• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    मध्यपहाडी राजमार्ग र कालिगण्डकी करिडोर अवरुद्ध

    307
    SHARES

    काठमाडौँ । निरन्तरको वर्षातका कारण आएको पहिरोले बागलुङ जिल्लाका दुई सडक अवरुद्ध भएका छन् । मध्यपहाडी राजमार्गको बागलुङ नगरपालिका–३ बोक्से र कालिगण्डकी करिडोरको बागलुङ नगरपालिका–१३ गलुवामा सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक इकवाल हवारीले जानकारी दिए ।

    हिजो बिहानैदेखि दुईवटै सडक अवरुद्ध भएको हो । कालिगण्डकी करिडोर १८ दिन अवरुद्ध भएपछि तीन दिनअघि मात्रै सञ्चालनमा आएको थियो ।

    वर्षासँगै आएको लेदोले मध्यपहाडीको बोक्सेमा सडक अवरुद्ध हुँदा सिगाना जाने वैकल्पिक सडक प्रयोग गरेर यात्रुलाई गन्तव्यमा पठाइएको छ । लोकमार्ग एकतर्फी खुलाउने प्रयास भइरहेपनि सडकमा लेदो खस्ने काम रोकिएको छैन ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +


    प्रतिक्रिया

    आजको ट्रेन्डिङ