• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    ओली समूहको बैठकमा कसले किन मच्चायाे तोडफोड ? यस्तो छ कारण

    553
    SHARES

    विराटनगर । मोरङको उर्लाबारीमा नेकपा एमालेको ओली समूहले आयोजना गरेको कार्यक्रम स्थलमा तोडफोड भएको छ । बिहीबार नगरस्तरीय विस्तारित बैठकका लागि तयार गरिएको हलमा तोडफोड भएको हो । उर्लाबारी–८ स्थित एभरेष्ट फनपार्कमा नगरस्तरीय विस्तारित बैठक बोलाइएको थियो ।

    बैठक अघि कार्यक्रम स्थलमा भएको कुर्सी तोडफोड भएको ओली समूहका नगर संयोजक उमाकान्त गौतमले जानकारी दिए । उनका अनुसार कसले तोडफोड गर्याे भन्ने टुङ्गो छैन । बिहीबार १२ बजे कार्यक्रम सुरु गर्ने तयारी थियो । तर अज्ञात समूहले ११ बजे कार्यक्रमस्थल तोडफोड गरेको उनले बताए ।

    ओली समूहले माधवकुमार नेपाल पक्षले तोडफोड गरेको हुनसक्ने आशंका गरेको छ । तर माधव समूहका नगर अध्यक्ष गंगा बास्तोलाले ओली समूह भित्रकै असन्तुष्ट समूहले ओलीहरुको रबैयाको बिरोध गर्दै तोडफोड गरेको बताए ।

    ‘हामी २०७५ जेठ २ गतेको अध्यक्षले बोलाएको बैठकमा जान्छौ, एक पक्षीय भेलामा जाँदैनौं,’ उनले भने,‘ पद बाँडफाँडको विषयमा उहाँहरु भित्र विवाद थियो ।’ ओली समूहका एक स्थानीय नेताका अनुसार संयोजक गौतमले आफू निकटलाई मात्रै कमिटीमा राख्न खोजेपछि असन्तुष्ट समूहले तोडफोड गरेको बताए । संयोजक गौतमले तोडफोडको विषयमा छानविन भइरहेको बताए ।

    यसैबीच नेकपा एमालेका अध्यक्ष केपी ओलीले बाटो बिराएकाहरुलाई आममाफी दिने घोषणा छन् । बिहीबार पुष्पलाल स्मृति प्रतिष्ठानले ललितपुरमा आयोजना गरेको कार्यक्रममा अध्यक्ष ओलीले बाटो बिराएकाहरु (माधव नेपाल पक्ष) लाई पार्टीमा फर्किए आममाफी दिन सकिने बताएका हुन् ।

    उनले आन्दोलनलाई जीवित राख्न, यसलाई मजबुत पार्न र विजय यात्रामा कसैले रोक्न नसक्ने बताए । उनले को कहाँ रह्यो भन्ने कुरा छोड्दिनुपर्ने पनि बताए । जनता र पार्टी एकताका कुरा गर्नुपर्ने उनको भनाइ छ ।

    ‘आज यस दिनमा बाटो विराएका भड्किएका साथिहरुलाई पनि म भन्छु, पुष्पलाललाई सम्झिएर भन्न चाहान्छु यो पार्टीको एकताका लागि जे सुकै भएको होस्, यस पार्टी र आन्दोलनको एकताका लागि पुष्पलाललाई सम्झिएर भन्न चाहन्छु, –सबैलाई एम्नेष्टी इज ग्रान्टेड’ ओलीको भनाइ छ ।

    ओलीले पुष्पलालले रोपेको र मदन भण्डारीले स्याहार सुसार र प्रवलीकरण गरेको पार्टी एमाले भएको भन्दै यो कर्कलोको पातको पानी नभएर कसैले हल्लाउँदैमा भुइँमा नखस्ने बताए ।

    ओलीले कसैले औँला ताक्दैमा एमाले नसिद्धिने पनि बताए । ‘यो काँक्राको कलिलो चिचिलो होइन, जसलाई औँला ताक्ने बित्तिकै कुहिन्छ,’ ओलीले भने, ‘पुष्पलालजस्ता आदर्श व्यक्ति, मदन भण्डारीजस्ता आदर्श व्यक्तित्वबाट प्रशिक्षित विचार र आन्दोलन हो । यो स्वार्थहरुको गठबन्धन होइन । समृद्ध नेपाल र सुखी नेपालीको गहन अभिभारा बोकेको र अगाडिका चुनौती सामना गर्ने हिम्मत भएको आन्दोलन हो ।’

