहान ७ बजेर पाँच मिनेटमा भूकम्पको धक्का धक्का महशुस गरिएको हो ।

    राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार भक्तपुरको सल्लाघारी नजिक केन्द्रविन्दु भएर भूकम्प गएको हो । केन्द्रका प्राविधिक सहायक राजेश शर्माका अनुसार बिहान ७ बजेर ५ मिनेट जाँदा ३.५ म्याग्निच्युटको भूकम्प मापन भएको छ ।

    यस्तै यसअघि गत असार २३ गते लमजुङमा भूकम्प गएको थियो । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार लमजुङको काप्रेचौर आसपास केन्द्रविन्दु बनाएर असार २३ गते दिउँसो ३ बजेर ५७ मिनेटमा ४.२ म्याग्नेच्युडको भूकम्प गएको थियो ।

    त्यस्तै यसअघि सोही हप्ता सोमबार काठमाडौंमा भूकम्पको धक्का महसुस गरिएको थियाे । साेमबार बिहान ६ बजेर ३२ मिनेटमा काठमाडौँको कुलेश्वर आसपास केन्द्रविन्दु भएर ३.२ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको थियो।

    यो भूकम्प ‘गोरखा भूकम्प’कै पराकम्प भएको केन्द्रले जनाएको थियो । यसअघि जेठ ५ मा लमजुङको भूलभूले केन्द्रबिन्दु भएर गएको भूकम्पको धक्का काठमाडौँ उपत्यकामा पनि महसुस गरिएको थियो ।

    यस्तै उता ताजिकिस्तानको पश्चिमी क्षेत्रमा केन्द्रविन्दु भएर शक्तिशाली भूकम्प आएको छ । भूकम्पमा परी अहिलेसम्म कम्तीमा पाँच जनाको मृत्यु भएको विवरण प्राप्त भएको सरकारी अधिकारीहरूले पुष्टि गरेका छन् । उक्त शक्तिशाली भूकम्प ताजिकिस्तान पश्चिमी क्षेत्रमा गएको हो।

    स्थानीय समय अनुसार विहान ७ः १४ बजे ५.९ म्याग्नीच्युडको भूकम्प आएको युरोपेली भूगर्भ केन्द्रले जानकारी दिएको छ । भूकम्पको केन्द्रबिन्दु भएको ठाउँ दसान्वेदेखि १६५ किलोमिटर टाढा रहेको पनि केन्द्रका अधिकारीहरूले जानकारी दिएका छन् ।

    भुकम्पले पाँच जनाको मृत्यु भएको छ भने अरु मानवीय क्षतिको विवरण प्राप्त नभएको अधिकारीहरूले बताएका छन् । केही व्यक्तिहरु घाइते भएको हुनसक्ने बताइएको छ । भूकम्पका कारण १९ घर भत्किएका छन् । अन्य भौतिक क्षतिको विवरण भने सङ्कलन गर्ने क्रम चलिरहेकाले पूर्ण विवरण भने आउन बाँकी रहेको अधिकारीहरूले जानकारी दिएका छन् ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +


    प्रतिक्रिया

    आजको ट्रेन्डिङ