• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    राजनीति विशेष

    समाजवाद हाम्राे अधिकार हाे, ल्याइछाड्छाैं – महासचिव विप्लव

    3.8K
    SHARES


    काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द ‘विप्लव’ ले समाजवाद सबै श्रमिकहरुको व्यवस्था भएकाले समाजवाद आफूहरुको अधिकार भएको बताएका छन् ।

    नेपाल कम्युनिष्ट पार्टीद्वारा प्रकाशित अंग्रेजी म्याग्जिन Red Front को विमोचन कार्यक्रममा सम्बोधन गर्दै विप्लवले आफूहरुले सोचेको वैज्ञानिक समाजवाद अहिलेको गएगुज्रेको दलाल संसदीय पुजीवादी व्यवस्थाभन्दा हजार गुणा उत्तम र राम्रो व्यवस्था हुने बताए ।

    उनले भने,–‘ हामीले भनेको समाजवादी व्यवस्थामा शिक्षा, स्वास्थ्य, रोजगारीमा नयाँ गर्ने हो, अर्थतन्त्रमा पनि नयाँ, सबै क्षेत्रमा नयाँ गर्ने हो यो ल्याइ छोड्ने हो समाजवाद हाम्रो अधिकार हो ।’

    महासचिव विप्लवले अहिलेको व्यवस्थालाई लुटेरा पुजीवादी व्यवस्थाको संज्ञा दिदै यो लुटी खाने पुजीवादी व्यवस्था कि समाजवादी व्यवस्था यसमा जनमत संग्रह गर्न माग गरे ।

    दलाल पुजीवादी व्यवस्थाले नेपालीहरुको दुरावस्था भएको ठोकुवा गर्दै उनले भने, –‘यो राजनीतिको दलालीकरण हो, सरकार बनाउँदा विदेशी चाहिने, पार्टी बनाउदा विदेशी चाहिने, पार्टी फुटाउदा विदेशी चाहिने यो दलालीकरणको भद्या रूप हो, चाकरी, गुलामी गरेर सत्ता पाउनका लागि देशै बेच्ने !’

    उनले २०३६ सालमा पञ्चायत र बहुदलका विषयमा जनमत संग्रह गर्न हुने अहिले पूँजीवाद ठीक कि समाजवाद भन्ने विषयमा गर्न किन नहुने ? प्रश्न गर्दै उनले भने,–‘२०३६ सालमा जनमत संग्रह गर्न हुन्छ, आज गर्न हुँदैन ? पन्चायत ठीक कि बहुदल ठीक जनमत संग्रह गर्न हुने, आज पुँजीवाद ठीक कि समाजवाद ठीक भनेर जनमत संग्रह गर्न नमिल्ने ? मिल्दैन ….? मिल्दैन भन्नेहरू लुटेरा हुन् ।’ जनमत संग्रह हुँदा कुनै पनि हालतमा लुटेरा पुजीँवादले जित्‍न नसक्ने पनि उनले दाबी गरे ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