    ओलीले कम्युनिष्ट पार्टीमा नेतृत्वलाई घेराबन्दी गर्ने सिलसिला पुरानै रहेको बताए । ‘नेपालको इतिहासमा नेतृत्वमाथि प्रहार सधैं हुन्थ्यों । विगतमा पुष्पलाललाई आफ्नैले घेराबन्दी गरेका थिए । जुन सिलसिला कम्युनिष्ट पार्टीभित्र अहिले पनि कायम छ । नेतृत्वलाई बदनाम गर्ने, घेराबन्दी गर्ने काम अहिले पनि चलिरहेको छ,’ पुष्पलाल स्मृति दिवसका अवसरमा बोल्दै ओलीले भने,‘आजको नेकपा एमालेमा यो सिलसिला अन्त्य गर्नेछ । हामी आन्दोलनलाई फेरि सही दिशामा अघि लैजान्छौं । पुष्पलाल र मदन भण्डारीले अघि सारेका विचारका आधारमा नयाँ ढंगले हाम्रो आन्दोलन अघि जान्छ । ’

    ओलीले आफूलाई लोकतान्त्रिक पार्टी ठान्ने काँग्रेसले विगतमा संवैधानिक राजतन्त्रलाई आदर्श मानेर हिँड्नु आश्चर्यजनक रहेको ओलीको टिप्पणी थियो । पुष्पलाल स्मृति दिवसका अवसरमा बोल्दै ओलीले जन्मसिद्ध श्रेष्ठतालाई मान्ने कार्य कहिल्यै लोकतान्त्रिक नहुने बताए । ‘मित्र शक्तिहरूलाई एक्ल्याउन खोज्ने, अनेकथरी षड्यन्त्रकारी नन्दी भ्रिंगीसँग सहकार्य गर्ने कांग्रेसको नीति २००७ सालदेखिकै हो । आजको नीति पनि त्यही हो । लोकतन्त्र ल्याउन बलिदान गरेर आएको शक्तिसँग सहकार्य गर्न तयार नहुने, लोकतन्त्रविरोधी शक्तिसँग सहकार्य गर्ने कांग्रेसको नीति हो,’ उनले भने ।

    ‘लोकतन्त्र तथ्यहीन सामन्तवादसँग सम्झौता गर्ने सिद्धान्त होइन । लोकतन्त्र जनताको तन्त्र, जनता सार्वभौम रहेको तन्त्र हो,’ ओलीले भने,‘ कुनै परिवारमा जन्मेको आधारमा शासक छानिनु नपर्ने हो, तर, नेपाली कांग्रेसले त्यो गर्यो । नेपाली कांग्रेसले संवैधानिक राजतन्त्रलाई हिजो–अस्तिसम्म आफ्नो आदर्श बनायो । आज पनि त्यहाँ राजतन्त्रबारे विवाद चलिरहेकै छ ।’

    ​कांग्रेसले सम्झौता गर्यो

    २००७ सालमा देश नै छाडेर हिँडिसकेका राजालाई नेपालमा फर्काउने काम कांग्रेसले नै गरेको उनले बताए । ‘नेपालमा प्रजातन्त्र आएपछि त्रिभुवन विजयी भएजस्तो देखियो । उनले नै प्रजातन्त्र दिए भन्ने देखियो । प्रधानमन्त्री मोहनशम्शेर नै भए । कांग्रेसले गृहमन्त्रीमा सम्झौता ग¥यो,’ उनले थपे,‘कांग्रेस विजयी भएजस्तो हुनुपर्ने थियो, तर कुनामा देखियो ।’

    पुष्पलालले लोकतान्त्रिक शक्तिहरूबीच सहकार्य गर्ने योजना बनाएपनि कांग्रेस त्यसको विरुद्धमा देखिएको उनले बताए । ‘मोहन शम्शेर प्रधानमन्त्रीबाट हटेर ००८ सालमा मातृका प्रसाद कोइराला कांग्रेसका सभापति प्रधानमन्त्री हुनासाथ कम्युनिष्ट पार्टीमाथि प्रतिबन्ध नै लाग्यो । लोकतन्त्रवादी शक्तिहरु मिल्नुपर्छ भनेर अघि बढेका पुष्पलालको विचारलाई कांग्रेसले मानेन ।’ उनले भने।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +


    प्रतिक्रिया

    आजको ट्रेन्डिङ